19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सहीदको सम्झनामा

कविता ऋषि बस्ताकोटी February 1, 2013, 9:01 pm

मुक्तिको सपना बोकेर हिड्दाहिड्दै

तिमी सहीद भयौ

र चौबाटाको शालिकमा रुपान्तरण भयौ,

तिमी/ हामीलाई

मुक्तिको पाठ घोकाउनेहरू/

उत्सर्गको बाटो देखाउनेहरू

सत्ता पाएर मालिकमा रुपान्तरण भए /

यतिबेला म

मरेर शालिक हुनेहरू र

बाँचेर मालिक हुनेहरूका बीच

नि:शान्तको यात्री बनेर उभिएको छु /

घाइते सपनाहरूले बिर्सन नसकेका यादहरू

जव जव ताजा गराउछन

अनि म

चौबाटामा ठडिएको तिम्रै शालिकसम्म पुग्छु ,

तिम्रै वलिदानीको सम्झनामा

मुट्ठी उठाएर अभिवादन गर्छु

र पूरा हुन नसकेका

तिम्रा / हाम्रा सपनाहरूलाई

फेरि एकपटक स्पन्दन गर्छु /

चौबाटाको शालिकको भाव

अझै के आलिशान महलका मालिकले बुझ्लान?

धुलाले धुमिल शालिकका आँखाको क्रन्दन

अझै के सत्तासीन मालिकले सुन्लान ??

क्यालगेरी, क्यानाडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।