19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मलाई शान्ति चाहिएको छ

कविता भूमिराज बस्ताकोटी February 1, 2013, 9:17 pm

सजाय देऊ मलाई

मलाई शान्ति चाहिएको छ ।

चेतना दुख्छ सधैँ

मलाई ढाँट्न सक्दिनँ म

खाडलमा पुरिएको मानवता

यथार्थ यही हो मेरो युगको ।

म यस युगको सिखण्डी हुँ

मलाई अर्जुनले उभ्याउँछ

आप्mनो कामना पुरा गर्छ

मलाई भीष्मले उपेक्षा गर्छ

आप्mनो प्रतिज्ञा पुरा गर्छ

म यस युगकी द्रौपदी हुँ

कुन्तिको सनक चल्छ

म भाग लगाइन्छु

पाण्डवको ज्योति बल्छ

म भाग लगाइन्छु

तर

सजाय देऊ मलाई

मलाई शान्ति चाहिएको छ ।

***

रुन देऊ मलाई

धित मारेर रुन देऊ

एकान्तमा बसेर मलाई

उड्न देऊ चेतनाभरि

उड्छु प..र प..र शून्यताभरि

बुद्धभन्दा पनि पर

माक्र्सभन्दा पनि पर

गान्धीभन्दा पनि पर

माओभन्दा पनि पर

बी.पी.भन्दा पनि पर

थिचिएर कति बसूँ म !

आपैm प्रथम हुनै पर्ने

तिम्रो दौडभन्दा पनि पर

तिम्रा सबै सिद्धान्त भन्दा पनि पर

जान देऊ मलाई

तिम्रा सीमाभन्दा पनि पर

कुक्याइ सकेका तिम्रा

सपना भन्दा पनि पर

बस

सजाय देऊ मलाई

मलाई शान्ति चाहिएको छ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।