17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल पूर्ण मुनंकर्मी February 10, 2013, 2:18 am

उठान गर्र्यौ देवीप्रसाद मर्द के हो चिन्यौं

बजाइ दियौ पदम कुंवर जिउंदो के हो चिन्यौं

गाला भन्दा माथि एक खप्पड छ दुष्ट

त्यहिं खप्पडमा बुन्दो रहेछ जाल के हो चिन्यौं

'सहनु अन्याय आफै पाप' भन्छ मेरो बुद्ध

कस्नु पर्छ गोर्खे लौरी पापी के हो चिन्यौं

'देवी' 'पदम' अंकुर मात्रै हुन् वोट झागिंदैछ

ल्याउने बेला भयो आँधि दोषि के हो चिन्यौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।