19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दिवाकर भट्टराई February 9, 2013, 6:26 pm
दिवाकर भट्टराई
दिवाकर भट्टराई

उनको मेरो भित्री कथा, बोल्यो कसैले !!

पिरतीको नसामा जहर, घोल्यो कसैले !!

ओठमा मुस्कान, हृदयमा पिडा बोकी

चित्कार यथार्थतामा, खोल्यो कसैले !!

आंग सिरिङ्ग, रहर छचल्किएपछि

इज्जतको तराजुमा, तैाल्यो कसैले !!

कर्मको फल भोग्नुपर्ने, मानबको चोला

रापिलो घाममा जस्तै, पोल्यो कसैले !!

पश्चाताप ठानी ऋण, चुकाउछ मान्छे

अबमुल्यन बस्तुलाई, मोल्यो कसैले !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।