यो सहरको
आफ्नो छुट्टै अनुहार छैन;
अनगिन्ती थान फरक अनुहारहरm पोतिँदै जाँदा
प्रत्येक पल्ट यो सहर नयाँ अनुहार फेर्दै जान्छ ।
यो सहरको
आफ्नो छुट्टै सपना छैन;
सहरमा पोतिएका बेग्ला बेग्लै अनुहारहरूले बुनेका
भिन्दा भिन्दै सपनाहरm सँगालिएर
प्रत्येकपल्ट यो सहरको नयाँ सपनाकल्प बन्दै जान्छ ।
सहरभित्र
अनुहारहरmको भिडमा
जीवनको चक्र धान्नकै निम्ति
घुच्चिँदाघुच्चिँदै
सोहोरिएर मलिन भएका अनुहारहरू
एक बाजी
कहीँ कतै
हिँड्दाहिँड्दै
सपनामै
सम्भावनाको सानो झिल्को मात्रै देखियो भने पनि
त्यसलाई जीवनको उपलब्धि मानेर
एक्लै, आँफै
खुशी मनाउँदै
विर्सन खोजेर पनि
वाध्यताले, विवशताले
सम्झनु परेका ठेगाना
पहिल्याउने उत्साह बटुल्छन् ।
जब दिन ढल्किन्छ
अनुहारहरूको चाङबाट
एक थान अनुहार
रङ्ग पोतेर पनि रङ्गहीन
अध्याँरो चिसो कोठाभित्र
सुटुक्क छिर्छ ।
तर भित्र छिर्नासाथ
कोठाका भित्ताभरि
एक हूल सपनाहरmको ताँती देख्छ ऊ–
गर्भमा हुर्कँदै गरेका सपनाहरm,
अन्योलग्रस्त भविश्यका कारण चिन्ताले पहेंलिएका सपनाहरm,
मृत्यु भइसकेर मलामी पर्खिरहेका सपनाहरm,
र केही
अनुहारमा अवतरण हुन चाहिरहेका तन्नेरी सपनाहरm ।
त्यो एक थान अनुहार
जसले आफूलाई कहिल्यै देखेको छैन
ती सपनाहरm मध्येमा
आफ्नो अनुहार चिन्न खोज्छ ।
प्रत्येक सपना
आँफै हो जस्तो लाग्छ ।
ऊ आँफैले नदेखेको
उसको अनुहार
एकाएक सपनाहरmसँग साटिन्छ
र सहरका असङ्ख्य अनुहारहरm झैं
त्यो एक थान अनुहार
एक हूल सपनाहरmको चाङ्मा परिणत हुन्छ ।