19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुरेश बिडारी विवश February 15, 2013, 8:18 pm

मेरै लागि मर्छु भन्यौ, अनि मैले आऊ भनें

धेरै माया गर्छु भन्यौं, अनि मैले आऊ भनें

अस्विकार गरेथें, आँखाबाट आशु झा¥यौं

शरणमै पर्छु भन्यौ, अनि मैले आऊ भनें

सहज छैन जीउन, बुझ भन्दा मानिनौं

बरु डेरा सर्छु भन्यौ, अनि मैले आऊ भनें

फूल हौ तिमी, टिप्दा ओइलिन सक्छौ हेर

ओइलिएरै झर्छु भन्यौ, अनि मैले आऊ भनें

जसरी भएपनि, प्रेमकै वर्षा गर्छु भन्यौ

तिम्रो मन हर्छु भन्यौ, अनि मैले आऊ भनें

चित्लाङ्ग–२ मकवानपुर, हालः–लालबन्दी, सर्लाही

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।