मेरो हजुर ! भोलिको नेपाल कस्तो हुन्छ ?
जहिले भेट्छु मित्रको सवाल यस्तो हुन्छ ।
भोकमरी र गरिबी हिमालमाथि पुग्यो
हेर अब जीवनभन्दा काल सस्तो हुन्छ ।
राजनीतिको तालाचावी अन्तै सुम्पिदिए
हेर्दै जाऊँ विदेसीले जाल कस्तो बुन्छ ?
बुझ्यौ साथी कुन दुर्गति कुन बेहाल हुन्छ
हाम्रो गति कछुवाको चालजस्तो हुन्छ ।