18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अव्यक्त पीडा

कथा गंगा पौडेल February 25, 2013, 4:29 am

सानो परिवार सुखी परिवार भन्ने भनाईले निर्मलको घरमा सार्थकता पाएको थियो । पत्नि रमुला पढे लेखेकी शिक्षित थिइन् । एउटा सरकारी स्कुलमा शिक्षिका भएर बालबालिकालाई उज्यालो भविष्यतर्फ डो¥याउँथीन भने दश वर्षको छोरा रविन र सात वर्षकी छोरी रमिका साहै ज्ञानी थिए । ६५ वर्ष नघाकी भएपनि आमा स्वस्थ्य तन्दुरुस्त थिइन् । त्यसैले निर्मल आफुलाई भाग्यमानी ठान्दथे र भन्थे यि छोराछोरीलाई राम्ररी पढाउन पाएँ अरु केही चाहिदैन ।

हुन पनि हो छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने चाहना कस्को हुँदैन ? आफुलाई जति दुःख कष्ट सहेर भएपनि बाबु आमाले छोराछोरीका आवश्यकता पूरा गरेका हुन्छन् । आफ्ना पेट खाली भएपनि छोराछोरी अघाएको देख्न पाउँदा बाबुआमाको भोक हराएर जान्छ । आफु चिसो छिडिमा पल्टीए पनि छोराछोरी महलमा बसेको हेर्न चाहन्छन् । त्यसैले हरेक बाबु आमाले आफ्ना छोराछोरीका निम्ति हृदयभित्र एउटा सुन्दर सपना साँची राखेका हुन्छन् ।

दिन वित्दै जाँदा निर्मलका छोराछोरी हुर्कदै गए । त्यो देखेर उनले एकदिन पत्नीसँग भने “हेरन रमुला तिमीलाई यो घरमा दुलही बनाएर भित्र्याएको हिजो झै लाग्छ । आज छोराछोरी जन्मेर ठूला भएर छोराले कक्षा १२ पास ग¥यो । छोरीले एस.एल.सी.मा डिस्टीङसन ल्याइन । मलाई त खुशीले नाँचु नाँचु लागिराछ ।”

रमुला पनि हर्षित भएर भनिन् “छोराछोरी त हाम्रो जस्तो ज्ञानी कसैका छैनन् । मेरी साथी मनमायाको छोरा वदमास भएर बाआमालाई धुरुक्कै पा¥या छरे । अर्की साथी लीलाकी छोरी त झन् क्याम्पस जान्छु भनेर गयो दिनभरि व्यायफ्रेण्डसँग घुम्न गएर हैरान पारी सकी धन्य हाम्रो त त्यस्ता छैनन् है ।”

“दिन सँधै एकैनास रहँदैन, मन फेरिन बेर लाग्दैन भने झै” साथीको लहैमा लागेर रविनले लण्डन पढ्न जान्छु भनेर जिद्धी गर्न थाल्यो । बाबु सरकारी अड्डाको सुब्बा आमा शिक्षिकाको कमाईले चलेको घर लण्डन जान लाग्ने एकमुष्ट आठ, दश लाख रकम कहाँ पाउनु ? उनले छोरालाई जति सम्झाए पनि केही सीप लागेन । लण्डन नपठाए पढाई छोडिदिने धम्की दियो । निर्मल र रमुलाले संचयकोष, तलब सापटी झिके,साथीभाईसँग सापटी मागे । नपुग रकम गर गहना बेच्ने क्रममा आमाले लगाएको सुनको बाला माग्दा तिनले भनिन् “अरु सबै बेचेपनि यी दुइटा बाला बुढोको चिनो हो नबेचि देउ ।” त्यसो भनेपछि निर्मलले कर गरेनन् तर उनि नभएको मौका छोपी रमुलाले सासुको हातबाट जवरजस्ती बाला खोसिन् । बाला तान्दा तिनको शरिरबाट मुटु झिके झै पिडा भयो । त्यस दिन बुढी आमा साह्रै रोइन् ।

जसोतसो खर्च पु¥याएर निर्मलले छोरालाई लण्डन पठाए । रविन गएको भोली पल्ट देखिनै आमालाई ज्वरो आउन थाल्यो । उनी बेहोसिमै “मेरो बाला दिन्न, मेरो बुढाको चिनो नलैजाउ” भनेर बडबडाइन् । त्यसपछि मात्र निर्मललाई आमाको हातबाट बाला जवरजस्ती झिकेको भन्ने थाहा पाए तर के गर्नु बाला बिक्री भइसकेको थियो । झट्ट अर्को किन्न पैसा पनि थिएन । त्यसकारण आमालाई सम्झाउँदै भने “म भोली पर्सि त्यो भन्दा राम्रो बनाइदिउला आमा नरुनस । उनि भने मेरो बाला देउ भनि बच्चा जस्तै चिच्याएर रोइरहन्थीन । मणि झिकेको सर्प जस्तै भएकी उनी त्यही निहुँमा विक्षिप्त भई मानसिक सन्तुलन गुमाईन । निर्मलले सक्दो औषधी उपचार गराएपनि उनको स्वास्थ्यमा सुधार हुन सकेन अन्त्यमा केही नभनि उनि यो संसार छोडी परमधाम भईन् । आमाको बाला फिर्ता गराउन नसकेकोमा निर्मललाई मनमा पछुतो लागिरह्यो ।

कक्षा बाह्रमा अध्ययनरत रमिका एकदिन कलेजबाट घर नफर्कि व्यायफ्रेण्डसँग पोखरा घुम्न गईछन् । तिनले पोखरा पुगेर घरमा फोन गर्दै भनिन् “बुबा आमा पिर नगर्नु होला म साथीहरुसँग पोखरा आईपुगे ।” छोरीका कुरा सुनेर निर्मललाई पहिला झनक्क रिस उठ्यो । बेस्सरी झपार्न मनलाग्यो उनलाई तर मनमनै रिसाएर बसे ।

रमिका तिन दिन पछि बल्ल घर आईन । छोरीलाई देख्नासाथ रिसले आगो भएर रमुलाले भनिन “त्यसरी जो पायो त्यैसँग घुम्न जान लाज छैन तलाई ?” उ पनि के कम ? ठाडो जवाफ दिइहाली केको लाज आफ्नो व्यायफ्रेण्डसँग घुम्न नगए अरु कोसँग जानु त ? आमा छोरीको भनाभनले उग्ररुप लिन देखे निर्मलले सम्झाउँदै भने “रमुला अहिले नबोल भरेभोली विस्तारै सम्झाउँला ।”

त्यस रात निर्मल दम्पत्तिलाई राम्ररी निन्द्रा लागेन । दुबै जना बसेर लामो कुराकानी गरे । पूर्विय संस्कार हावी भएको हाम्रो समाजमा विवाहपूर्व कन्या अरु केटाहरुसँग घुम्नु, रात विताउनुलाई सामान्य रुपमा हेरिदैन । एककान दुईकान मैदान गर्दै उक्त कुरा गाउँभरि फैलियो । मनमायाले पनि सुनिन् र घरमा आएर रमुलालाई भनिन् “आफ्नो घरको झ्यालमा सिसा हुनेले अर्कोको झ्यालमा ढुंगा नहान्नु भनेको यही हो ।” तिमी मेरी मिल्ने साथी भएरपनि मेरै छोराको बारेमा नानाथरि कुरा काट्यौ । आफ्नो छोरीलाई त कसैकी नभाकी ज्ञानी, गुणी भन्थ्यौ झन् केटासँग पोखरा पुगेर रात बिताईछ अब त्यो नाक कसरी देखाउँछ्यौ समाजमा ? त्यसैगरि अरुले पनि भन्न थाले । त्यो सुनेर रमुलालाई पर्नु पिर प¥यो ।

छिमेकीका घरघरमा आफ्नी छोरीको चर्चाले निर्मल र रमुलालाको दाम्पत्य जिवनमा ठूलै भुइँचालो आयो । “दिन दशाले बाजा बजाएर आउँदैन” भने झै ऋणको बोझ, मातृशोक माथि छोरीले चोट थपिदिंदा आलो घाउमा नुनचुक दलेझै पिडा र छटपटि भयो निर्मललाई । के गरु गरुको स्थितिमा पुगे । राती निन्द्रा नलागेर पत्नीसँग कुरा गर्दै भने “ रमुला ! आज छोरीले गर्दा समाजमा ठाडो शिर गरेर हिडन पनि मुस्किल प¥यो अब के गर्ने ?”

रमुला पनि भित्रभित्रै पाकीरहेकी थिइन् । तिनले झर्कदै भनिन् मैले त त्यसलाई लठ्ठीले बेसरी भकुरेर सिस्नो पानी लाउन मन लाग्याथ्यो तपाईले रोकेर त होनी, त्यसलाई त...भनेर रीसले दाह्रा किटिन ।

निर्मलले पत्नीलाई सम्झाउँदै भने “रिसले आफु नास बुद्धीले शत्रु नास” भन्छन् यस्तो बेलामा तात्तेर हुँदैन ठण्डा दिमागले सोच्नुपर्छ दुवै बढेका छोराछारीलाई कुटेर पिटेर तह लाउँछु भन्नु मुर्खता मात्र हो । बरु यसो आफु भन्दा ठूलासँग सरसल्लाह पो गर्ने हो की ? म दाईहरुसँग राय माग्छु । तिमी माईतीमा गएर बुवा आमासँग सल्लाह गरे कसो होला ? रमुलालाई निर्मलको कुरा ठिक लाग्यो र हुन्छ भनिन् । त्यसरात दुवै जना ननिदाई छर्लङगै उज्यालो भयो ।

भोलीपल्ट शनिबार परेको थियो । रमिका विहान सबेरै उठेर बाहिर निस्कन खोज्दा रमुलाले रिसले आँखा देखिनन् र छोरीलाई भनिन् “एकाविहानै कता मुन्टीन लाग्या नी ? त्यै केटासँग जान लागिस् ? पर्दैन कतै जान थपक्क घरै बस । ऐले कलेज सलेज जान बन्द गर्दिन्छु अनी ।”

रमिकाले आमालाई पर्लक्क आँखा पल्टाएर हेरिन् र भनिन् “थाहा रै छ त अनि किन सोधिरा ? भनेर टिमटिम पर्दै बाहिर निस्कीइन् । छोरीले अटेर गरेर आफुले भनेको नमानी गएको देखि उनि तुरुन्त लोग्नेलाई भन्न गईन “ए ! हजुर रमिका त विहानै बाहिर गई मैले नजा भनेको मान्दै मानिन लौन अब के गर्ने होला ?”

निर्मलले तिनलाई सम्झाउँदै भने “हाम्री छोरी अब सानी रहिनन् । यति खेर उनि आमाको सारीको टुप्पामा समातेर पछि लाग्ने, बाबाको हातको औला समातेर टुकुटुकु हिडने नभई साथीसँग हाँसखेल ठट्टा गर्ने उमेरकी भईसकेकी छ । तिमी धेरै चिन्ता नगर बरु छिटो खाना खाएर म दाईको घरमा जान्छु ।

रातीको सल्लाह बमोजिम निर्मल र रमुला दुई जना दुबैतिर बाँडीए । निर्मल दाजुको घरमा पुग्ने वित्तिकै भाउजुले देखिन् ? भनिन् “अहो निर्मल बाबु ! आज यहाँ आउने फुर्सद कसरी पाउनु भयो ? ल बस्नुहोस दाई कौशिमा जानुभा छ म बोलाईदिन्छु भनेर जान लाग्दा दाई पनि टुपलुक्क त्यही आई पुगे ।

निर्मलले ढोगी सकेपछि भाईको मुहारमा यसो हेरेर भने “किन के भो तिमीलाई ? आँखा पनि रातभरि नसुत्या जस्तो । अनुहारको रङ्ग पनि उड्याछ । के प¥यो त्यस्तो ?

निर्मलले मुटुमा परेको गाँठो फुकाउँदै भने “दाई ! तपाई मेरो बुबा आमा, अभिभावक जे भनेपनि तपाइनै हुनुहुन्छ । सानैमा बाबु विहिन टुहुरोलाई हजुरले नै बुबाको माया दिनुभयो । भाउजुले हुर्काउनु भयो । त्यसैले संकट परेको बेला हजुरलाई सम्झेर दुःख पोख्न आएँ ।” यसो भनिरहँदा निर्मलको आँखा रसाए, दाई भाउजुको पनि गह भरियो ।

दाजुले भाईलाई अँगालो मार्दै भने “भाई म छँदै छु नि के भयो त्यस्तो भनन ।” दाई “मैले मेरो परिवार जस्तो सुखी कसैको छैन भनेर घमण्ड गर्थे । सानैमा छोराछोरी पनि त्यत्तिकै ज्ञानी थिए । जति जति ठूला हुँदै गए उति पिरलो थपिदिए । एउटालाई ऋण गरेर बाहिर पठाए अर्की भनेको नटेरी केटाहरुसँग घुम्न जान्छे । मलाई त इज्जत थाम्न मुस्किल प¥यो म के गरु दाई ?”

दाईले निर्मललाई सम्झाउँदै भने “त्यसरी आत्तिनु हुँदैन । हामी बाबुआमा छोराछोरीलाई सँधै बालखै देख्ने गछौ । त्यो हाम्रो भ्रम हो । उमेर अनुसार केटाकेटीको चाहना नबुझेर हामी गल्ती गरिरहेका हुन्छौ त्यसैले मेरो बिचारमा अब छोरीले रोजेकै केटासँग विहा गरिदिए बेस होला ।” हो बाबु ! रमिका अठार वर्षकी भईहाली यो उमेर विहा गर्ने उमेर होइन तापनि सँधै चिन्तामा पर्नुभन्दा एकपटक गर्दिनै पर्छ । विहे गर्दिए धन्दा पनि छिनिने टन्टा पनि साफ हुने ।”

उता रमुलालाई पनि माईतीमा सबैले त्यहि सल्लाह दिए । दुबै जना आफन्तको घरबाट सल्लाहको पोको बोकेर घर फर्किएर छलफलमा जुटे । निर्मल र रमुला एकएक गरि सल्लाहका पोका फुकाएर सुनाए र विश्लेषण गरे । सबैले ठिकै भनेका हुन भन्ने दुबै जनालाई लागेपनि छोरीको विहा गर्ने उमेर नपुगेको चाहिँ मनमा लागिरहयो तर के गर्ने ? विवश थिए उनीहरु ।

राती अवेर घर फर्केकी छोरीलाई निर्मलले माया गरेर कपाल मुसार्दे भने “छोरी तिमीलाई भोक लागेको होला पहिला खाना खाउँ तिमीसँग धेरै कुरा गर्नुछ ।”

बुबाले भनेको सुन्नासाथ रमिका उप्रिंmदै कराई र भनि “त्यै त होलानी घुम्न नजा, घरै वस, म त्यसरी कैदी भएर बस्न चाहन्न के बुझ्नु भो ?”

निर्मल संयमित हुँदै भने होइन छोरी त्यसो भन्न खोजेको होइन । बरु हामीले तिम्रो निम्ति केही गर्न सकेनौ । तिम्रा कुरा बुझ्न सकेनौ भनेर पो भन्न खोजेको त । ल आउ गफ गरौं ।” निर्मलले फकाएपछि रमीका बाबाको छातीमा टाँसिएर सुक्क सुक्क रुदै भनिन् । “अनि मलाई आमाले सँधै किन गाली गर्नु हुन्छ त ?”

नजिकै उभिएर हेरिरहेकी रमुलाले पनि छोरीलाई मायाँ गर्दै भनिन् “तिमी कति छिट्टै ठूली भयौ मैले थाहा पाईन अब देखि गाली गर्दिन ल..मेरी गुड्डुलाई । गुड्डु भनेको सुनेर आफ्नो सानोमा बोलाउने नाम सम्झी रमिका मुसुक्क हाँसिन् ।

छोरी खुशी भएको मौका छोपी निर्मलले कुरा धुत्दै गए । रमिकाले ओकेल्दै गईन् । अन्तमा रमुलाले छोरीलाई सोधिन “तिमी त्यही केटासँग विहा गछौ भने हामी उसका बाआमासँग भेटेर कुरा गर्छौ ।”

रमिकाले पहिला आफ्नो व्यायफ्रेण्डसँग सोध्छु भनिन् । त्यसपछि उसैलाई घरमा ल्याएर बुबा आमासँग भेट गराइन । निर्मलले छोरीको बिहा उसैसँग गरिदिने कुरा गर्नासाथ राजेसले साफ इन्कार गर्दै भन्यो “मेरो विहा गर्ने उमेर भएको छैन । त्यसमा पनि गर्लफ्रेण्डसँग नभएर म त मेरो बाबा आमाले रोजेको केटीसँग विहा गर्छु ।” त्यो सुनेर रमिकाले जङ्गीदै भनिन् “तिमीले मसँग प्रेम गरेका हैनौ ?”

प्रेम कस्तो प्रेम ? कलेजका सबै केटीहरुसँग म फ्रेण्डसिप राख्छु । के म सबैसँग विहा गर्नु ? नो तिमीले मलाई गलत बुझ्यौ ।”

रमिका रिसले चुरहुँदै भनिन् “धोके वाज ! मसँग कहिले नछुट्टीने कसम खाएर पोखरामा लगि मेरो कुमारित्व किन लुटिस ? मैले तँलाई सच्चा प्रेम गरे तर त लुटेरा निस्क्इिस् । झण्डै छिट्टो थाहा पाएँ नत्र तैले मलार्ई अझ कति लुट्ने थिइस धोके वाज ! गईहाल यहाँबाट तेरो अनुहार कहिल्यै हेर्न नपरोस । रमिकाले झपारेपछि फनक्क फर्केर गयो राजेश । रमिका आमाको काखमा घोप्टो परेर रुन थालिन् ।

निर्मल र रमुलालाई पिर माथि पिर थपियो । छोरीको विहा जसरी भएपनि गराइदिन धुँइधुँइती केटा खोज्न लागे । साथी भाई इष्टमित्र नातेदार सबैलाई केटा खोजिदिन आग्रह गरे । रमिका प्रेममा धोका पाएपछि कलेजमा पढ्न जानै छोडिन् । थाहा पाएजति कसैले रमिकासँग विहा त के, कुरा चलाउन समेत मानेनन् । विहा गर्नु पहिल्यै केटासँग रात विताएकी भनेर सबैले कुरा काटे । रमिका पनि राजेशको मेख मार्न आफैपनि दुलाहा खोज्न थालिन् । आखिरमा फेसबुक मार्फत एउटा केटासँग मित्रता बढाईन् । काठमाण्डौमा घर भएका भएपनि अमेरिकामा पढ्दै काम गर्दै गरेका केटाले रमिकासँग विहा गर्ने इच्छा गरे । नेपालमा आएर घरपरिवारसँग सल्लाह लिए । रमिकाको बारेमा थाहा पाएपनि छोराको रोजाईमा अभिभावकले बाधा पारेनन् र विहा हुने पक्का भयो ।

केटा खानदानी परिवारको प्रसस्त धन सम्पत्ती भएकासँग सम्बन्ध जोड्न पाउँदा रमिला दंग परिन । निर्मललाई भने आफु भन्दा उच्च घरानामा छोरी दिदाँ व्यवहार धान्न सकिन्न कि भन्ने चिन्ता लाग्यो । तैपनि उनि विवस थिए । ऋण लिने ठाउँ कतै नहुँदा बैंकमा लोन माग्न गए । तर लोनले मात्र पहिलाको ऋण तिर्न अहिलेको विहा खर्च नपुग्ने हुँदा घरै बेच्ने निधो गरे ।

छोरीको टिकाटालो गर्न जन्ती आए जस्तै मानिसहरु आउँदा निर्मलको सातो उड्यो । साँझ रमुलासँग सल्लाह माग्दै भने “हैन घर बेचेको पैसाले पनि नपुग्ने भयो । मन्दिरमा लगेर टिकाटालो गरि विहा गरे कसो होला ? रमुलाले अलि जङ्गीएर बोलिन हैन तपाई त साह्रै हुतिहारा निस्कनु भयो । तपाईसँगै जागिर खाने नरनाथ सुब्बाले त्यत्रो पैसा कमाए । पाँचतले घर बनाए र पनि ठाउँ ठाउँमा जग्गा किनेका छन् अरे । तपाई चाहि त्यहि पदको भएपनि सँधै पैसाको दुःख । म पो शिक्षिका भएँ यताउता गर्ने ठाँउ नै छैन । तपाई चाहिँ ठाउँ भएरपनि सोझो उहि अरुले जति दिन्छन् त्यति तलब थापेर ल्याउँने सधैं खर्च पु¥याउनै धौ धौ । हैन यसो दायाँ बायाँ पनि हेर्नु पर्छ क्या ...... ।

निर्मलले पत्नी तर्फ हेरेर राताराता आँखा पार्दै भने म अरु जस्तो भ्रष्टाचारी होइन बुझ्यौ ? “यो सब तिम्रो कारणले भएको हो । “घाटी हेरी हाड निले यस्तो हुने थिएन ।”

“अब सबै दोष मलाई लाउनुस । आफु कमाएर ल्याउन नसक्ने अरुलाई दोष दिने ? खुब् । अब छोरीको टिकाटालो सकिहाल्यो विहा त जसरी भएपनि गरिदिनै प¥यो नी” तिनले फेरि भनिन् । स्वयंवरको साईत जुराईयो । केटा पक्षको माग अनुसार केटालाई स्वयंवरको निम्ता पठाउँदा चाँदीको निम्तापत्र बनाई चाँदीकै किस्तीमा बेहुला बेहुलीको प्रतिक बनाई सजाएर सुनको असर्फी राखी फलफूल, मेवा मिस्ठान सहित पठाउनु पर्ने भयो । निर्मल आत्तीए । विहा खर्च जति त अनौपचारिक खर्चमै सकिने भयो “ठूलो गाँस निल्नु न ओकेल्नु भने झै भयो निर्मललाई । टिकाटालामा आएका भन्दा दोब्बर मान्छे आए । उनले दिक्क मानेर मनमनै भने “हैन आउन पनि कति आका ?”

“ठूलो घरको ठुलै चाला” आउँछन् त हुनेहरुका ।” पत्नीको कुराले निर्मललाई रिस उठ्न सम्म उठ्यो तर उनले बाहिर देखाउन चाहेनन् । संयमी भई पैतलामूनि रिसलाई दवाएर नबोली बसे ।

केही दिन पछि केटा र केटी दुबैपक्षका एक ठाउँमा बसेर पण्डितलाई विवाहको लगन जुराउन लगाइयो । रातीको लगन निकाले उनले । निर्मलले पण्डीतलाई हात जोरेर भने “पण्डीत जी दिउँसो लगन निष्कन्छ कि हेरिदिनु प¥यो ।” त्यो सुनेर केटा पक्षकाले भने “विवाह भनेको रातीकै रमाइलो हुन्छ । त्यहि लगन ठिक छ ।” उनि निरुत्तर भए ।

केटा पक्षको माग अनुसार ५०० जना जन्तीलाई फाइभस्टार होटलमा खानपिनको व्यस्थामा । छोरीलाई टाउकोमा लाउने बिन्दी देखि खुट्टामा सम्म लाउने सुनको पाउजु, लत्ता, कपडा, त्यसैगरि ज्वाईलाई सिक्री, औठी, ब्रासलेट सुनको घडी । ६ जना सम्धीलाई असर्फि, सुटपिस, सम्धीनीहरुलाई तिलहरी कपडा भरेको सुटकेस खरिद गर्दैमा भएभरको रकम सकियो । निर्मलले छोरालाई फोन गरेर पैसा पठाउन भने । उसले काम नपाएर कमाउन त परै जावस आफैलाई खानेखर्च नहुँदा उल्टै घरबाट पैसा पठाईदिनु पो भन्यो । त्यो सुनेर निर्मल झन रनाहामा परें । छोरीको विवाहको निम्ति विभिन्न चरण पार गर्दै आउँदा उनि आफु पनि रित्तिदै आईरहेका थिए । अब विदाई गर्न बाँकी रहेको अवस्थामा पुनः साथी भाई, नातेदारहरुसँग हात पसारेर पैसा मागी छोरीलाई अन्माएर पठाए । देख्नेले भने “अहो निर्मलले त पैसा उद्युमै कमाका रैछन् । त्यति धेरै खर्च गरेर सानले छोरीको विहा गरिदिए ।”

निर्मललाई भने बेची सकेको रित्तो घरमा फर्केर जान मन लागेन । मनभरि, मुटुभरि अव्यक्त पिडा बोकेर उनि होटलबाट बाहिर निस्कीए र गन्तव्य विनाको पाइला सारे । रमुला पनि उनको पछि लागिन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।