19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दलवीरसिंह बराइली "घायल" March 10, 2013, 12:58 am

गन्तव्यमा पुग्नलाई बाटो तय हुनै पर्छ

उनान्सय जिन्दगी यो पुरै सय हुनै पर्छ

समयको गतिसँगै चल्न मैले जानिनछु

म जागें है मेरै बसमा यो समय हुनै पर्छ

ए बिधाता तैंले धेरै दु:ख कष्ट दिई सकिस

कालो रात फाटी अब सूर्योदय हुनै पर्छ

दुनियाँको इशारामा नाच्नु सम्म नाची सकें

अब मेरै शब्द स्वर मेरै लय हुनै पर्छ

सयौं हार खाएपनि थाकेको म छैन अझै

हारको यो शिक्षाले नै म बिजय हुनै पर्छ

गुप्तेश्वर-३,रामेछाप, हाल:अबुधाबी,युएई

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।