18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साँझ

कविता बसन्त श्रेष्ठ March 10, 2013, 1:10 am
बसन्त श्रेष्ठ
बसन्त श्रेष्ठ

उज्यालो घर्केर

रात पर्न बेर लाग्दै गर्दा

साँझ केहि क्षण आराम गर्न

पृथ्वीमा झर्यो |

जीवनको कोलाहल भित्र

रातको शुन्यताको कहर अघि

साँझ परेको यो चपेटामा

खलबल खलबल मच्चिएको छ

यस मझधारको समयमा |

भोलिको उज्यालोको प्रतिक्षामा

रात भर छटपटाहट

प्रसव बेदनाको पीडा पछि

प्राप्त झिसमिसे उज्यालो

खस्न नपाउदै उर्लेका खुशीहरु

झर्न नपाउदै तप्केका आँशुहरु

समय घर्केको याद कसैलाई नहुँदा

घरको आगनमा

छानाको छायाँ

मनका आस्थाहरु

बलियो गरि बाँध्न नपाउँदै

घामको पारिलो तेजले

चिसो भुइँ सुक्न नपाउदै

घाम डाँडा माथि अस्ताईदिन्छ

जुन आकाश भरि फैलिन खोज्छ

अनि साँझले घरको मझेरीमा

थपक्क पाइला हाल्छ | |

निस्तब्धता र कोलाहल संगै

रात छाउन खोज्छ |

भय त्रास र पीडाले

मन मस्तिष्क भयाबह बनाउदै जान्छ

कुनै निश्चित रेखा नकोर्दै

कुनै निर्दिष्ट दिशा बोध नगर्दै

मधुरो प्रकाशमा

किरमिर किरमिर देखाउदै यात्राका रेखाहरु

काँडा काँडाका भबिष्यहरु

था’ छैन पैताला काँहा पर्ने हो ?

खुशीका उज्यालाहरू बिहानीमा

अनिश्चित भविष्यका अँध्यारा रातहरु

रुमानी सपना बाँड्दै

बित्दैछन थुप्रै बर्ष यस्तै साँझमा |||

आभाव र पीडाका गुनाशसहरु बाँध्दै

यहीं एउटा समय साँझ

हामी भित्र अडकिरहेछ

बर्षौं बर्ष साँझ रोकिएको छ

हाम्रो जीवन भित्र |

साँझ हाम्रो जीवन हो

साँझ हाम्रो आधारशिला हो

एउटा पूर्णताको लागि

यस साँझमा

रोकिएको छ हाम्रो शुखद

कल्पनाको यो जीवन |||

भर्जिनिया, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।