निन्द्रामा अभ्यस्त उसका आँखाहरू
छाम्दै सिलिङ्ग र भित्ताहरू
फैलिन्छन् टाढा टाढा
कहिल्यै नपुगेको
स्वप्नलोक सम्म
स्वाभिमानी उसको छाती
चरक्क चिरिन्छ
गुमनाम देशको
अनागरिक भएको महशुस हुँदा
एक मायावि सपना
उसको आँखामा छाएको छ
एकैसाथ गगनचुम्बन गरिरहेका
सहस्र पिरामिडहरू
भव्य ठडिएका छन्
उ निर्मिमेष चुमिरहन्छ
अपलक
विस्मृत हुन सक्दैन उ
अखण्ड शान्तिको गान
गुञ्जिरहन्छ उसको कानमा
र
एक पटक फेरि
लिन हुन्छ
तपस्यामा
उर्वशि र मेनकाहरूको
चंचलता, चपलता र सुन्दरताको
धुमिल छवि
बन्द परेलिमा कैद गर्दै
मन्द मुस्कान छरिरहेछ उ
गौरादह – ४, झापा