19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अर्जुन दाहाल “अपवाद” March 22, 2013, 8:19 pm

जहिले पनि अपवाद हुँदैन

चाहेर कोहि बर्बाद हुँदैन ।।

मनै देखिन चाहेको भए पो

करकापले सम्बाद हुँदैन ।।

सही प्रयास गरे पो हुन्छ

ढुङ्गामा अन्न आबाद हुँदैन।।

समयले सबैलाई बदल्छ रे

को भन्छ, सत्यमा विवाद हुँदैन ?

सोचेर बोल जित तिम्रै हुनेछ

चित्त बुझेसी, प्रतिबाद हुँदैन ॥

मिर्गे-५, दोलखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।