14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अन्तर्राष्ट्रिय कविता दिवस् अर्थात मार्च २१

विचार डा. गोबिन्दसिंह रावत March 22, 2013, 3:35 pm
डा. गोबिन्दसिंह रावत
डा. गोबिन्दसिंह रावत

२१ मर्चलाई विश्वभरी नै अन्तर्राष्ट्रिय कविता दिवस्का रुपमा मनाउने

पराम्पराको थालनी भएको छ । साहित्यको सबैभन्दा जेठो विधा हो कविता ।

कवितालाई बुभ्mनेहरुका लागि यो अमृत हो भने नबुझ्नेहरुका लागि अपूर्ण

वाक्यहरुले भरिएको अर्थ खोलाउन नसकेको पंक्तीमात्र मात्र हो । भनिन्छ

प्रश्रव पीडाबाट निस्किएको चित्कारमा मातृवासल्यताको कविता सुनिन्छ भने

मृत्यु सय्यामा लम्पसार मृत शरीरको अग्नीका रापहरुमा जीवनका पीडाहरुका

कथाव्यथा समेटिएको कविता सुनिन्छ । यो सुन्ने कर्ण प्रकृतिले कविलाई

मात्र दिएको हुन्छ । त्यसैले भनिन्छ जहाँ रवि पुग्न सक्दैन त्यहाँ कवि

पुग्ने गर्दछ । अर्थात कविलाई प्रकाशभन्दा अगाडि राखिएको छ । कवितालाई

काव्यविद्हरुले जेजसरी परिभाषित गरे पनि कविता वास्तवमा अपरिभाषित

साहित्यिक विधा हो । प्रत्येक राष्ट्रको पहिचान त्यसको राष्ट्रिय गानबाट

मुखारित भएको हुन्छ जुन कविताकै एउटा स्वरुप हो । इतिहासपुरुष र

महापुरुषबाट लिएर समाज र सभ्यताको गाथालाई तत्कालीन कविहरुले वयान

नगरिदिएको भए हामी इतिहासका धेरैनै पाटाबाट अनभिज्ञ भएर बस्नु पर्ने

हुन्थ्यो । लोकको वयान लोक कविहरुले लोक कवितामा गरिदिएकोले नै आज हामी

हाम्रो लोक परम्परा र सभ्यताबाट परिचित भएका छौं । त्यसैले समाजमा कवि र

कविताको स्थान हरदम सर्वोपरी रहने गर्दछ । त्यसैले साहित्यका अरु विधाको

दाँजोमा कविता विधाको प्रयोग र चर्चा बढी मात्रामा हुने गर्दछ । कुनै पनि

धर्मका पुस्तकलाई पल्ट्याएर हे¥यौं भने त्यहाँ तपाई हाम्रो आराध्यदेवको

वयान कवितात्मक वाणीमा गरिएको हुन्छ । त्यसैले कवितालाई सर्वमान्य

साहित्य मानिन्छ ।

कविता श्रुति परम्पराबाट शुरु भएर आज काव्यका विभिन्न रुपमा देखापरेको छ

। वेद, पुराण, ओडिसी, यास्ना सबै कविताका प्रचीन स्वरुपहरु श्रुति

परम्पराकै अविस्कार हुन् । त्यसपछि होमर, मिल्टन, वेदव्यास, गोथे,

किट्सबाट लिएर शेक्सपीयर, गालिब, कालिदास जस्ता काव्यकारहरुले कवितामा

आआप्mना प्रयोगहरु प्रस्तुत गर्न थाले । अनि साहित्यका अन्य विधाहरुले

जन्मने अवसर पाउँदै गयो । प्राचीन लोक परम्पराको आधुनिक रुप नै कविता हो

भन्दा अतिशयाक्ती नहोला ।

विश्व राष्ट्र संघको शिक्षा, विज्ञान तथा संस्कृति शाखाले सन् १९९९ मा

विश्व कविता दिवस् मनाउने घोषणा गरेपछि २१ मर्चको दिनलाई अन्तर्राष्ट्रिय

कविता दिवस् वा विश्व कविता दिवस् मनाउने दिन तोकेपछि सन् २००० देखि

प्रत्येक वर्ष यो दिवस् विभिन्न साहित्यिक कार्यक्रमहरुका साथ मनाउने चलन

शुरुभएको पाइन्छ । नेपालमा पनि साहित्यका अनुरागी तथा साहित्यिक

संस्थाहरुले विश्व कविता दिवस् मनाउँदै आईरहेका छन् । यस दिन अर्थात

विश्व कविता दिवस्लाई कवितात्मक वातावरणमा ढाल्न विभिन्न काव्यात्मक

प्रस्तुतिहरुको आयोजना हुने गर्दछ । साहित्यकमा कविता विधा मात्र त्यस्तो

विधा हो जसले थोरैमा धेरै अर्थात संक्षिप्ततामा विस्तृतताको आभास दिने

गर्दछ । त्यसैले रङ्गमञ्चमा पनि आज कविताले मञ्चनको प्रस्तुति पाउन

थालेको छ । २०३८ देखि नेपालमा सर्वनाम नाट्य समुहले काव्यलाई कविता

मञ्चनका रुपमा कवि विष्णुविभु घिमिरेको “त्यो लङ्डी केटी” कविताका

माध्यमबाट नाटकीय प्रस्तुतिका रुपमा मञ्चन गरेपछि यो परम्पराले आजको

मितिमा व्यापकता पाई सकेको छ । बेलायतमा कवितालाई शिक्षाको माध्यम समेत

बनाइएको पाइन्छ । जसलाई अमेरिका तथा अन्य राष्ट्रले पनि मान्यता दिदै

आएको छ । शैक्षिक विकासका लागि विद्यार्थीलाई रङ्गमञ्चीय माध्यमबाट

शिक्षा दिने काम हुँदै आएकामा आज कविताका माञ्यमबाट प्राथमिक तहका

विद्यार्थीलाई कवितात्मक प्रस्तुतिका आधारमा शिक्षा दिने गरिन्छ ।

कवितालाई नाटकीय प्रस्तुतिमा प्रस्तुत गरेर नयाँ रंगकर्मीहरु रंगमञ्चमा

विविधता ल्यादै गईहरेका छन् । कविता वाचन गर्दै कवितालाई मञ्चनको माध्यम

बनाइएकोले त्यसको प्रस्तुति वास्तकमा कलात्मक हुने गर्दछ । एकजना कवि

मञ्चको एउ छेउँबाट आप्mनो कविता वाचन गरिरहेका छन् । मञ्चको अर्को

छेउँबाट कविताका पात्रहरु मञ्चमा आएर कविले आफ्नो कवितामा पोखेका

विचारहरुलाई अभिनयात्मक शैलीमा प्रस्तुत गरिरहेका छन् । त्यो क्षण

वास्तवमा आत्मीय हुने गर्दछ । कविताका माध्यमबाट मञ्चमा जीवनका विविधता

प्रस्तुत भई रहेका हुन्छन् ।

कविता आफैमा एउटा पूर्ण विधा हो । कविताको अर्थ बुभ्mन धेरैनै गाहे छ ।

इन्टरनेटबाट गुगलमा कविता के हो (पोईट्री ईज…..) शब्द लेखेर यसको अर्थ

खोज्यौं भने त्यसमा विभिन्न अर्थबोध हुनाका साथै “कविता मृत्यु हो” जस्ता

शब्दहरु पनि देखापर्छन् । कवितालाई प्रारम्भदेखि नै यसका सर्जकहरुले

आआप्mनै तरिकाले परिभाषित गर्दै आईरहेका छन् । साहित्यकको सबैभन्दा बढी

प्रयोग हुने जेठो विधा पनि कवितालाई मानिन्छ । यही कवितालाई यसका

स्रष्टाहरुले विभिन्न रुपमा प्रयोग गर्दै आएका छन् । संस्कृत साहित्यबाट

नेपाली साहित्यमा आएको कविता विधाका विभिन्न रुप र स्परुपहरु समयान्तरमा

फेरिदै गएको छ । नेपाली साहित्यमा काव्यविधाका अन्य स्वरुपहरुमा

उर्दुफारसी साहित्यबाट गजल आएको छ भने जापानी साहित्यबाट हाईकु र कोरिया

साहित्यबाट सिजो काव्यका अनेक रुपहरु आएका छन् । शायरी, रुवाई, ताङ्का,

केस्रा आदि काव्यका विभिन्न स्वरुपहरु नेपाली काव्य साहित्यमा देख्न

पाइन्छ । वास्तवमा कवितालाई बुभ्mन धेरैनै गाहे छ । छोटो शब्दहरुको

प्रयोगबाट विस्तृतताको वर्णन गर्न सक्ने क्षमता रहेकोले कविता साहित्यका

अन्य विधाको तुलनामा बढी लोकप्रिय र लेखिने विधाका रुपमा रहदै आएको छ ।

विषयवस्तुलाई बुभ्mन कवितात्मक वर्णनको महत्वपुर्ण भूमीकालाई पनि नकार्न

सकिदैन । एउटा कविताले जीवनको वर्णन गरेको हुन्छ भने त्यही कविताको एउटा

वाक्यले जीवन दर्शन प्रस्तुत गरेको हुन्छ ।

कविता सुन्ने सुनाउने कोठे गोष्ठी परम्पराले आजको मितिमा व्यापकता पाउँदै

गई रहेको छ । नेपालबाहिरका आप्रवासी नेपालीहरुले नेपाली साहित्यलाई

संवृद्ध पार्दै लैजान यस्ता कोठे गोष्ठीलाई माध्यम बनाएको पाइन्छ ।

युवा कवि मोतीराम भट्टबाट शुरु भएको कवि मण्डली र गोष्ठी परम्परा आज

काव्य रसस्वादन गर्ने शसक्त माध्यम बनेको छ । उत्तर अमेरिकाको पुरानो

नेपाली संस्था ए.एन.ए. को नेपाली साहित्य प्रतिष्ठानले गत तीन वर्षदेखि

कवितामा सबैभन्दा बढी एक हजार डलर पुरस्कार भएको अन्तर्राष्ट्रिय नेपाली

कविता प्रतियोगिता गराउँदै आएको छ भने यस्ता प्रतियोगिता विश्वभरी नै

विभिन्न नामबाट विभिन्न संस्थाहरुले संचालन गर्दै आई रहेको पाइन्छ ।

कविता लेखेर विश्वको गरिब देश नेपालका एउटा कविले ८७ हजार रुपियाँ पाउनु

भनेको कविताको प्रभाव र कविताको लोकप्रियता हो ।

टोरोन्टोमा पनि २१ मार्चलाई विश्व कविता दिवस्का रुपमा आप्mनै परम्परा

अनुसार मनाउने चलन रहेका छ । सम्भवतः अन्य मुलुक र प्रान्तमा पनि आप्mनै

चलन रहेको होला । कविता दिवस्का दिन टोरेन्टोमा पोइट्री स्लम (एयभतचथ

क्बिm) सम्मेलनको श्रीगणेश हुने गर्दछ । सन् १९८४ मा अमेरिकाको सिकागोका

साहित्यकार मार्क स्मिथबाट शुरुभएको पोइट्री स्लमले ९०को दशकमा आएर

राष्ट्रिय मान्यता पाउन थालेपछि यसको अर्थात पोइट्री स्लमका प्रस्तोताहरु

अन्य मुलुकहरुमा पनि देखापर्न थाल्यो भने पोइट्री स्लमका शाखाहरु पनि

खोलिन थालियो । नेपालमा पनि अमेरिकन दूतावासबाट सन् २०१० मा अमेरिकाबाट

पोइट्री स्लमका प्रस्तोताहरुलाई बोलाएर काठमाडौं पोइट्री स्लमको विशेष

गोष्ठीको आयोजना गरेको थियो ।

कविता दिवस्को दिनबाट शुरुभएको टोरोन्टो पोइट्री स्लम समूहले प्रत्येक

महिना दुई पटक पोइट्री स्लमको प्रस्तुति गराउँदै आएको छ । यो प्रस्तुति

गृष्मावधिसम्म चल्ने गर्दछ ।पोइट्री स्लममा १२ जना कविहरुले आप्mनो कविता

सुनाउने गर्दछन् । पाँचजना निर्णायक मण्डलीले वाचित कवितालाई ० देखि १०

नम्बर दिने गर्छन । प्राप्त नम्बरका आधारमा १२ वाट ६ जना र ६ बाट तीनजना

कविहरु अन्तिम कविता वाचनका लागि रोजिन्छन् र पहिलो हुनेलाई ८० डलर नगद

पुरस्कार दिइन्छ । कविता वाचक र श्रोता दुवैले प्रवेश शुल्क डलर ५ देखि ७

सम्म तिर्नु पर्ने हुन्छ । पोइट्री स्लमको प्रस्तुतिमा निर्णयक मण्डलीले

कविताको विषयवस्तु र कविको प्रस्तुतिलाई विशेष रुपले नियाल्ने गर्दछन् ।

यसमा कविले आप्mनो प्रस्तुतिलाई गहकिलो बनाउन सहवाचक एक÷दुईजना राख्न पनि

पाइन्छ । अंग्रेजी शब्द स्लमले स्मेस वा बङ्ग अर्थात कुनै कुरामा जोड

दिनु, कसैलाई मात दिनु वा पछार्नु वा आलोचना गर्नु भन्ने बुझिन्छ ।

अंग्रेजी भाषामा वाचन गरिने टोरोन्टो पोइट्री स्लममा पुगेपछि त्यहाँको

वातावरण नै कवितामय हुने गर्दछ भने साहित्यप्रति रुचि राख्नेहरुको उत्साह

देखेर प्रस्तोतालाई साहित्य र्सिजना गर्न अझ उत्साह र ऊर्जा प्राप्त हुने

गरेको देखिन्छ ।

आज कविता लेख्नेहरुको संख्या साहित्यका अरु विधामा कलम चलाउनेहरु भन्दा

तेब्बर र चौबर रहेको छ । प्रत्येक दिन दैनिकीका हिसाबले सामाजिक सञ्जालमा

कविता लेख्नेहरुका संख्या पनि कम छैन । कविताको परिभाषा नबुझीकन कविता

लेख्नेहरुको एउटा जमात छन् भने कविताको वास्तविकता बुझेर कविता

लेख्नेहरुको अर्को जमात रहेका छन् । दुई अक्षरदेखि असिमित अक्षरसम्ममा

कविता लेखिन्छन् । धेरैनै राष्ट्रले राष्ट्र र राष्ट्रियतामाथि लेखिएका

कर्तव्यबोध गराउने कविताहरु सार्वजनिक यातायातका साधनहरुमा राखीदिएर

कविलाई सम्मान गर्ने एउटा बेग्लै पराम्पराको पनि विकास हुँदै गई रहेको छ

। टोरोन्टोका सबै सार्वजनिक यातायातहरुमा हामी ह्दयस्मर्शी कविताका

पंक्तीहरु कविको संक्षिप्त परिचयसमेत पढ्ने गर्दछौं । यो चलन अन्य

मुलुकमा पनि रहेको छ भने विश्वका सबै राष्ट्रले यस्तो चलनलाई मान्यता

दिदै जानु पर्छ । किनभने जहाँ रवि पुग्न सक्दैनन् त्यहाँ कवि पुग्ने

गर्दछन् । अर्थात कविले नै समाजका विकृति, विसङ्गति, विनास र स्वार्थ तथा

स्वार्थी परम्परा र प्रवृतिलाई देख्न सक्ने चक्षु राखेको हुन्छ । जसलाई

उसले आप्mना काव्यात्मक सिर्जनामा अभिव्यक्त गरेर समाजलाई खबरदारी गराउने

काम गरी रहेको हुन्छ ।

क्यानडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।