19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दिवाकर भट्टराई April 11, 2013, 8:45 pm
दिवाकर भट्टराई
दिवाकर भट्टराई

मायाको कसिलो गाठोले, किन बेरेको खै

बुझाउदिनन् बुझ्दिन पत्र, किन केरेको खै

यादमा झुमी न्रिदोष, नसालु मृग नयन

अस्पष्ट आक्रमक रुपमा,किन हेरेको खै

आगन्तुकझै रोमाञ्चक,कर्तव्यपथमा

जिउने बहाना ठान्दै, किन फेरेको खै

परिस्थितिले झेलेको, अजम्बरी नाता

प्रष्ट्याउने कसले अब, किन घेरेको खै

जिन्दगीमा लालचदेखि, नफस है भन्दै

बाध्यता र विवसताले, किन सेरेको खै

दमौली, तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।