19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्मृतिविस्मृति

कविता हरिप्रिया देवी April 20, 2013, 7:44 am

तँसित मात्र एकपल्ट नै भेट भएको थियो

तेरो आँचलमा प्रत्येक सम्भावनाले छोएर।

तँलाई स्पर्श गर्नका लागि एउटा अदम्य आश...

सपनाको करेङघर।

तँलाई स्पर्श गर्न चाहन्छु

जब स्पर्श गर्न चाहन्छु तँ बतास हुन्छस्

स्पर्श गर्न चाहन्छु, दुःखको अनुभवहरू

प्रप्तिको हरियाली साँझ।

तेरा सपनाहरू

शैशव खेतमा,

सुनका दानाहरू भई बर्सिन्छन्

फागुनले अविर बर्साएको बेला

फर्किएर उतै जान मन लाग्छ।

छोडेर आएका क्षणहरूमा

फेरि एकपल्ट जान रहर मनलाई लाग्छ।

आहा ! ती कति रम्य क्षणहरू

विष्मृतिका पर्दाले नढाकुन् जस्तो लाग्छ।

पूर्वोत्तर क्षेत्रीया भाषा केन्द्र, गुवाहाटी

(दस महिना गुवाहाटी स्थित पूर्वोत्तर क्षेत्रीय भाषा केन्द्रमा नेपाली भाषा सिकेर हरिप्रियाले यस्ता धेरै कविताहरू रचेकी छिन, उनको मातृभाषा असमीया हो)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।