मेरे घरको छानामा म एक्लो उभिन्छु
रातको नीरवतामा
भर्खरै जन्मिएका जीवनका मेरा कति विचारहरु
मैमाथि बामे सर्छन्|
अचानक मेरा आँखाहरु जूनसंग जम्काभेट गर्छन्
मेरा पूर्वजका चिहानहरुमा अनुग्रहपूर्वक खस्दै,
नश्वर अब कुहिसकेको हुन्छ|
यति कोमल र कमजोर जंगली फूल
तिनका आत्मा हुनसक्छ!
मेरोमा मेरी आमै अनि काकीका
मेरो मनपर्दो सेलरोटी पकाएको
केवल धमिला छायाँमात्र बाँकी छन् अब
मैले जे जति गर्नुथ्यो केवल इच्छामात्र थियो
अनि ती कुनै अवसर पर्खने होइनन्
जिन्दगी नापिन्दैन नापिन्दैन अपितु बाँचिन्छ|
नापिन्छ त केवल अवस्थितिमात्र|
दार्जिलिंग
(Translation of original 'Thoughts of Life' by Srijana subba of Nagari, Darjeeling
अनुवाद: भीम ठटाल)