17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नवलपरासीको कथाकारितामा इन्द्रेणी शर्माका कथाहरू एक विवेचना

कृति/समीक्षा सदानन्द अभागी April 27, 2013, 3:30 am
सदानन्द अभागी
सदानन्द अभागी

नेपाली साहित्यमा नवलपरासी जिल्लाको योगदानलाई केलाएर हेर्दा, महाकाव्य, खण्डकाव्य, कथासङ्ग्रह, कविता, उपन्यास, निवन्ध, गजल, क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ । साहित्यिक विधामा कथा पनि एक महत्वपूर्ण विधा हो तर कथा लेखनमा नवलपरासीको इतिहासलाई केलाउँदा त्यति पुरानो देखिदैन । २०५१ सालमा रामहरी अधिकारीले ‘ अपशोच’ लिएर कृतिकारको रूपमा देखा पर्नु भयो । पुनः २०५५ सालमा उहाँ ‘बाबुको चेला’मा देखा पर्नु भयो । कृष्णादेवी शर्मा श्रेष्ठको ‘घरभेटी भाउजू (२०५४)’ सदानन्द अभागीका ‘पश्चतापको आँसु(२०५८),‘परिवर्ततन कथासङ्ग्रह(२०६३)’, ‘भुटानी शरणार्थीको व्यथा कथा (२०६३)’, ‘बालुवाको घर (२०६९)’ बाबुराम लामिछानेको ‘ हार भन्दा पर(२०६०)’ पाखाको (२०६३)र इन्देणी शर्मा जलदका इन्देणी शर्माका कथाहरू (२०६३) कृतिको रूपमा हामीले अध्ययन गर्न पाएका छौं । कृतिकारमा देखा नपरे पनि कथा लेखनमा अग्रसरता देखाउने कथाकारहरूको संख्या पनि नवलपरासीमा कम छैनन् जस्तै दीपक सोती, भूपेन्द्र शर्मा गण्डर्षि, अस्मिता पौडेल, चेतनारायण भुसाल, श्याम न्यौपाने, कैरा ब. पुन, बालचन्द्र आचार्य, कृण्ड कँडेल, खुमलाल कँडेल, राजकुमार कालीकोटा, अशोक काफ्ले, सोम सुवेदी, हिमलाला चापागाई, हरिप्रसाद लम्पूm, मित्रबन्धु पौडेल, दीपक बराल, कमला गोधुली, सावित्री सापकोटा ‘सन्ध्या’ कोपिला शर्मा, शिवशंकर बस्याल, धनपति कोइराला, दिनेश शर्मा ‘लहर’ रमेश हरिलठ्ठक, इल्या भट्टराई, विष्णुप्रसाद लामिछाने सरोज उजाड, भगवती पाण्डे, राधा पाण्डे, आदिले नवलपरासीको कथाकारितामा आपूmलाई सहभागी बनाइ सुनमा सुगन्ध छरेका छन् ।

मोहन आचार्य जलदको सङ्क्षिप्त परिचय ः– मोहन शर्मा जलदको साहित्यिक नाम इन्द्रेणी शर्मा जलद हो । जलदजीको जन्म वि.सं. २०३३ साल अषाढ ९ गते बाग्लुङ्ग जिल्ला भान्सा बान्नापारि (लहरे पिपल) मा पिता तुलसीराम आचार्य र माता तीताकली आचार्यका पुत्ररत्नको रूपमा भएको थियो । हाल उहाँ पुर्र्तुगलमा बसेर नेपाली साहित्यमा आपूmलाई समर्पण गर्नु भएको छ । उहाँको साहित्यिक यात्रामा स्वदेश तथा विदेशका थुप्रै साहित्यिक र सामाजिक क्षेत्रमा आवद्धता देखिन्छ । शहीद विष्णुप्रसाद पाण्डे स्मृति प्रतिष्ठान, जनमत प्रकाशन वनेपा काभे्र, राइजिङ् स्टार सामुदायिक विकास प्रतिष्ठान, नवलपरासी साहित्य परिषद आदि साहित्यिक तथा सामाजिक क्षेत्रमा सहभागी भै योगदान पु¥याउँदै आउनु भएको छ । उहाँले साहित्यिक क्षेत्रमा योगदान पु¥याए वापत थुप्रै संस्थाबाट पुरस्कृत तथा सम्मानित पनि हुनु भएको छ र ऐतिहासिक जनआन्दोलन–२ मा आन्दोलनमा सकृय सहभागी भए वापत जनआन्दोलन परिचालन समिमति रामनगर द्वारा समेत सम्मानित भैसक्नु भएको छ ।

प्रकाशन कृतिहरू ः–निर्दयी रात कवितासङ्रग्रह र इन्दे्रणी शर्माका कथाहरू कृतिको रूपमा र फेसबुक तथा विभिन्न पत्रपत्रिकामा उहाँका गजल, कविता र कथाहरू प्रकाशित भएका र अध्ययन गर्न पाएका छौं ।

इन्दे्रणी शर्माका कथाहरू सङ्ग्रहको सङ्क्षिप्त विवेचना ः–

२२वटा पुष्पहारले यो कथासङ्ग्रह सृजित भएको छ । संरचनागतरूपमा यो कृति ७९पृष्ठको छ । नवलपरासी साहित्य परिषदले प्रकाशन गरेको यो कथासङ्ग्रहको मुल्य रु ५५÷– सहयोग संघ संस्थाको लागि भने रु १००÷– राखिएकोछ । यो कथासङ्ग्रह विविधताले भरिएको छ । यस कथा सङ्ग्रको बारेमा शुभेच्छाका दुई शब्द शीर्षकमा बरिष्ठ कथाकार कपिल लामिछाने लेख्नु हुन्छ– ‘मुख्यत यी कथाहरू प्रणयभाव, धोकापूर्ण यौनसम्बन्ध यौनजीवनका तमाम उकाली–ओरालीछन् । भने यिनमा मुलुकको लोकतान्त्रिककरणको किञ्चित छाप पनि परेको छ ।’ प्रकाशकीय शीर्षकमा विष्णु लामिछाने लेख्नुहुछ–‘ छोटा –छोटा र अत्यान्तै सरल भाषामा लेखिएका यस सङ्ग्रह भित्रका कथा प्रेरणा योग्य छन् ।’ माथी नै भनिसकिएको छ कि कथाहरू विविधताले भरिएका छन् । त्यसो हुँदा यो कथासङ्ग्रहलाई हामीले विभिन्न दृष्टिकोणमा विश्लेषण गर्न सकिन्छ । कथाकारले यस कथासङ्ग्रहमा यौन मनोविज्ञानको चित्रण गर्न सफल देखिनु भएको छ । यौेनसम्र्पकको कारणले गर्दा यहाँ धेरै मार्मिक घटनाहरू घटेका छन् । प्रेम सबैमा हुन्छ तर धोकापूर्ण भने हैन तर यी कथाहरूमा धोका छन्, प्रेमकै कारण मानिसले गर्नै नहुने जघन्य अपराध गरेको छ र जेल गएको छ , मृत्युवरण गरेको छ । भागीहाल पापी, आमा र चेतनको चित्कार, आत्महत्या, वास्तविकता के थियो, आखिर केहुने हो, जस्ता कथाहरुलाई हेर्दा पात्रहरूले मृत्युवरण गरेका छन् । समाजमा घट्ने घटनाहरूलाई कथाकारले छानी छानी टिपेका छन् र यर्थातामा ढाल्न खोजेका छन् । आजको संसारमा कसैसँग क्षणिक मोजमस्ति गर्नु र गर्भ धारण गराएर जीवनसँग खेलवाड गर्नु सामान्य जस्तो देखिन्छ जस्तै डायरी भित्र के छ यस्तै बलात्कारका घटनाहरू यस कथासङ्ग्रहमा हामीले पाउछौ । चेलीबेटी बेचविखनका घटनाहरू प्नि यस कथासङ्ग्रहमा पाइन्छन् । द्वन्द्वको मारमा देशका तमाम जनताले भोगेका पीडा, गोला बारुदको त्रासादि समाजमा पनि देखिने विसङ्गति र विकृतिले भरिएका घटनाले गर्दा कथालाई मार्मिक तुल्याएको छ । कथाकार आफै लोकतान्त्रिक आन्दोलनका संघर्षशील व्यक्तित्व भएको र जनआन्दोलनमा सकृयता देखाएकोले सम्मानित पनि भै सकेकाले उहाँका कथामा जनआन्दोलनको छाप नपर्ने कुरै भएन , त्यसोहुँदा उहाँको कथामा जनआन्दोलनको छाप प्रष्टरूपमा देख्न पाइन्छ । संविधान निर्माणको चाहना छ ।

नवलपरासीका कथाकारमा आफ्नो नाम दर्ता गराउन सफल देखिएका कथाकार मोहन आचार्य जलदले आफ्नो कथाकारिताको माध्यमबाट आपूmलाई एउटा यौनवादी र समाजवादी कथाकारको रूपमा उभ्याउने प्रयत्न गर्नु भएको छ किनकी उहाँका कथामा यौन–मनोविज्ञानको चित्रण छ । उहाँको कथामा प्रणय भाव, धोकापूर्ण यौन सम्बन्ध, यौनजीवनका तमाम उकाली ओराली, त्यसबाट समाजमा पर्ने सकरात्मक र नकरात्मक असर, त्यसबाट समाजमा भित्रिने विक्रिति विसङ्गति आदि विविधतालाई समेट्ने प्रयास भएको छ । यहाँ नेपाली समाजमा विद्यामान सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताको चित्रण छ, जीवन भोगाईका चित्रणहरू, पात्र चयनमा समाजको निश्चित बर्गको प्रतिनिधित्व गराउन सफल, कहीं गीत, कतै उखानटुक्का कतै दार्शनिक अभिव्याक्तिले सजाइएकाछन् कथाहरू । सहर र गाउँले परिवेशमा निर्मित यो कथासङ्ग्रहले असल समाज निर्माको धारणा राखेको पाइन्छ । कथामा कमी कमजोडी पनि छन् र कथाकारले यसमा परिमार्जन गर्दै जानु आवश्यक छ । कथाकार यथार्थवादी हुँदाहुँदै पनि कल्पनामा रमाउन खोजेजस्तो भान हुन्छ । अतः पुनः कथाको सङ्ग्रह पढ्न पाउने आशाराख्दै, सफल कथाकरिताको लागि धन्यवाद दिंदै विदा चाहान्छु ।

२०७०, वैशाख–६, रामनवमी

सन्दर्भ सूची

सोमनाथ सुवेदीको नवलपरासी जिल्लाका पुस्तककार कथाकृतिहरूको अध्ययन सोधपत्र(२०६५–२०६६)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।