17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

किम्बुको बोट र कलिली केटी

कविता भीम ठटाल May 4, 2013, 5:05 pm

एउटी कलिली केटी

गाउँको सकूलमुनिको किम्बुका कलिला फलहरु

ताङ्गले हानेर झार्दैछे |

कलिली केटी स्कुलको मुन्तिर किम्बुको फेदमा

दिनदिनै हुर्किन्छे|

अनि कुनै अडिन टी.भी.-मा र खबरकागजमा

हेडलाइन हुनसक्छे|

हुर्कंदै किसोरी भएर

रहरको पखेटा फैलाएर समुद्रको आकाशतिर उड्दा-उड्दै

लत्रक्क पखेटा गलेर

कुनै भयावह दहमा झर्न पनि सक्छे|

तर मलाई भने यी सब केहि होइन अपितु

कुनै दिन येही बाटो हुँदै कतै जाँदैगर्दा

ठूलो स्कूलको छेउको

भरीलो किम्बुको बोटबाट

उन्मत् एउटी युवतीले

हातको बाउला अनि छात्तीको चुन्नी मिलाउँदै

पोटिला औंलाहरुले

किम्बुका पाकेका फलहरु

टिपेको हेर्नुछ|

सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।