म जहाँ जान्छु
एउटा सुन्दर तस्बिर मेरो आँखामा
जीबन भर म संगै हिडिरहन्छ |
जीबनमा पहिलो चोटी
यस लोकमा देखेको त्यो मुहार
जिबन भर स्नेह र मायाको
सामिप्यता प्राप्त गरेको त्यो काख
म कहिले पनि भुल्न सक्दिन
आमा तिमीले
मेरा खुशीका लागी गरेका हर प्रयत्नहरु |
म सम्झन्छु
सानो छंदा काख दिएर
युवामा साथ दिएर
वयस्कमा आदेश दियेर
मेरो हर खुशीमा साथ दिइरहने
तिमि मेरी जननी
ममताकी खानी
खै म कसरि चुकाउँ तिम्रा ति गुनको बदला |
कल्पन्छु,
आकाश भन्दा माथि माथि रहेर
जुन तारा बनेर
बादल भित्र लुकेर
कहिले
संगै संगै छायाँ बनेर
मेरो सुख दुखमा
अहिले पनि तिमी
नियाली रहेका छौ
संधै संधै |
मेरी माता
जब म देख्छु
तिम्रो सुन्य उपश्थिति
अनि म झस्कन्छु
सार्है पीडाबोध हुन्छ
सत्यता स्वीकार्नकोलागी
तब म सोच्छु
अभाब र पिडामा रुन अब म कहाँ जाउँ |
पिर र व्यथा सुनाउन अब म कहाँ जाउँ
तिम्रो रिक्तताको
तिम्रो अभावको
पल पल खट्किरहन्छ
तिम्रो अनुपस्थितिको सुन्यपन
झन् झन् बढिरहन्छ |
आमा
तिम्रो समर्पणको
तिम्रो त्याग र तपस्याको
तिम्रो उदारता र शालीनताको
मुल्य चुकाउन त सकिन्न
यो जन्ममा
तैपनि म प्रण गर्छु
छर्नेछु सुवास सुगन्धको
तिम्रो नामको
तिम्रो कामको
यस जगत भरी
अनि आमा तिमि
बन्नेछौ अमर
यस ब्रहमाण्ड भरी
युग युगसम्म |
भर्जिनिया, अमेरिका