खै छोपेर कति हिडौ
यी आँखाहरु
दृश्य बारम्बार दोहोरिरहन्छ
संघर्षशिल जीवनका यी गोरेटाहरु
बिचमा कतै अल्मलिएर हराईरहन्छ |
भ्रम पालेर मन भित्र
बिराट सागर बनेर फैलिरहन्छ
सत्य लुक्दैन भन्थे सानो छंदा
छलकपट टिक्दैन भन्थे ठुला बडा
तर अब त
लुकाचारी, दुराचारी अनि पापाचारी
झ्याँगीयेर आकाश ढाकिरहेछ
बादल फाटेर भेलले
फोहर फ्यालिने आशमा
भेल र पैर्हो संगै
आफै बग्दैगैरहेछ |
अहिंसा परोमोधर्म जप्ने हामी
हत्या, बारुद र गोलाहरू
जताततै पड्किरहेछ
दिनमा प्रष्टिएका भ्रष्टाचारी
आज निष्कलंक बनिरहेछ
झुठ,बेईमान र षड्यन्त्रकारी
आफ्नो सत्ता जमाईरहेछ |
देख्दा देख्दा अपच दृश्य
आँखा थाकिसके अब
परिबर्तनका यी आवाज
सुक्दै गैसके अब
गाउँमा मुखिया छन् छैनन्
भए पनि भागबन्डामै
व्यस्त भैरहेछन अब |
उफ् भ्रन्तिको पहाडले
उचाई नाघिरहेछ
दिग्भ्रमित बाटा किनारा लागिरहेछन
चौबाटो थुनिएर
सम्पूर्ण श्रोत बन्द भैरहेछन
अब के नै पो बाँकी रह्यो र
नौलो कुरा कसले पो दियो र
अनि परिबर्तन के नै पो भयो र ?
फगत भाषण, आस्वासन, चुनाब
धर्ना, अनसन, बन्द अनि फेरी बन्द
आखिर उही पुरानै कुरा
समय त परिबर्तनशिल छ भन्थे
सुख दुख जिबनको दुइ पाटो
म यसै सुन्थे
सकुनिको पाशाले यहाँ कहिल्यै हार्न मानेन
बिर अर्जुन शायद यहाँ जन्मदै जन्मेनन
त्यसैले हामी चुप चाप सुतिरहेछौँ |
भर्जिनिया, अमेरिका