घामको किरण यत्ति साह्रो,किन चढेको होला !!
दु:खको संसार प्रतिदिन, किन बढेको होला !!
अधिकार दिलाउन, खोस्रा नारा बाढ्नेहरू
जनताको हार हुनेभए, किन लडेको होला !!
स्वार्थको लागि, आपसमा सहमति जप्दै
लुछाचुडी गर्दै कुवुद्धिले, किन सढेको होला !!
परिश्रम र मिहनेतले, अत्मनिर्भर हुदा पनि
बैदेशिक हस्तक्षेपमा देश,किन अडेको होला !!
भाग्यमानी कहलिने मान्छेहरु, प्रसस्तै छन्
स्वत: उतिर्ण भैदिनेभए, किन पढेको होला !!
दमौली, तनहुँ