दिउँसो सुत्छ राति उठ्छ, कस्तो काठमाडौं !
आफ्नै आँखाअघि लुट्छ, कस्तो काठमाडौं !
ढुकिरहन्छ सिकार, आखिर फेला पारिछाड्छ
सिनो लुछेजस्तै लुछ्छ, कस्तो काठमाडौं !
सेतोलाई कालो अनि, कालो–सेतो बनाउँदै
भुट्नुसम्म दिमाग भुट्छ, कस्तो काठमाडौं !
मान्छेभन्दा फरक बाँच्न भई जानिएन भने
इमान–इज्जत सबै धुत्छ, कस्तो काठमाडौं !
इलाम, हाल: काठमाडौं ।