19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

निदाइरहेको पाइला

कविता मन्जुल June 29, 2013, 8:12 am

म घेरिएको छु– हत्या, हिंसा र पीडाले

रोदन र आर्तनादले

गुनासा र छटपटीले

यन्त्रणाले पोलिरहेछ छातीको मध्यभाग

र उठिरहेछ यातनाको पीरो धुँवा

तर, मेरो कविताले

लाग्छ, केही गर्न सक्दैन

तर, यो पाइला उठ्यो भने

यसले दह्रो गरी टेक्यो भने

सक्छ सल्किरहेको डढेलो निभाउन

सक्छ सुक्दै गएका दूबोहरूलाई हरियो बनाउन

सक्छ तिर्खाएकी चरीको प्यास मेटाउन

हिंसाका लागि बाहिर निस्केका सबै खुकुरीहरूलाई, सबै तरबारहरूलाई

सक्छ यसले फर्काउन फेरि दापहरूमा

सक्छ यसले आमाको आ“सु पुछ्न– सबभन्दा सुखद् कुरा

यसैलाई टेकेर

शून्यबाट हामी यहा“सम्म आयौ“

र पुग्नेछौ“ अझ अनन्तमा

महान यात्राका लागि

हामी सधै“ योसँग आभारी छौ“, हुनेछौ“

मलाई लाग्यो

यसैलाई शीर्षक बनाएर

म शून्यलाई कविता बनाऊँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।