19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल ऋषि बस्ताकोटी June 29, 2013, 8:32 am

बगें कति पानी पानी, बल्ल एउटा आकार भयो,

छुटे सयौं सपना तर, आज एउटा साकार भयो ।

बक्र-रेखा जिन्दगीको, फेद न टुप्पो भई जिउँदा,

लाग्यो संधै लागिरह्यो, यो जिन्दागी बेकार भयो ।

बादल फाट्यो, औंसी गयो, डाँडामाथि जून चियायो,

जूनसंगै धुन बज्यो, मनभित्र यो झन्कार भयो ।

खडेरीमा सुक्या' रुख, ओस भेटे त पलाइहाल्छ,

सुसुप्तमा नसम्झनु, जिउनु यहाँ के सार भयो ।

बगें कति पानी पानी, बल्ल एउटा आकार भयो,

छुटे सयौं सपना तर, आज एउटा साकार भयो ।

क्याल्गरी, क्यानडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।