18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डी. आर शर्माको ‘पहाडको झर्ना’ गजलसङ्ग्रह नियाल्दा

कृति/समीक्षा सदानन्द अभागी July 7, 2013, 2:15 am
सदानन्द अभागी
सदानन्द अभागी

आरथर डाँडाखर्क –९ काउले पर्वतमा, पिता भवानीप्रसाद शर्मा र माता रञ्जतादेवी शर्माका सुपुत्र डी. आर. शर्मा (प्रचलित नाम डिल्लिराम शर्मा) को जन्म २०२३÷१०÷१९मा भएको थियो । डी आर शर्माको पहाडको झर्ना पहिलो कृति २०६७÷७÷१५मा सायद उहाँसँग कुश्मा पर्वतमा भेट भएको बेला मेरो हातमा परेको थियो । पढ्ने काम त तत्कालै भएकोृ थियो तर यसमा विवेचना गर्ने काम भने आज मात्रै थालनी गरेको छु, । डी आर शर्माले साहित्यकार इन्द्रकुमार विकल्पलाई साहित्यिक गुरू मानेर साहित्यको थालनी गर्दै, पर्वत, बाग्लुङ्ग र कास्कीका साहित्यकारहरूको साहित्यिक गतिविधिमा प्रभावित भएर आठ महिनामै यो कृति पर्वत साहित्य संगमबाट प्रकाशन गर्न सफल हुनु भएकोमा, उहाँ धन्यवादको पात्र हुनुहुन्छ ।

पर्वत जिल्ला साहित्य लेखनमा अग्रणीरूपमा अग्रसरता देखाउँदै, साहित्यिक भावनाहरू बगाउँदै साहित्यकार र जिल्लालाई चिनाउँदै अगाडी बढीरहेको छ । यसक्रममा डी. आर. शर्माको यो प्रकाशनले पर्वतको साहित्यिक विकाशमा एउटा इटा थप्न सफल भएको छ । डी आर. शर्माको पर्वत साहित्य संगम कुश्मा, पर्वत, संरक्षण कविता आन्दोलन नेपाल लगायतका विभिन्न साहित्यिक संस्थाहरूमा आवद्ध हुनुहुन्छ । उहाँले निवृत्त शिक्षक समाज पर्वत द्वारा आयोजित कविता प्रतियोगिता २०६६मा प्रथम पुरस्कार प्राप्त गर्नु भएको र साथै चेतना युवा क्लव पकुवाद्वारा आयोजित कविता प्रतियोगिता(२०६६मा प्रथम पुरस्कार प्राप्त गर्नु भएको छ (यस पुस्तक प्रकाश पछिका पुरस्कार अभिनन्दन समावेश गरिएको छैन) ।

विभिन्न साहित्यकारको नजरमा डी आर शर्मा

डी आर शर्माका व्यक्तित्व र कृतित्वप्रति, केही साहित्यकारले पोखेका धारणाहरू यस प्रकार छ न्

सरुभक्तले डी.आर शर्माको बारेमा लेख्नुहुन्छ –

‘डी. आर. शर्मा पर्वतका प्रतिभा सम्पन्न कवि एवं गजलकार हुन् । उनका रचनामा जीवनको गति र माटोको गन्ध भेट्न सकिन्छ । नेपाली साहित्यमा गजलले व्याप्ती पाएको अहिलेको समयमा उनका यी गजलहरूले जनताहरूको मन स्पर्श गर्न सक्ने छन् भन्ने मलाई आशा छ ।’

इन्द्रकुमार विकल्पले डी. आर.शर्माको बारेमा लेख्नुहुन्छ–

‘मेरा आत्मीय मित्र एवं गजलकार डी.आर.शमा नेपाली साहित्याकाशमा प्रतिभावान व्यक्तित्व हुन् आफ्ना व्यस्त समयबाबजुद पनि साहित्य सिर्जनामा समर्पित रहेर यसपटक आफ्ना गजलसङ्ग्रह पाठक समक्ष प्रस्तुत गरेका छन् । उनका गजलहरूले नेपाली गजलका इतिहासमा थप योगदान पु¥याउने छ भन्ने विश्वास लिएको छु ।

डा. घनश्याम परिश्रमीको नजरमा

‘गजलको सौन्दर्यता मूलत कला र कोमलतामा अन्तर निहित हुन्छ । यस दिशामा गजलकार अन्तर निर्हित देखिन्छन् ।’

बास्तवमा मैले लेख्ने गरेको छु साहित्य समाजको दर्पण हो । समाजको यथार्थ चित्रणमा डी आर शर्माले आफ्ना अमूल्य अभिव्यक्तिबाट प्रतिबिम्ब छर्न सफल देखिनु भएको छ । उहाँको गजलका हरेक शेरले यही सन्देश दिएको छ ।

गजलसङ्ग्रहको संरचना

गजल(१४+९१)=१०५ पृष्ठको छ । यसमा ९१वटा गजलरूपी पूmलका थुँगाहरूले शृङ्गारित छ गजलसङ्ग्रह । आज गजलले व्यापकता पाएको छ र हिजोको जस्तो गजल शृङ्गाररस र प्रेममा अल्झेको छैन गजल । आज गजलले विविधता ओगटेको छ । यस सङ्ग्रहमा पनि विविधता पाइन्छ तर प्रेमप्रणय भावको कमी भने छैन । प्रेमका पनि विविधरूप छन् – प्रेममा मिलनको चाहना, विछोडका धारणा, प्रेमबाट अलगिन नपरोस् भन्ने कामना, प्रणयको दीगो पनाको लागि याचना, प्रेममा धोकापूर्ण परिणति नव्यहोर्न परोस् भन्ने भावनाले सजिएका छन् गजलका शेरहरू । बास्तवमा प्रेम यस्तो चिज हो जो देखाएर देखिदैन, मेटाएर मेटिदैन, खोजी गर्दा भेटिदैन , कसैले रोक्न खोजे रोकिदैन । प्रेमका विविधरूप रङ्गले सजिएका छन् शर्माजीका गजलहरू ।

राष्ट्र राष्ट्रियता र विविधतामा सजिएका गजलहरू

नेपालको इतिहासलाई केलायो भने र त्यसवेलाका घटित घटनाहरूलाई मनन् चिन्तन ग¥यो भने नेपालले निकै कालक्रमिक घटनाहरू बोकेर अघि बढेको छ । देशले राणा शासन, प्रजातन्त्र, पञ्चायत पुन लोकतन्त्र हुँदै देश गणतन्त्रमा पुग्यो । परिवर्तनले देश र जनताका आशा आकाङ्क्षा चाहना भावना, अनुशासन, विकासको जुन मार्ग अपनाउनु पर्ने थियो विकासको मार्ग पहिल्याउन सकेन बरु महगाइ, भष्ट्रचार, असुरक्षा, बन्द हडतालले स्थान लियो र जनतालाई राहत दिनको साटो, आहत पु¥यायो । यी यथार्थ परक घटना क्रममा गजलकार सचेत देखिन्छन् र आफ्ना गजलमा बुलन्द आवाज निकालेका छन् । यस बीचमा क्षिमेकी देशहरूले गरेका सन्धि सम्झौताप्रति गजलकार आक्रोशित देखिन्छन् र गजलकारले कोशी, गण्डकी, महाकाली जस्ता सन्धि सम्झौताप्रति नेता चुकेको ठान्नु र असहमति जनाउनु, राष्ट्र, राष्ट्रियता र स्वाभिमानका कुरा उठाउनु, देशमा परिबर्तन भए पनि परिवर्तनका आभास जनताले नपाएका धारणा पोख्नु नेपाल प्राकृतिक सौन्दर्यको खानी, जसबाट हुने डलरको आम्दानी, मन्दिर मस्जिद, गुम्बाको पवित्रताको खानी, कला संस्कृति संरक्षण सम्वर्धनप्रतिको मनन् चिन्तन्, शान्तिको चाहना, गासवास कपासको न्यूनतम् आवश्यक्ताको परिपूर्ति हुनुपर्ने धारणा, जीवनको ओराली उकाली, विश्वासघात, जातिय भेदभाव, बर्गद्वन्द्व, सकरात्मक सोचाइमा सकरात्मक उपलब्धी, नकरात्मक सोचाइमा नकरात्मक उपलब्धी, मानवले मानवमा दमन गर्ने प्रवृति, विवशता, नेपाली पनमा ह्रास, कहिं जुसका कुरा, कहीं तुसका कुरा, कहीं भुसका कुरा त कर्ही त्यही भुसमा सल्केको आगोको कुरा, कहीं वेरोजगारका कुरा, कहीं पसिनाले मूल्य नपाएका कुरा, चोरीहत्या गुटबन्दी, स्वार्थपूर्ति, समनताको धारणा, जीवनदर्शन, जागरुक्ता, नयाँ नेपालको धारणा, सन्धीयताका कुरा, देशको अखण्डताचाहना, वीरपुर्खाले आर्जेको सीमा रेखाको खोजी, कुर्सीको लडाइँ, आदि आदि थुप्रै घटनाक्रमहरूलाई गजलकारले उठाएका छन् र चारैतिर उज्यालोको खोजीमा, विकासको खोजीमा, शान्तिको खोजीमा, चाडपर्वको मूल्यमान्यतामा सहिदको रगतको मूल्यको खोजीमा, जीवनको पूर्णतामा नारीपुरुषको समान सहभागिताको आवश्यक्तामा आमाको ममतामा गजलकारको खोजी छ । भावनाहरूले भरिएका छन् गजलका शेरहरू । शर्माजीका गजलका शेरहरू रोचकता, घोचकता, शालिनता, कोमलता, लययुक्तता, भावुकता, विम्व प्रतिकले सजिएका भाषिक सरलता आदि आदि यथार्थताको कसौटीमा सजिएका पाइन्छन् । प्रथम कृति भए पनि गजलसङ्ग्रह पठनीय छ अनुकरणीय छ । सवल गजलकारीताको लागि शर्माजी धन्यवादको पात्र हुनुहुन्छ । शर्माजीको पुनः अर्को गजलसङ्ग्रह पढ्न पाइयोस् र लेखनमार्ग फराकिलो बन्दै जावोस् भन्दै विदा चाहान्छु ।

शान्तिचोक, कावासोती, नवलपरासी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।