18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यात्रा

कविता राकेश कार्की March 10, 2008, 1:08 am
राकेश कार्की
राकेश कार्की

माथि आकाशमा हवाईजहाज
घननन जमीन थर्काउँछ
तल डाँडोमा भरिया दाई
नेपाल अरब चिटचिट पसिना चुहाउँछ
 
हत्केलाले घाम छेल्दै             
भरिया दाई सुस्ताउँछ
आम्मै कस्तरी कुदेको
भन्दै माथि चियाउँछ
 
गाउँका साना भाराभुरे
चिलगढी भन्दै कराउँछन्
चकमक झिकी भरिया दाई
ठूटो बिडी सल्काउँछन्
 
हवाईजहाजको यात्रा हो
देशबिदेश डुल्नु छ
भरिया दाईको यात्राले
नून तेल खेप्नु छ
 
यि दुईको यात्रा माथि
आकाश पाताल फरक छ
आखिर दुबैको यात्रा हो
कहि न कहि पुग्नु छ ।।
 
लस एन्जेलस्
 

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।