18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

क्यालेण्डर फेरिंदैमा

कविता नारायण तिवारी July 14, 2013, 9:57 pm

क्यालेण्डर फेरिंदैमा

अमुक/अमुक कुराहरू पनि

फेरिने भए पो !

के छ र नयाँ....

उही जबर्जस्ती थिचथाच पारिएको

पुरानो खपडाको छानोको पुरानो थोत्रे घर

उही, खानसमेत दिएनन् भनेर मुख बाउने

पुरानै हजूरआमा बूढी

उही, माता– पिताको सदाको गनगन

छोराले फुर्सद दिनुपर्ने ..... !

मेरो असमर्थ आ“खा पत्नी पढ्छे

ऊ चाहिं मलाई चिन्ता नबोकाउन

चुपचाप आ“सु पिउ“छे अझै पनि

यो वर्षको क्यालेण्डर थोत्रिएर फेरिंदा पनि.....

क्यालेण्डर फेरिंदैमा

बहुलाहा समाजका कुराहरू पनि

फेरिने भए पो !

के छ र नया“....

आजकाल जुलुसमा हिंड्नुहुन्न भनेर

सिकाउ“छन् मातापिताहरू

उत्सर्गप्रतिको कुनै हौसला छैन

जसले बढी से बढी कमाएको छ

उसकै गुन गाउ“छन् मातापिताहरू

कमाउन नसकेका छोराप्रति

उदासिनता, विरक्ति...

खै ! इमान नबेचेर हाड खियाएको श्रमको मूल्य !

खै फेरिएको नेपाली छोराको जिन्दगी !!

उफ् ! विरसिलो समय, घण्टा र दिनहरू

क्रमशः हुत्तिरहेछ

भावनालाई चलाइदिएझैं

यो समय झन् कालो खील भएर

गाडिने भयो

नव वर्षमा कुनै रमाइलो

अनुभूति चल्मलाउने छैन

ढुक्कै छु–

क्यालण्डेर फेरिंदैमा जिन्दगी फेरिने छैन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।