19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फूल, कविता र म

कविता दुर्गालाल श्रेष्ठ July 14, 2013, 2:02 pm

फूल हेर्दै गर्दा कैले

कस्तो-कस्तो हुन्छ,

कता-कता भित्र मलाई

कविताले छुन्छ !

पातमाथि पात न हो

के छ उसको तन,

त्यसैले नै कसो-कसो

के के हुन्छ मन !

हावा देख्यो कि त काम्यो

कति कमजोर,

तर त्यसको कम्पनले

पर्छ मलाई तोड !

यस्तो किन हुन्छ अरे

मलाई थाहा छैन,

कस्तो हुन्छ त्यो कविता

कैल्यै देख्या हैन !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।