19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जनकवि चिनाउने पुस्तक

कृति/समीक्षा तेजप्रसाद वाग्ले July 14, 2013, 2:33 pm

वस्ती सुन्दर त्यो राईपुर तनहुँ सानो झुपडी घर,

मनरूपा श्रीमती हरिलाल बबुरो पोख्रेल उनको थर

पुत्रका रूपमा थपियो नवजात भयो थामिने कुल

एउटा फूल मालिका बीचमा उनी थिए गोकुल

प्रस्तुत कविताको अंश साहित्यकार एवम् ज्येष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य दधिराज सुवेदीले जनकवि गोकुल जोशीलाई चिनाउने हेतुले लेख्नुभएको हो । नेपाली साहित्यका आदिकवि भानुभक्तलाई जन्माउने तनहु“ले जनताका कवि गोकुल जोश—ीलाई पनि जन्माएको थियो भन्ने कुरा सम्झाउनका लागि यस्ता पङ्क्तिहरू कामयावी हुने गर्दछन् । तनहु“को विकट राईपुरमा विक्रम् संवत् १९८७ जेठ ८ गते जन्मेका गोेकुल जोशीले नेपालीहरूको दुःख कष्ट र परिश्रमको कथा र परिवर्तनको आवाजलाई कविता र गीतका माध्यमबाट आवाज दिने काम गरेका थिए, जसका कारण आजसम्म मानिसहरू सम्मानका साथ उनलाई सम्झिने गर्दछन् ।

गरिबी र अभावले बाल्यकालमै विदेशिन बाध्य जोशीले भारतमा रहेर भारी बोक्ने, जुठा भा“डा माझ्ने र सेनाको पिउन जस्ता जागिर खाए, तर त्यहा“को विभेद, अन्याय, अत्याचार र शोषण उनलाई मन परेन । र, उनमा सामन्त र शोषकहरूले खोसेको गरिब र सर्वहाराको अधिकार प्राप्तिका लागि लड्नुपर्छ भन्ने चेतना जागृत भयो । घरको कमजोर आर्थिक अवस्थालाई बेवास्ता गर्दै र व्यक्तिगत जीवनलाई तिलाञ्जली दि“दै देशका विभिन्न ठाउ“मा पुगेर देश र जनताको पीरमर्का, व्यथा, वेदना, पीडा र मुक्तिका गीत र कविताहरू सुनाउँदै हिँडे ।

भोकभोकै मर्न लागे कवि कलाकार,

तड्पाएर नमारिद्यौ झुन्ड्याएरै मार

कवि गोकुल जोशीको चर्चित कविता हो । उनको यस कवितामा सिर्जनाकर्मीहरूलाई शोषक सामन्तद्वारा हेपिएर बा“च्नुभन्दा उनीहरूविरुद्ध सङ्घर्ष गरेर बलिदानी दिन आग्रह गरिएको छ । आम जनतालाई सामन्तविरुद्ध उतार्नका लागि पनि उनका कविताले महŒवपूर्ण भूमिका खेलेका थिए । नेपाली साहित्यमा आफ्नो अलग्गै स्थान बनाएका जोशीको ३१ वर्षको अल्पायुमै निधन भयो ।

पछिल्लो समयमा जन्मस्थान तनहु“मा उनको सम्मानमा विभिन्न कार्यक्रमहरू भएका छन् । उनको नाममा पाटी, पौवा, मोटरबाटो, स्कुल, प्रतिष्ठान बनेका छन् । तिनै क्रान्तिकारी कविको ८३औ“ जन्मदिनको अवसरमा यसै हप्ता तनहु“मा प्रगतिवादी साहित्यकारहरूको जमघट भयो । सोही अवसरमा प्रगतिशील लेखक सङ्घ तनहु“ले जनकवि गोकुल जोशी विशेषाङ्क प्रगतिपथ प्रकाशन गरेको छ । सामन्तवाद र साम्राज्यवादका विरुद्ध जोडदार आवाज उठाउने जनकवि जोशीको व्यक्तित्व र कृतित्वको जानकारी गराउने उद्देश्यले यो पुस्तक प्रकाशन गरिएको हो । ८५ जना कवि साहित्यकारहरूको रचना समावेश गरिएको पुस्तकमा अघिल्लो भागमा जनकवि गोकुलसम्बन्धी लेख रचना समावेश छन् भने त्यसपछि कविता र अन्य विधा समावेश गरिएको छ ।

उनका बारेमा लेखिएका रचनामा उनले गरेका दुःख, जनतालाई ब्यू“झाउन उनले गरेका सङ्घर्ष र उनले गरेका सिर्जनाका बारेमा चर्चा गरिएको छ । एउटा निम्नवर्गीय परिवारमा जन्मेर सङ्घर्ष गर्दै जनसाहित्य साधनामा लागेका जनकवि जोशीको योगदानको कदर गरिएको छ ।

प्रगतिवादी साहित्यमा रुचि राख्नेहरू र जनकवि गोकुलका बारेमा जान्न बुझ्न इच्छुक पाठकका लागि यो प्रस्तक सङ्ग्रहयोग्य छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।