किन वनाउने मन चाहिं कालो यहाँ
दुःख्छ नि घाउ वनेर आलो यहाँ
समयको वर्वाद गरिन्छ कति कति
वढी क्षण वित्छ यहाँ कुरेर पालो यहाँ
धुजा धुजा वन्छ कि फाटेर मन पनि
कहाँ छ त्यो प्वाल टाल्ने टालो यहाँ
सोंचेर वस्दैछ रेशम पनि अचेल
खोई कसरी भर्ने दिलको डालो यहाँ
पो व. नं. १३९०२, काठमाडौं