विषय प्रवेश
साहित्यका विभिन्न विधाहरुमध्ये कवितालाई एउटा सवृद्ध र प्रभावशाली र महत्वपुर्ण विधाका रुपमा लिइन्छ । कविताका विषयमा जति बुभ्mन खोज्यो त्यतिनै गहन हुँदै जान्छ । कविताको स्वरुप निर्धारण गर्नमा नै विभिन्न विद्वान समालोचकहरुले धेरैनै पुस्तकहरु तयार पारेका छन् भने कविताको विश्लेषण गर्ने अभियानमा कवितालाई परम्परावादी, आधुनिकवादी, अत्याधुनिक, संरचनावादी, भाषावादी, वस्तुवादी आदि विभिन्न वादका माध्यमबाट विश्लेषण गर्ने प्रयासहरु पनि हुँदै आएका छन् । डा. खगेन्द्र लुईटेलले कविताको संरचनात्मक विश्लेषणमा विद्यावारिधी समेत गरेका छन् । उनले कविता सिद्धान्तको प्रस्तुति गर्दै उक्त सिद्धान्तका आधारमा कविताको वर्गीकरण गर्दै प्रगीतात्मक कविता –गीत, गजल, हाईकु, मुक्तकसहीत फुटकर कविता, आख्यानात्मक कविता – खण्डकाव्य, महाकाव्य जस्तो लामो कविता र नाटकीय कविता – कवितात्मक नाटक आदि तीन वर्गमा विश्लेषण गरेका छन् ।
हुन त कवितालाई छन्दयुक्त र छन्दमुक्त गरी मोटामोटी सजिलो तरिकाबाट दुई वर्गमा विभाजन गरेको पनि देखिन्छ भने काव्यात्मक गुणका आधारमा पद्यात्मक कविता र गद्यात्मक कविता भनेर पनि वर्गीकरण गरिएको पाइन्छ । वास्तवमा कविताको वर्गीकरण भाषाका प्रयोक्ताका आधारमा पूर्व र पश्चिम दुवैतिर लामा–छोटा र लययुक्त (छन्दानुरुप) – लयमुक्त (छन्दहीन) का आधारमा गरिएको देखिन्छ । कविताको परिभाषाको अध्ययन गर्ने हो भने विश्वका चर्चित कविहरुले आप्mनो अनुभव र अनुभूतिका आधारमा परिभाषित गरेको पाइन्छ भने सबै कविले कविताको परिभाषा आप्mनै सिर्जनाका आधारमा गर्दै गएका छन् । मलाई कवि पारसमणि प्रधानको परिभाषाले सधै छुने गरेकोले यहाँ पनि उद्धित गर्ने दृष्टान्त गर्दै छु ः
कवि कविता होस्, कविता कवि होस्
कविता तब पो हुन्छ ।
शब्द थुपारीकन के हुन्छ ?
भाव भए पो हुन्छ
कविता श्रुति परम्पराबाट शुरुभएर आज काव्यका विभिन्न रुपमा देखापरेको छ । वेद, पुराण, ओडिसी, यास्ना सबै कविताका प्रचीन स्वरुपहरु श्रुति परम्पराकै अविस्कार हुन् । त्यसपछि होमर, मिल्टन, वेदव्यास, गोथे, किट्सबाट लिएर शेक्सपीयर, गालिब, कालिदास जस्ता काव्यकारहरुले कवितामा आआप्mना प्रयोगहरु प्रस्तुत गर्न थाले । अनि साहित्यका अन्य विधाहरुले जन्मने अवसर पाउँदै गयो । आज कविता लेख्नेहरुको संख्या साहित्यका अरु विधामा कलम चलाउनेहरु भन्दा तेब्बर र चौबर रहेको छ । प्रत्येक दिन दैनिकीका हिसाबले सामाजिक सञ्जालमा कविता लेख्नेहरुका संख्या पनि कम छैनन् । कविताको परिभाषा नबुझीकन कविता लेख्नेहरुको एउटा जमात छन् भने कविताको वास्तविकता बुझेर कविता लेख्नेहरुको अर्को जमात रहेका छन् । दुई पंक्रीदेखि असिमित पंक्रीसम्ममा कविता लेखिन्छन् । कविको विचारनै कवितामा मुखारित भएर आउँछ । कविले नै समाजका विकृति, विसङ्गति, विनास र स्वार्थ तथा स्वार्थी परम्परा र प्रवृतिलाई देख्न सक्ने चक्षु राखेको हुन्छ । जसलाई उसले आप्mना काव्यात्मक सिर्जनामा अभिव्यक्त गरेर समाजलाई खबरदारी गराउने काम गरी रहेको हुन्छ । यही कविता विधामा कलिलो उमेरदेखि नै शब्दहरुमा ताते ताते गर्दै कवितालाई आप्mनो सिर्जनाको माध्यम बनाउँदै अहिलेसम्म दुईवटा कविता संग्रह नेपाली साहित्यको ढुकुटीमा अर्पण गरीसक्नुभएकी विदेशमा बसेर नेपाली साहित्यको बगैंचामा कविताको शब्दहरु गोड्दै आउनु भएकी नारी शसक्त हस्ताक्षरका रुपमा परिचित दीप्स शाहको काव्यात्मक सिर्जनामाथि कलम चलाउन मन लागेकोले यो लेख तयारपरिएको हो ।
सिकायतमाथिको अनुसन्धान
केही साताअघि (फरवरी २२, २०१३) एउटा सामाजिक संजालको विद्युतीय साहित्य पत्रिकामा आजको मितिमा नेपाली कविताको धरातलमा देखापर्नु भएकी सशक्त हस्ताक्षर दीप्स शाहको कविताका हेरी पंक्तीहरु पढ्ने मौका पाएको थिए । दीप्ससँग प्रत्यक्ष भेटघाट र अप्रत्यक्ष कुराकानी नभए तापनि सामाजिक संजालका माध्यमबाट उनको काव्यात्मक अभिव्यक्तीहरु पढ्ने मौका पाईनै रहेको थिए । उनका अभिव्यक्तीले ममाथि काव्यात्मक प्रभाव पार्दै गएको थियो । यस्तै परिप्रेक्ष्यमा उनको सिकायत भन्ने कविताको निम्नलिखित पंक्तीहरु पढे मौका पाएको थिए ः
दियालो किन सल्काउदैनौ ?
उज्यालो युगमा
अन्धकार मगज बोकेको मान्छे तिमी !
खोपडीको अँध्यारोले आँखाको ज्योति ढाकिरहेछ
तिमी देख्नै सक्दैनौ
फगत चार हरफले आजको समाजमा विद्यमान आप्mनो मात्र स्वार्थ हेर्न रुचाउने मानवीय प्रवृतिको चित्रण गरेको यो पंक्तीले पुरै कविता पढ्ने रहर जगाई दिएको थियो । पछि यो कविता पुरै पढ्ने ईच्छा जागेपछि वहाँसँग सम्पर्क गरेर पुरै कविता पढ्ने मौका पाए । कविता पढेपछि उनको विषयमा केही अध्ययन गर्ने ईच्छा भयो । अनि सम्पर्कको सेतुबाँधेर केही जानकारी पाएको आधारमा प्रस्तुत कविताको विश्लेषण गर्ने दृष्टान्त गरेको छु ।
जुङ्गेखोला, धादिङ्गमा जन्मनु भएकी महिला स्रष्टाका रुपमा परिचित दीप्स शाह आजको मितिमा कविताको क्षेत्रमा एउटा परिचित नाम बन्न पुगेको छ । शाहको कलमले कक्षा ६ को विद्यार्थीकालमा नै साहित्यिक हरफहरु लेख्न थालेको थियो भने कविताले छापाको स्वरुप २०५७ सालमा पाएको देखिन्छ । दीप्सले राईजिङ्ग स्टार साप्ताहिक पत्रिकामा “विधवा” कविताका माध्यमबाट नेपाली महिलाको पीडालाई वयान गर्दै नेपाली साहित्यको महिला हस्ताक्षरका रुपमा आप्mनो नाम दर्ता गएकी थिईन् । त्यसपछि उनको सिर्जनाले निरन्तरता पाउँदै गयो भने २०५७ सालदेखि छापाहरुमा स्थान पाउन थालेपछि शाहका कविताले असिमित पाठक पाउन थालेको देखिन्छ । त्यसको पाँच वर्षपछि २०६२ मा साहित्यिक संग्रहका रुपमा कवितासँगै उनका विविध सिर्जनाहरुले “प्रसुन” साहित्यिक संगालोका माध्यमबाट पुस्तकको रुप लिएको देखिन्छ । आप्mनो स्वर्गीय पिता हरिप्रसाद सुबेदीबाट साहित्य सिर्जना गर्ने प्रेरणा पाएकी शाहको कलम पद्यसँगै गद्य विधामा पनि चलेको छ । कविता संगसंगै गीत, गजल, मुक्तक लेख्न रुचाउने शाहले कथा, निबन्ध, नियात्रामा पनि आप्mनो अभिव्यक्ती पोखेको देखिन्छ ।
सन् २००७ मा प्रवासिनु भएकी शाहको साहित्यिक यात्राले भने निरन्तरता पाईनै रहेको थियो । यही साहित्यसँगको सम्पर्कको गाठोले वहाँलाई साहित्यिक संघ÷संस्थाको नजिक पु¥याउँदै गएपछि शाह अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आजीवन सदस्य बन्दै आप्mनो कार्यक्षेत्र ईजरायलमा अनेसासको ईजरायल शाखाको सचिव भएर प्रवासमा पनि नेपाली साहित्यिक गतिविधिलाई निरन्तरता दिदै जानुभएको देखिन्छ । वहाँको संलग्नता साहित्य संजाल नेपाल र ’प्यास राष्ट्रिय गजल पत्रिका’सँग पनि आजीवन सदस्यका रुपमा रहदै आएको छ । साहित्यको खेती गरेर पाठकलाई स्वादिस्ट रचनात्मक अन्न पस्कदै सफलताको गोरेटोमा निस्वार्थ लम्की रहनुभएकी कवि दीप्पको योगदानको मूल्याङ्कन गर्दै विभिन्न संस्थाहरुले समय समयमा वहाँको कदर स्वरुप सम्मान गर्दै आएको छ । २०६७ सालमा नई गणेशदुर्गा पुरस्कारबाट पुरुस्कृत दीप्सलाई साहित्यिक योगदानका लागि अनेसास ईजरायल शाखाले २०६७ मा अभिनन्दन गरेको थियो भने कविता विधामा रहेको वहाँको योगदानको सम्मान गर्दै अनलाइन लिटरेचर डट कमले २०११ मा पुरस्कार तथा सम्मान गरेको देखिन्छ । लेखाईमा मात्र नभएर बोलाईमा पनि उनको विशेषता रहेको प्रमाण २०५६ मा जिल्लास्तरीय नारी दिवस वक्तृत्वकला’ र २०५८ मा बाग्मती अंचलस्तरीय वक्तृत्वकला’मा प्रथम र तृतीय पुरस्कारबाट पुरस्कृत भएकोबाट थाहा पाउन सकिन्छ ।
संख्यात्मक रुपमा हेर्ने हो भने २०५७ सालमा पहिलो रचनालाई प्रकाश दिएर साहित्यको आकाशमा उदाउनु भएकी शाहको आहलेसम्म तीनवटा संग्रहहरु प्रकाशित भएका छन् । २०६२ मा विविध सामग्रीको संगालोपछि २०६७ मा पहिलो कविता संग्रहका रुपमा ’आगो’ प्रकाशित हुनु र एकै वर्षमा त्यसको दोस्रो संस्करण निस्कनुबाट पनि शाहको काव्यात्मक बैशिष्ट्यताको प्रभाव बढ्दै गएको अनुमान लगाउन सकिन्छ । त्यसैले होला कविताका माध्यमबाट सामाजिक विसंगतिका इन्द्रधनुषी स्वरुप देखाउन सफल शाहको पछिल्लो संग्रह २०६९ मा नै ’मुस्कानी फूलहरु’ शीर्षकमा प्रकाशित भएको छ । गोदावरी बुक्स सेन्टरले प्रकाशन गरेको यो पुस्तकलाई विदेशमा बस्ने साहित्यपे्रमी पाठकहरुका लागि पाण्डुलिपी बुक्सले अनलाईन मार्फत विश्वभर बिव्रmीको सहज ब्यवस्थापन गरीदिएको छ । साहित्य सिर्जना संगसंगै साहित्यिक पत्रकारिता गर्न रुचाउने शाहले २०५८ देखि २०६१ सालसम्म ’राइजिंग स्टार’साप्ताहिक पत्रिकाको सम्पादक र प्रवास प्रवेशपछि “मेरो नेपाल” द्वैमासिक साहित्यिक पत्रिकाको सहसम्पादकका आप्mनो सेवा प्रदान गर्दै आउनु भएको देखिन्छ ।
माथि मैले उद्धृत गरेका पंक्तीहरु उनको ’मुस्कानी फूलहरु’ कविता संग्रहको “सिकायत” कविताबाट लिइएको हो । यस संग्रहमा शाहका ३१ वटा नवीन सिर्जनासँगै तीनवटा पुराना कविताहरुले पनि स्थान पाएका छन् । यस संग्रहमा राखिएका कवितालाई शाहले दुई खण्डमा विभाजित गरेर कविताको अंशबण्डा पनि त्यसरीनै गरेकी छिन् । प्रणय खण्ड र प्रेमिल खण्ड ।
प्रणय र प्रेमिल खण्डको प्रतिनिधित्व गर्दै निम्नलिखित कविताहरु यस संग्रहमा संकलित भएका छन् ।
आभास, ओ ! यादहरु हो !, घाम नडुब्दै भेट्नु सखी, निलो शिरिष, परदेशी झरी, प्रेमको दरखास्त, म कतिबेला कविता लेखुँ , मलाई जैतुनको फूलले रुवाउँछ , समयको बुई नउम्किंदै , सम्बन्ध , हुरी बिच पनि उभिरहने रुख जस्तो , सामयिक बिबिध खण्ड, होसियार, सिकायत, शायद भोलि पनि, मुस्कानी फूलहरु, माफ गर एत्रा, मान्छे , म समुन्द्र नदेखेको मान्छे , म सपना देख्छु जरुर, म त देशकी छोरी हुँ , भूतपूर्व योद्दा, भीड, बिडम्बना, बदलिएछु म त, देश दुख्ने मुटु , तिमि स्वाभिमान बुझ्दैनौ, जीवन देखि जीवन सम्म, जिन्दगि हार्नकालागि होइन, जिन्दगि कहाँ दुख्छ , मलाई आगो मन पर्छ , चिहान खन्दै छु , ओ! चटके जिन्दही! , अभ्यान्तरको प्रार्थना , त्यो आवाज मन्द छ तर सत्य छ ।
दीप्सका कविताका बारेमा वरिष्ठ समालोचक डा. गोबिन्दराज भट्टराईले बाग्लुङ बजारमा टिम्बुर हालेको चट्नी चाखेको जस्तो मान्ने गरेको अभिव्यक्तीबाट उनका कवितामा भएको खाट्टी बोलीचालीका नेपाली भाषाको आभाष र गाँउघरका शब्दहरुको प्रयोग रहने गरेको प्रमाणित हुन्छ । उनका कवितामा कतै उनी आप्mना विगत र वर्तमानका अनुभव पोखिरहेकी हुन्छिन्, कतै अतीतलाई सम्झनामा डो¥याएर वर्तमानमा पु¥याई रहेकी हुन्छिन्, कतै मिलन र विछोडको आलाप लगाई त्यसलाई शब्दको मलहम लगाई रहेकी हुन्छिन्, कतै मायाप्रीतिका संवादहरु मुखारित गर्दै प्रेमको वकालत गरी रहेकी हुन्छिन्, कतै विदेशीनुको पीडाका कथा व्यथा अभिव्यक्त भईरहेका हुन्छन्, कतै मानवीय पीडाको वकालात गर्दै विश्व शान्तीको गीत मुखारित भई रहेका हुन्छन्, कतै आत्माबोध गर्दै विसंगतिहरुप्रति आत्मालोचना गरीरहेकी हुन्छिन् । आप्mना कवितामा समाजको वास्तविक शब्द छवि उतार्न आतुुर दीप्सका कवितामा कतै मानवीय पीडा छचल्किरहेका हुन्छन्, कतै राष्ट्रप्रेम बगिरहेका हुन्छन् , कतै मातृवात्सल्यको कारुणिक पुकार गुञ्जिरहेका हुन्छ भने कतै महिला शसक्तीकरणका सन्देशात्मक अभिव्यक्तीहरु विष्फोट भई रहेका हुन्छन् । एउटै शब्दमा भन्नुपर्दा उनका कविताले सामाजिक जिन्दगानीमा देखापरेका उकाली ओरालीहरुलाई सकारात्मक र नकारात्मक दृष्टीकोणबाट नियाल्दै त्यस भित्रको गर्भमा रहेका सत्यताको निरुपण गरेको छ भने प्राकृतिक सौन्दर्यताको वर्णन गर्दै मानव र प्रकृतिबीचको तादात्यमबाट नै सुखशान्ती जीवन पाउन सक्ने सन्देश फैलाउने प्रयास गर्नु भएको पाइन्छ ।
वर्तमान समयमा नेपाली साहित्यको कविता विधामा प्रभावशाली महिला हस्ताक्षरका रुपमा आप्mनो बेग्लै स्थान बनाउन सफल दीप्स शाहका काव्यात्मक अभिव्यक्तीको खास अभिलक्षण भनेको युगीन विसंगति र सामाजिक विकृतिमाथि प्रतीकात्मक र कलात्मक प्रक्रिया अवलम्बन गरी मानवीय आक्रोशहरु प्रहार गर्नु भएको पाइन्छ । प्रस्तुत सिकायत कवितामा प्रतीकात्मक संरचनाका माध्यमबाट सिकायतको पुष्टीकरण गरिएको छ । उनले कविताका माध्यमबाट आप्mनो जिन्दगीमाथिको दृष्टीकोण प्रष्ट्याउँदै त्यसप्रतिको विष्तिष्र्णता पोखेको पाइन्छ । प्रस्तुत कविताका माध्यमबाट उनले मानवीय सभ्यताको नाममा देखापरेको असभ्यताको वातावरणको चित्रण गर्नु भएका छन् । प्रतीकात्मक रुपमा कविताले देशको वास्तविकताको तस्वीर उतार्ने प्रयास गरेको देखिन्छ । यसै परिप्रेक्ष्यमा प्रस्तुत कविताका माध्यमबाट नेपाललाई आजको अवस्थासम्म पु¥याउनेहरुप्रति गुनासाहरु तेर्साउँदै काव्यात्मक शैलीमा विरोधका अभिव्यक्तीहरु पाख्नु भएका छन् ।
उनको ’मुस्कानी फूलहरु’ कविता संग्रहमा संकलित ३५ वटा कवितामा “सिकायत” शीर्षकको कविता १४ औं स्थानमा परेको छ । बयालिस हरफ र एकसय पैतिस शब्दमा बयान गरिएका उनका सिकायतहरुले मानवीय सभ्यताको नाममा भईरहेका विसंगतिपूर्ण परिस्थितिको बयान गरेको छ । सिकायत अर्थात गुनासाहरु । हिन्दी भाषामा प्रचलित शब्दलाई आगन्तुक शब्दका रुपमा कवियत्रीले प्रस्तुत कविताको मुख्य विषयवस्तु बनाउनु भएका छन् ।
मानिस अतृप्त प्राणी हो, ऊ कहिल्यै पनि तृप्त हुँदैन र हुन पनि सक्दैन । असिमित चाहनाहरुले मानिसलाई सधै कुसंस्कारको बाटोतिर डो¥याउँदै लगिरहेको हुन्छ । मानवीय चाहनाहरु अनन्त हुने गर्दछ । त्यसको कुनै अन्त्य हुँदैन । त्यसैले प्राणीहरुमा मानिसलाई सबै भन्दा खतरनाक र अविश्वासी प्राणी मानिन्छ । भर्खर जन्मेको शिशुले जन्मना साथ रोएर आफ्नो सिकायत दर्ता गराउन शुरु गर्छ र यस्ता सिकायतका पानाहरु कहिलै नभरिने गरी मानिस माटोमा नमिसिएसम्म निरन्तरता लेखिदै र थपिदै जाने गर्दछ । यस्तै सिकायतहरुका फेहरिस्त कवियत्री दीप्सले यहाँ उतार्नु भएकी छिन् ।
प्रारम्भमा सिकायतहरुलाई परिचयात्मक रुपमा प्रस्तावित गर्दै “आउ सुन सिकायत “ भन्दै यी गुनासाहरु, यी सिकायतहरु, यी विरोधका स्वरहरु एक व्यक्तीको मात्र नभएर, मेरो उसको, हाम्रो अर्थात हामी सबैको रहेको प्रस्तावित गर्दै नकारात्मक र अनावश्यक क्रियाकलापहरुप्रति विरोध देखाउँदै त्यसलाई सकारात्मक र आवश्यकको आभाष दिलाउने प्रयास गर्दै उनी भन्छिन् ः
कसैको झुपडी दहनमा
खेरफाल्ने आगाका लप्काहरुले
आफ्नै अध्यारो खोपामा
दियालो किन सल्काउँदैनौ ?
आजको युगलाई स्वार्थी र पत्थर मन भएकाहरुको युग ठान्दै समाजबाट मानवता र मानवीय चेतना हराउँदै गएकोप्रति गुनासारुपी हुँकार अभिव्यक्त गर्दै अरुका गल्तीमा रमाउने तर आप्mना गल्तीहरु नदेख्ने स्वर्थीहरुलाई दिशाबोध गराउँदै शब्दहरुबाट अर्ति दिदै उनी भन्छिन् ः
उज्यालो युगमा
अन्धकार मगज बोकेको मान्छे तिमी
खोपडीको अध्यारोले आँखाको ज्योति ढाकिरहेछ
तिमी देख्नै सक्दैनौ
मानवीय सम्बेदनाभरी
एक जोडी ओठ तन्किंदा
हृदयको घडा छचल्किएर
जिन्दगीको मुस्कान छरिनुपर्ने हो
आजको भैतिकवादी समाजमा जन्मेका हुर्केका मान्छेहरु आप्mनै प्रभुत्वको बखान गर्न विष ओकलीरहेका हुन्छन् । भातृत्वको भावनाका विपरित मानिसहरु स्वार्थको सास फेर्दै आप्mनै ईष्र्या र लालचबाट ग्रसित हुँदै गई रहेका हुन्छन् । त्यसैले ऊ पूmलभन्दा बढी काँढा मन पराई रहेको हुन्छ भने आप्mनै अगाडि रुमल्लिरहेका खुशीहरुलाई नचिनेर अरुको सुखमा रोदन भर्न तल्लीन रहने गरेको मानवीय व्यवहारप्रति रोष बमन गर्दै लेन्छिन् ः
तर तिमी जलन हाँस्छौ
तिमी इष्र्या र क्षोभ हाँस्छौ
तिमी षड्यन्त्र हाँस्छौ
ओठका कलेटीहरुमा
सहानुभूतिको लिउन लेपेर,
अनमोल खुशीहरु तिम्रै छातीमा डढिरहेछ
तिमी हाँस्नै सक्दैनौ,,
मानिसले जे रोप्छ त्यही उम्रने गर्छ भन्ने ध्रुव सत्यलाई विर्सेर ऊ दिनानुदिन स्वार्थको दलदलमा धस्सिदै जान्छ र प्रतिशोध तथा रीसीईबीकोे भावनाले मानिस आफै बसेको हाँगा काट्दै गएको आभाष शुन्य भएर अर्को कालिदास बन्ने प्रयासरत् रहेको देखेर मानिसको कुविचारप्रति व्यंग्य गर्दै उनी लेख्निछ् ः
मानव विश्वासको बेर्ना रोपेपछी
आत्मियताको लालिगुराँस फक्रिनुपर्ने हो
तर तिमी स्वार्थ सिँच्छौ
तिमी द्वेष झरी बर्साउँछौ
प्रतिशोधको पानी बोट बोटमा पुर्याउँछौ
स्वार्थ र कुविचारले ग्रसित मानिस आप्mनै कारणले एक्लो बन्दै गएको छ । उसमा विश्ववन्धुत्वको भावनाभन्दा बढी प्रतिशोध, ईष्र्या र स्वार्थका भावनाहरुले जरो गडिरहेको छ । मानिसलाई प्राणीहरुमा सबैभन्दा बुद्धिमानी प्राणी मानिए तापनि मानिस आप्mनै कारणले आप्mनो अगाडिको स्वच्छतालाई तिरस्कार गर्दै स्वार्थको पछि दौडी रहेको आजको वास्तविकतालाई देखाउँदै कवियत्री दीप्सले मानिसको भूलहरुबाट विकसित हुँदै गएको विसंगतिहरुको उदाहरण प्रस्तुत गर्ने क्रममा सिकायतहरु गनेर देखाउने प्रयासरत् रहेको देखिन्छ । आजको मानिस कागले कान लग्यो भन्ने भनाईलाई सही ठह¥याउँदै आप्mनो कानै नछामी कागको पछाडि दौडी रहेका छन् । त्यसैले अप्mनै आज्ञानताका कारण मानिस अरुका लागि खनेको खाल्डोमा आफै खस्दै फस्दै गईरहेका छन् । त्यसैले मानवसहीतको समाजमा मावनले नै मानवको अन्त्यका लागि खाल्डो खनेर आप्mनो रुग्ण विचार प्रदर्शन गर्नुको साटो मानवकै कल्याणका लागि काम गर्दा राम्रो हुने विचार मुखारित गर्दै प्रस्तुत कविताका माध्यमबाट उनले मानवतावादी सन्देश अभिव्यक्त गरेकी छिन् । मानिस आप्mनो प्रगतिको बाटोमा निस्वार्थ लाग्नु पर्नेमा ऊ अरुका लागि विनासको बाटो पहिल्याउँदा पहिल्याउँदै आफैनै त्यसमा हिड्दै गई रहेको वास्तविकताको सिकायत गर्दै गएकी छिन् ।
दौँतरी भावनाहरु तिम्रै करेसामा कुहिरहेछ
तिमी फक्रिनै सक्दैनौ
अनी सम्झ अझ
सिकायतमाथि सिकायत हुनेछ
भैरहनेछ
अझै धेरै सिकायत ।।
प्रस्तुत कविता विश्वबन्धुत्वको तड्कारो खाँचोको अनुभव गर्दै लेखिएको सुधारात्मक प्रवृतिको कविता हो । कवियत्रीले मानवीय चाहनामा एकतन्त्रीय राज बढ्दै गएपछि त्यसले विनासलाई निम्त्याउने गर्दछ भन्दै अरुको बाटोमा काँडा विछ्याउनेहरुले आप्mनो गोरेटोमा पूmल अपेक्षा गर्नु व्यर्थ हो भन्दै सिकायतले कहिल्यै निकास नपाउने यथार्थताको बोध गराउँदै परिवर्तनको संवाहकका रुपमा आफुलाई प्रस्तुत गर्दै प्रस्तुत कविताका माध्यमबाट मानवतावादी स्वर मुखारित गर्ने प्रयास गर्नु भएका छन् ।
अन्त्यमा उनको पुरै कविताको काव्यस्वादन होस भन्ने हेतुले सिकायत कवितालाई समेत प्रेषित गरीदिएको छु ।
सिकायत
आउ सुन सिकायतहरु
मेरो सिकायत
उस्को सिकायत
हाम्रो सिकायत
आउ सुन,आउ
आउ मशाल बालेर
औलाका टुप्पाहरुमा
कसैको झुपडी दहनमा
खेरफाल्ने आगाका लप्काहरुले
आफ्नै अध्यारो खोपामा
दियालो किन सल्काउँदैनौ ?
उज्यालो युगमा
अन्धकार मगज बोकेको मान्छे तिमी
खोपडीको अध्यारोले आँखाको ज्योति ढाकिरहेछ
तिमी देख्नै सक्दैनौ
मानवीय सम्बेदनाभरी
एक जोडी ओठ तन्किंदा
हृदयको घडा छचल्किएर
जिन्दगीको मुस्कान छरिनुपर्ने हो
तर,
तर तिमी जलन हाँस्छौ
तिमी इष्र्या र क्षोभ हाँस्छौ
तिमी षड्यन्त्र हाँस्छौ
ओठका कलेटीहरुमा
सहानुभूतिको लिउन लेपेर,
अनमोल खुशीहरु तिम्रै छातीमा डढिरहेछ
तिमी हाँस्नै सक्दैनौ,,
सभ्यताको फराक फाँटमा
गर्हा, सुर्का र डिलैभरि
अनी यताउताका कान्लाकुन्लिमा
मानव विश्वासको बेर्ना रोपेपछी
आत्मियताको लालिगुराँस फक्रिनुपर्ने हो
तर तिमी स्वार्थ सिँच्छौ
तिमी द्वेष झरी बर्साउँछौ
प्रतिशोधको पानी बोट बोटमा पुर्याउँछौ
भरोसाको हजारीमा भरेर,
दौँतरी भावनाहरु तिम्रै करेसामा कुहिरहेछ
तिमी फक्रिनै सक्दैनौ
अनी सम्झ अझ
सिकायतमाथि सिकायत हुनेछ
भैरहनेछ
अझै धेरै सिकायत ।।