19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अभिभूत

कविता गोपाल ढकाल August 10, 2013, 6:34 am

तिम्रो पीड़ा कसैले

सुनेन आक्रन्दित

आवाज, चिच्याई कसैले

सुनेर जान्ने

साहस नै गरेन

तिमी करायौ रोहिरह्यौ

अन्तमा लम्पसार

पारेर तिमीमाथि रोए

सुन्नेहरू ले नै

पोखे मार्मिक अनुभूति।

भुक्तभोगी हूँ मपनि

सक्दिन बोल्न म

यति हो लम्पसार परिन

पोखे सम्वेदना भित्रिमनमा

हॉंसेर ममाथि पनि

तिम्रो सम्पूर्ण स्वाहा

आवाज मेरो,

म रोएँ तिमी

रूँदा झस्किएँ टुक्रिएँ

सकिन बोल्न

बोलेनन् सक्ने

दिएनन् बोल्न बोल्नेलाई।

यौटा युद्धमै

गयो ज्यान

महायुद्ध

यत्न होइन प्रयत्न गर्यौ

बॉंच्ने मैले पनि गरेको थिएँ

एकपल्ट तर पराजय

मजस्तै तिमी पनि

रून्चे विजय मैले पाएँ

तिमीले त त्यो पनि....

जन्मभूमिको निम्ति लड्छन्

तिमी भूमिमा लड्यौ

लडाए, छट्पटायौ

युद्ध सकियो

जय-पराजय

घोषणा भएन

वीराङ्गना भएनौ, त्यो

युद्ध होइन तिमी आभिभूत भयौ

विजय अभिलाषाले गर्यो

अभिलाषी हॉंस्दै हॉंस्दै

संवेदना पोख्ने हूलमा

गएर मिसियो

लिङ्मो, द. सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।