17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल गोपाल झापाली August 10, 2013, 2:38 pm
गोपाल झापाली
गोपाल झापाली

थाह छ तिमीले मलाई मायाँ गर्छौ भनेर

छेउमा पर्दा–आखाँ जुध्दा लाजले, मर्छौ भनेर ।

तर बिचमा सागर छ दुनियाको, भेटै हुँदैन,

तै पनि तिमी भावनामै यहि सागर तर्छौ भनेर ।

किनार छोई बग्द नदी तर पानी उसको हुन्न,

यहि कुरो बुझेर त झरी जस्तै पर्छौ भनेर ।

तिमीलाई नभनेरै मायाँ गरे, नछोएरै धित माँरे,

भन्न साथै उल्का बनि यो मनबाट झर्छौ भनेर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।