16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल निरोज March 22, 2008, 1:53 pm

बचन दिएर तोडे की कुन्नी के भो रातमा
अधर चुमेर छोडे की कुन्नी के भो रातमा
 
बिर्सेर धड्कन मुटुको नशालु मौसममा
मन अरुसँङ्गै जोडे की कुन्नी के भो रातमा
 
भन्न त म पनि भन्छु तिम्रै निम्ति बाँचेको
जिन्दगी अरुकै गोडे की कुन्नी के भो रातमा
 
यादले सताउँदा कहिले नफर्की घरमा आफ्नै
बाटो उतै मोडे की कुन्नी के भो रातमा
 
न्यानो कल्पी अँगालोमा पर्खि मलाई नै बस्दा
ओढ्ने उसैको ओढे की कुन्नी के भो रातमा
 
 देउराली-३ नवलपरासी        
 

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।