19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल फुच्ची जमुना August 17, 2013, 9:30 am

"मधु" ले झै वायुपंखी घोडा चडाएर एकदिन

मलाई लैजानेछ "मालति" बनाएर एकदिन

चुरा,पोते,गुन्यु,चोली सँगै जन्ती लिएर आउछ

खाली सिउँदो आफ्नै हातले भराएर एकदिन

पक्का ल्याउनेछ रातो घुम्टो मेरो लाज छोपिदिन

हेर्नु, म अन्मिनेछु नौमती बजाएर एकदिन

तिम्रो दु:ख नै मेरो दु:ख तिम्रो खुशी नै मेरो खुशी

भन्नेछ उसले मेरो हात समाएर एकदिन

बाचे सँगै मरे सँगै जनम जनम सँगै हामि

त्यो पनि भन्नेछ दिलभित्र बसाएर एकदिन

पश्चिम चितवन, मेघौली

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।