विजय मल्लको व्यक्तित्वमा एउटा सरलता थियो । एकताका विजय मल्ललाई पीपलको बोटमुनि कसैसित चुरोट मागेर खाइरहेको देख्न सकिन्थ्यो । हामी विजय दाइ भन्थ्यौ“ ।
आईएमा पढ्दा पद्य सङ्ग्रहमा उहा“को एउटा कविता सङ्कलित थियो, गद्य गीत । त्यो कविता हाम्रो पाठ्यक्रममा थिएन । तैपनि, मैले विजय मल्लको पहिलो रचना पढेको त्यही हुनर्ुपर्छ ।
पछि बीए पढ्दा, विजय मल्लका कविताहरू पढ्नुपर्थ्याे । ती कवितामा 'छोरीलाई मानचित्र पढाउ“दा' भन्ने एक कविता थियो । त्यो उहा“को अत्यन्त चर्चित कविता थियो, युद्धविरोधी । त्यसै बखत हो, विजय मल्ललाई राम्ररी पढेको ।
मेरा दाइ धनुषचन्द्र गौतम त्यसबखत समालोचना पनि लेख्नुहुन्थ्यो । उहा“कहा“ विभिन्न लेखकका कृतिहरू समीक्ष्र्ँार्थ आइरहन्थे । तिनमा एकपटक विजय मल्लको पुस्तक पनि थियो । शर्ीष्ाक अहिले भन्न सकिन“ । तर, मैले पढेको थिए“ । कोही किन बर्बाद होस् भन्ने नाटक त होइन † अहिले लागिरहेछ । निश्चित भएन । यतिन्जेलसम्म विजय दाइसित मैले भेट्न पाएको थिइन“ ।
२०२१ सालमा वीरगन्जमा एउटा तीनदिने साहित्य गोष्ठी भएको थियो । वर्षदनअघि मात्र रूपरेखामार्फ म प्रकाशमा आएको थिए“ । एउटा कविता, त्यसपछि एउटा कथाका साथ । विजय मल्ल पनि वीरगन्जको त्यो गोष्ठीमा निम्त्याइनु भएको थियो । विजय मल्लले त मलाई चिन्ने कुरै भएन । तर, सरल स्वभावका हुनाले तत्कालै गफसफ गर्न थाल्नुभयो । दियालो होटल थियो, क्यार † याद भएन । विजय मल्ल त्यही“ बस्नु भएको थियो । हामी भेट्न गयौ“ । उहा“को टेबुलमा एउटा पुस्तक थियो, मैले त्यसमा रुचि देखाए“ । कक्त्युको नाटक रहेछ । भन्नुभयो, नया“ नाटककार हुन्, म पढ्दैछु ।
त्यस गोष्ठीमा मैले एउटा कार्यपत्र पढेको थिए“ । कार्यपत्रलाई सबले गम्भीर रूपमा लिए । विजय मल्ल प्रभावित हुनु भयो क्यार † उहा“ले मलाई विशुद्ध समालोचक ठानेर आफ्नो कुनै पुस्तक समीक्ष्र्ँार्थ दिनुभएको थियो ।
धेरैपछि विजय दाइलाई मैले त्यो घटना सम्झाउ“दै भने“, दाइले मलाई समालोचक ठान्नु भयो, त्यस कार्यपत्रका कारण ।
काठमाडौ“मा, त्यसपछि भने बरोबर भेट हुन थाल्यो । न्युरोड पीपलको बोटमा कहिलेकाही“ उहा“को घरमै पनि । एकेडेेमिसियन भएपछि म केवल उहा“लाई भेट्न भनेर प्रज्ञा भवन जान्थे“ । उहा“स“ग अरूभन्दा बढी निकटता अनुभव हुन्थ्यो, एकेडेमिसियनहरूमा ।
उहा“ सदस्य-सचिव, त्यसपछि उपकुलपतिसमेत हुनुभयो । उहा“ले मलाई एउटा काम पनि दिलाइदिनुभएको थियो । विभिन्न लेखकहरूको टेपमा अन्तर्वार्ता लिने । त्यस क्रममा अन्तिम अन्तर्वार्ता देवकुमारी थापाको लिएको थिए“ । त्यो काम राम्ररी हुन सकेन । आफ्नै अल्छीपन अनि अन्य पनि केही बाधा । एकेडेमीको बृहत् शब्दकोश छापिएपछि विजय मल्लले हस्ताक्ष्ँर गरेरै एक प्रति मलाई उपहार भनेर दिनुभएको थियो । त्यो अझै कतै होला ।
उहा“ स्नेह नै गर्नुहुन्थ्यो । उहा“स“ग जीवनकालभर िनै उस्तै सम्बन्ध रह्यो । कहिलेकाही“ निजी तवरमा उहा“लाई कसैले खान बोलाएको ठाउ“मा मलाई पनि आमन्त्रित गर्न लगाउनुहुन्थ्यो । अर्काको स्वाभिमानको पनि ध्यान राख्नुहुन्थ्यो ।
नेपालमा मैले थाहा पाएसम्म सबभन्दा लामो साहित्य सेमिनार ०२३ मा भएको झापाको सेमिनार हो । सात दिनको थियो त्यो सेमिनार । ऐतिहासिक महत्त्वको । त्यसबखत म आफ्नो पहिलो प्रकाशित उपन्यास अन्त्यपछि लेखिरहेको थिए“ । राती-राती लेख्थे“ । त्यो उपन्यास पश्चिम धनगढीमा लेख्न थालेको थिए“ । अन्त्यतिर आउ“दा पर्ूव पुगिएछ ।
त्यहा“ विजय मल्लले पनि एउटा कार्यपत्र पढ्नुभएको थियो । त्यो पढ्दा उहा“का समकालीन भन्थे, विजयले त्यो पढेजस्तो गरेको हो, उसले केही लेखेकै छैन । खालि कागज लिएर उभिएको छ । अरूलाई जस्तो लागे पनि, मलर्ँइ त्यो उहा“को गुण वा प्रतिभा नै लागेको थियो ।
अनुराधाले विजय मल्ललाई धेरै ख्याति दिलायो । आज पनि अस्तित्ववादको चर्चा गर्दा अनुराधाको नाउ“ पहिले लिइन्छ । अनुराधाबारे मैले पनि लेखेको छु मनोविश्लेषणात्मक उपन्यासका रूपमा । मनोविश्लेषणात्मक उपन्यासको थालनी पल्लोघरको झ्यालले गर्यो भने त्यसलाई विस्तार दिने काम नेपाली उपन्यासमा अनुराधाले गरेको थियो । पछि बीपीको उपन्यास तीन घुम्तीले मनोविश्लेषणलाई चिन्तनमा ढालेको थियो ।
विजय मल्लले कुमारी शोभा उपन्यासपछि उपन्यास लेख्नुभएन । तर, उहा“को योजना तेस्रो उपन्यास लेख्ने थियो । उहा“ आफूले लेख्ने तेस्रो उपन्यासबारे सुनाइरहनु हुन्थ्यो । त्यसको कथा अध्याय-अध्यायसहित विस्तृत रूपमा सुनाइरहनु हुन्थ्यो । एक समय त यस्तो थियो, विजय दाइसित भेट भयो कि चिया खान बसिन्थ्यो । चिया खान बस्यो कि त्यो आगामी उपन्यासका विभिन्न पात्रको बानीबेहोरा, हाउभाउ सबै बयान गर्न थाल्नुहुन्थ्यो विजय दाइ । तिनताका त्यस उपन्यासको लगभग प्रत्येक पात्रलाई हामी राम्ररी चिन्न थालिसकेका थियौ“ । उहा“को सुनाउने तरकिा पनि रुचिकर थियो । बीचमा टक्क अडिएर हामीहरूसित हेरेर सोध्नुहुन्थ्यो, कस्तो छ -
हामी भन्थ्यौ“, गजबको छ दाइ, त्यो कहिले लेख्ने - पछि एकदिन भन्नुभयो, लेख्न थालिसके“ । त्यसपछि आधाजति लेखे“ पनि भन्नुभएको थियो । तर, त्यसको प्रमाण भने पाइएन । हो, उहा“ले बयान भने अन्त्यसम्मकै गर्नुभएको थियो । हामीलाई राम्रो पनि लागेको थियो । उपन्यासमा राणाकालीन एउटा पुरानो दरबारको कुनै राणा परविारकै कथा थियो । तिनका विभिन्न पक्षहरू । त्यो उपन्यास प्रकाशमा भने आएन । तैपनि, अहिले सम्झ“दा लाग्छ, विजय दाइको वर्ण्र्ााशैलीमा ढालिएर ती पात्रहरू कति जीवन्त भएर आएका थिए -
एउटा अर्को प्लट पनि उहा“ सुनाउनु हुन्थ्यो । त्यसको शर्ीष्ाक थियो, रा“गो । एउटा रा“गोलाई प्रतीक बनाएर लेख्ने उहा“को योजना थियो । त्यसको पनि पूरा खाका बनाइसक्नु भएको थियो । हामीलाई सुनाउनु भएको पनि थियो । त्यो लेखिएको भए आधुनिक जीवनको उत्कृष्ट उपन्यास हुन्थ्यो भन्ने मलाई अझै लाग्छ ।
विजय मल्ल बहुमुखी प्रतिभा हुनुहुन्थ्यो । नाटकमा त झन् कुरैै भएन । उहा“मा प्रयोगको प्रवृत्ति पनि थियो । पत्थरको कथा नाटक र अनुराधा उपन्यास, छोरीलाई मानचित्र पढाउ“दाजस्ता कविता र इन्जिनियरको टाउकोजस्ता कथाबाट पुष्टि हुन्छ । आधुनिक नेपाली साहित्यका उहा“ एक महान् प्रतिभा हो ।
व्यक्तिगत रूपमा उहा“को सरलता र दैनिक जीवनप्रति बेवास्तापन उहा“को व्यक्तित्वका अभिन्न पक्ष्ँ थिए ।
मैले ०४५ मा स्वर्गीय हीरादेवीको खोजका लागि नारायणी वाङ्मय पुरस्कार पाए“ । त्यसमा प्रमुख अतिथि विजय मल्ल र कृष्णचन्द्रसिंह प्रधान प्रमुख वक्ताका रूपमा निम्त्याइनुभएको थियो । एकेडेमीको गाडीमा हामी तीनै जना स“गै वीरगन्ज गयौ“ । मैले भने“ पनि, कस्तो संयोग † प्रमुख अतिथि, प्रमुख वक्ता र पुरस्कृत व्यक्ति तीनै जना स“गस“गै यात्रा गर्दैछौ“ । नभन्दै त्यो सा“च्चिकै अविस्मरणीय संयोग थियो । फेर ित्यसपछि त्यस्तो मौका कहा“ पाइयो त -
धेरै समयपछि एकपटक विजय दाइले आफ्नै घरमा रात्रिभोजको निम्तो दिनुभएको थियो । त्यसमा कृष्णचन्द्रसिंह प्रधान, तर्ीथराज तुलाधर, र्सर्ूयबहादुर पिया र अविनाश श्रेष्ठ रहेको मलाई सम्झना छ । त्यसदिन निकैबेरसम्म निकै कुराहरू भए । मेरो उपन्यास अग्निदत्त±अग्निदत्तलाई अङ्ग्रेजीमा तर्ीथराज तुलाधरबाट अनुवाद गराउने कुरा पनि चलेको थियो । कृष्णचन्द्रले पहल गरििदनुभएको थियो । अनुवाद त भएन । तर्ीथराज तुलाधर स्वयम् संसार छाडेर जानुभयो ।
यो भेटघाट कुन कारणले महत्त्वपर्ूण्ा छ भने त्यसपछि फेर िविजय मल्लस“ग त्यसरी बस्न पाइएन । हि“डडुल गररिहेका विजय मल्ललाई भेटेको त्यो अन्तिमपटक थियो ।
त्यसपछि एकैपटक बिरामी भएर ह्वीलचेयरमा नर्भिक अस्पतालको प्राङ्गणबाट कक्षतर्फजान लागेका विजय मल्ललाई भेटे“ । एकछिन कुरा गरे“ । उहा“लाई कक्षसम्म पुर्याएर फर्कें । मेरो विजय मल्लसितको अन्तिम भेट त्यही थियो ।
आज विजय मल्ल त हुनुहुन्न । तर, उहा“बाट पाएको स्नेह, मित्रवत् व्यवहार अनि उहा“को बहुमुखी प्रतिभा सबै मलाई सम्झना भइरहन्छन् । एकेडेमीमा बाहिरबाट म जति विजय मल्लको समयमा जान्थे“, त्यति कहिल्यै गइन“ । एकेडेमी पस्दा अहिले पनि म एकेडेमीका केही नामहरू अवश्य सम्झन्छु । तिनमा विजय मल्ल पनि एक आवश्यक नाम हो