१. विषय प्रवेश
‘सुभद्रा बज्यै’ (२०१९) आख्यानकार भवानी भिक्षु (१९७२–२०३८) को सामाजिक लघु उपन्यास हो । ‘आवर्त’ कथा सङ्ग्रहमा प्रकाशित २७ पृष्ठको प्रस्तुत रचनालाई उपन्यासकारले लघु उपन्यास हो (भिक्षु, २०३८ ः क) भनी किटान गरेका छन् । सैद्धान्तिक रूपमा लघु उपन्यासका विधागत धर्म र त्यसको आकार प्रकारका बारेमा नेपाली साहित्यमा खासै चर्चा नभए पनि उपन्यासको बृहत्तरता एवं कथाको संक्षिप्तताका बिचको मझौला रूपलाई लघु उपन्यास भनिएको देखिन्छ । त्रि.वि.को स्नातक तहको पाठ्यक्रममा समेत उपन्यास विधाका सन्दर्भमा राखिएको यस कृतिको अध्ययन विभिन्न उपशीर्षक मार्फत गर्ने प्रयास गरिएको छ ।
२. सुभद्र बज्यै उपन्यासको विश्लेषण
‘सुभद्रा बज्यै’ उपन्यासलाई उपन्यासका विधातात्त्विक पक्षमा आधारित भई निम्न लिखित उपशीर्षक मार्फत विश्लेषण गर्न सकिन्छ ।
२.१ कथानक र त्यसको अन्तर विकास
प्रस्तुत उपन्यासको विषय स्रोत सामाजिक यथार्थ हो । स्वयं भिक्षुले एउटा प्रत्यक्ष स्थिति पनि सुभद्रा बज्यै जस्तै देखा प¥यो र लेखियो (भिक्षु, २०३८ ः क) भनेर यसको सामाजिक प्रत्यक्षता र यथार्थताको पुष्टि गरेका छन् । यसमा पहिले पहाडका तर हाल तराईको बदला पुरमा बस्ने जमिनदार करुणाकर बाजेको परिवार आएको छ । बदला पुरमा बाजेको विशाल मौजा र पक्की घर छ अनि जमिनदारी कार्यलाई सक्षमतापूर्वक सञ्चालन गर्ने अनुभवी म्यानेजर सुब्बा र अन्य कारिन्दाहरू पनि छन् । स्वभावमा रुखी बाजेकी जेठी श्रीमती सारै कन्जुस र ठाडो मिजासकी भएपनि गृहस्थी र जमिनदारी सञ्चालनमा प्रशस्त जिम्मेवारी निभाउँथिन् । बाजेलाई निःसन्तान छोडेर उनको मृत्यु भएकाले आफन्तहरू र समाजका मानिसका जोडबलले गर्दा बाजेले ३९ वर्षको उमेरमा १५ वर्षकी कलिली सुभद्रासँग दोस्रो विवाह गर्छन् । उपन्यासको कथानकीय विकासमा बाजेले गरेको असमान उमेरको यही दोस्रो विवाह नै समस्याको बिउका रूपमा प्रकट भएको छ । २४ वर्ष कान्छी सुभद्रासँग भएको विवाहका कारण नै पछि खेमानन्द र तरुनी बज्यैका बिच अनैतिक सम्बन्ध भएको हल्ला पैmलाउन आधार मिलेको छ । साधारण मध्यमवित्त तर नैतिकवान् ब्राह्मण परिवारकी सुभद्रा बाजेलाई दुब्ली, पातली र अपरिपक्व लागेकीले घर गृहस्थी र जमिनदारी चलाउन सक्ने कुरामा शंका लाग्छ तर ४÷५ वर्षकै अन्तरालमा सुभद्राको कार्य कुशलता प्रमाणित हुन्छ । बाजेको जीवन सुख र सन्तोषका साथ व्यतीत हुन थाल्छ । बाजेको परिवारसँग जमिनदारीको झगडामा खेमानन्द भन्ने व्यक्तिसँग परिचय भएपछि कथानकले द्रुतता प्राप्त गरेको छ । अड्डामा खरदार भई काम गर्दा घुस खाए बापत अवकाश प्राप्त गरेको अत्यन्त चलाख एवं धूर्त व्यक्ति खेमानन्दले बाजेसँग झगडा गरेर नसकिने बरु मिलेर काम गरे फलिफाप हुने चतु¥याइँ झिक्छ । यसै उद्देश्यले उसले सुभद्रासँग कता–कताको साइनो जोड्छ र परिवारमा प्रवेश पाउँछ । विशाल हृदय भएका बाजेबज्यैसँग निकटता कायम गर्दै परिस्थिति आफ्ना अनुकूुल बनाउने कार्य थाल्छ ।
खेमानन्दले सुभद्रासँग साइनो जोडेर घरमा प्रवेश गर्नुले कथानकीय विकासमा अन्तर संघर्षका साथै उत्सुकता बढाएको छ । आपूmभन्दा निकै शक्तिशाली बाजेसँग झगडा गरेर फाइदा नहुने बरु सुमधुर सम्बन्ध कायम गरेर अगाडि बढे फाइदा हुने खेमानन्दको ठहरले उपन्यासका पछिल्ला घटनाका लागि जटिलता र संघर्षको सिर्जना गरेका छन् । उपन्यासकारले खेमानन्दबारे आफूले गरेका चारित्रिक टिप्पणीले पनि अब के हुने हो ? भन्ने आशंका बढाएका छन् । त्यसमा खेमानन्दका कुराहरू बाजेबज्यै दुबैले सुन्ने तर पहिल्यैदेखि बाजेको जमिनदारीको गरुङ्गो अभिभारा वहन गरी आएका म्यानेजर सुब्बाहरूलाई त्यति वास्ता नगर्ने प्रवृत्तिले उनीहरूमा असन्तोष बढ्न थालेको छ । उनीहरूको असन्तोषको आगोमा घिउ थप्न आइ पुगेकी छन् –करुणाकर बाजेकी विधवा बहिनी । उदार र दयावान् आफ्ना दाजुको विशाल जमिनदारीभित्र भाउजूको ढलीमली बढि रहेकोमा बहिनीका मनमा पीडा र ईष्र्याको भावना जाग्छ । आपूmले पनि दाजुबाट केही लाभ लिन खोजेकोमा दाजुका घरको उक्त प्रतिकूल वातावरणले खिन्नता उत्पन्न गर्छ । उनी भाउजू सुभद्रा र उनका कंगाल माइतीले बृद्ध र त्यागी दाजुलाई लुट्ने त होइनन् भन्ने चिन्तामा पर्दछिन् । असहाय, अनाथलाई सहयोग पु¥याउनका लागि भाउजूका नाममा शंकर नगर गाउँ दर्ता गरिनुलाई त्यसको सुरुआत ठान्छिन् । झन् भाउजूकै साइनो जोडेर परिवारमा दखल बढाइ रहेको खेमानन्दको धूर्तता र चलाखीले तिनलाई अझ सशङ्कित र उद्वेलित बनाउँछ । यस क्रममा पहिलेदेखि खेमानन्दका कार्यबाट असन्तुष्ट बनी उसको सेखी झार्न तम्सिएर बसेका म्यानेजर, सुब्बा आदि कारिन्दाहरू, तथा भाउजूका क्रियाकलापप्रतिको असन्तोष र खेमानन्दप्रति सशङ्कित विधवा बहिनीका बिच मिलेमतो बढ्छ । त्यसै बेला बदला पुरकै साँधको जमिन खेमानन्दले किन्न खोज्छ । सो जमिन उसलाई नदिई बाजेको नाममा किन्ने सोचाइ पहिलेदखि रहि आएकोमा म्यानेजरले खेमानन्दका विरुद्ध हकसफाको मुद्दा हाल्छ । यो कुरा एकातिर बाजेका पक्षमा गरिएको कार्य हुन्छ भने अर्कातिर त्यसै निहुँबाट खेमानन्दको मेख मार्ने अवसर पनि मिल्छ । उक्त प्रकरणमा सबैको भलो चिताउने उदार मना बज्यैले हकसफाको मुद्दा फिर्ता लिई जमिन खेमानन्दलाई नै छोड्न अह्राउँछिन् । सुभद्राको यस कुरामा अरूलाई नपिर्ने महानता बाहेक अरू स्वार्थको कुरा हुँदैन, तर बज्यैको यस पवित्र भावनाका कुरालाई म्यानेजर, सुब्बा तथा विधवा बहिनीहरूले गलत रूपमा उपयोग गर्दछन् । तरुनी सुभद्रा र खेमानन्दका बिच अनैतिक सम्बन्ध भएको, खेमानन्दले किनेको जमिनको पैसा पनि यसै घरबाट बज्यै मार्फत गएको आदि प्रकारका हल्लाहरू प्रत्यक्ष र परोक्ष रूपमा मच्चाउँछन् । बाजे र बज्यैको उमेरमा २४ वर्षको अन्तर रहेको तथा खेमानन्द पनि विधुर व्यक्ति भएकाले यस्तो हल्ला मच्चाउने आधार पनि मिल्छ । यसबाट बाजेको मनस्थितिमा पनि असन्तुलन र खलबली प्रकट हुन्छ । सुभद्राले गहिरो चारित्रिक आघात बेहोरे पनि कुनै कदम उठाएकी हुँदिनन् । बाजेसँग पनि त्यसै सन्दर्भमा वाद विवाद हुन थालेपछि उनी अत्यन्त दुःखित हुँदै आवेशमा आएर घर छोड्ने निर्णयमा पुग्छिन् र खेमानन्दकै घरमा भित्रिन्छिन् । सबैतिर सुभद्रा पोइला गइन् भन्ने हल्ला फिँजिन्छ ।
उपन्यासको संघर्ष विकासमा भिक्षुले अत्यन्त कुशलताका साथ घटनाको विकास र अन्तद्र्वन्द्वको तालमेल मिलाएका छन् । बज्यैका विरुद्ध म्यानेजर, सुब्बालाई उतार्नका निम्ति जमिनको प्रकरणले स्वाभाविकता सिर्जना गरेको छ भने बहिनीको आडले त्यसमा विश्वसनीयता पनि भरेको छ । बज्यैको महानताबाट परिचित भएकाले बहिनीको आडबिना म्यानेजर, सुब्बा आदिलाई सुभद्रामाथि नै चरित्रहीनताको आरोप लगाउन हम्मे पथ्र्यो । त्यस कारण बहिनीको त्यस प्रकारको निसाना भाउजू तथा म्यानेजर र सुब्बाको प्रहारको निसाना खेमानन्द भएका छन् र तिनीहरूका परस्परका ईष्र्या र शत्रुताको एकमुष्ठ प्रहारको काम यस घटनाले गरेको छ । यहीँनेर सुभद्रा बज्यै किन त्यही खेमानन्दसित पोइला गइन् । तिनले अन्यत्रै गएर जीवन गुजारा गर्ने उपक्रम किन रोजिनन् भन्ने प्रश्न भने पाठकका मनमा उत्पन्न भइ रहन्छ । त्यसपछिका प्रसङ्गमा प्रकट भएको सुभद्राको शालीन र उच्च व्यक्तित्वले उनलाई आवेशमा आएर खेमानन्दसित पोइला जाने जस्तो कमजोर व्यक्तित्वमा प्रस्तुत गर्दैन । जेहोस् सुभद्रा खेमानन्दसँग पोइला गएको घटना र पछिल्ला प्रसङ्गले सुभद्राको चरित्रको उच्चता र महनीयताको सूक्ष्म चित्रण भने गरेका छन् ।
वस्तुतः सुभद्रा आफ्नो चरित्रहीनता र अनैतिक सम्बन्धका कारण खेमानन्दका घरमा भित्रिएकी थिइनन् । कपोलकल्पित कुरा चलेर आफ्नो अन्तर हृदयमा परेको गम्भीर प्रहारका कारण आवेशमा आएर त्यसो गर्न बाध्य भएकी थिइन् । यस घटनाबाट खेमानन्द “बज्यै त आइन्–आइन् साथसाथै उनका नाममा रहेको शंकर नगरको स्वामित्व पनि आयो” भनेर गमक्क परेको हुन्छ । त्यसैले ऊ जमिनको मालपोत तिर्ने कुरा बज्यै समक्ष उठाउँछ । त्यसमा बज्यैले प्रतिवाद गर्दै शङ्कर नगर अनेक गरिब गुरुवा र असहाय अनाथहरूको नासो हो भन्दै त्यसमा आफ्नो अधिकार नरहेको धारणा व्यक्त गर्छिन् । सो कुरा खेमानन्दको स्वार्थी दिमागले बुभ्mन सक्दैन । बज्यैको कुरामा अटेर गरी भोलिपल्ट ऊ शंकर नगर जान्छ र त्यहाँका रैतीहरूलाई जमिनको आयस्ता करुणाकर बाजेलाई होइन आपूmलाई बुझाउनु पर्ने भनेर जिस्क्याएर आउँछ । सो कुुरा थाहा पाएपछि करुणाकरको म्यानेजरले खेमानन्दलाई घरैमा आएर सम्झाउँछ र त्यसो नगर्न चेतावनी पनि दिन्छ । शंकर नगरको स्वामित्व आफ्नो भएको भन्दै तर्क वितर्क भइ रहेको अवस्थामा बज्यै उपस्थित भएर म्यानेजरले भने अनुसार नै जमिनको स्वामित्व आफ्नो नरहेको धारणा व्यक्त गर्छिन् । सही छाप लगाउन राजिनामा पत्र समेत माग्दै त्यस घरको तृण पर्यन्त आपूmले नलिने धारणा व्यक्त गर्छिन् । बज्यैको उदारता, त्याग र निस्वार्थी भावना बुझ्न नसकेको संकीर्ण मनस्थितिको खेमानन्द अवाक् हुन्छ । स्वयं म्यानेजर पनि बज्यैको महानताबाट छक्क पर्दै आपूmले पहिले बज्यैलाई घरबाट निकाल्नमा खेलेको त्रुटिपूर्ण भूमिकाका कारण आँखा जुधाउने साहस बटुल्न सक्दैन । सुभद्राको शालीन र गम्भीर व्यक्तित्वका अगाडि भित्रभित्रै रिसले मुर्मुरिए पनि खेमानन्दले कचकच गर्न नसकी मौन बस्न बाध्य हुन्छ । उपन्यासका यसपछिका घटनाले सुभद्राको चारित्रिक उदात्ततालाई उकास्दै र खेमानन्दको निकृष्टतालाई नङ्ग्याउँदै लगेका छन् । पछिका दिनहरूमा बज्यैमा आत्मग्लानि पनि बढ्दै जान्छ । खानपिन र स्वास्थ्यमा पनि खराबीहरू देखिएको हुनाले खेमानन्दले बज्यैलाई सम्झाइ बुझाइ गरी सान्त्वना दिने प्रयास गर्दछ । त्यसले बज्यैको गम्भीर स्वभाव र व्यथित हृदयलाई कत्ति पनि असर पार्न सक्दैन । बज्यैको मन महिमाशाली विशाल हृदय भएका करुणाकर बाजेबाट बेग्लिनु परेको तथा खेमानन्द जस्तो स्वार्थान्धताका आहालमा रमाउनेलाई आफ्नो पति बनाउनु परेको पीडाले पिरोलिइ रहन्छ । लामो समयसम्म शंकर नगरको राजिनामा पत्र ल्याएर म्यानेजर पनि आउँदैन भने खेमानन्दको निकृष्टताले शंकर नगर हडप्ने विचार त्यागेको पनि हुँदैन । खेमानन्दको त्यस प्रकारको घृणित मनस्थिति बुझेपछि त बज्यै आफ्नै कर्मलाई र लिएको गलत निर्णयलाई धिक्कार्न पुग्छिन् ।
उपन्यासमा खेमानन्दको चरित्रलाई बढी निकृष्ट र स्वार्थी बनाएर प्रस्तुत गरिएको छ । उसले पोइला आएकी सुभद्राले मालिक्नी जस्ती भएर अपमानपूर्ण व्यवहार गर्दा पनि आक्रोश व्यक्त गरेको छैन । सुरुमा त शंकर नगरको लोभका कारण उसको सहनशीलता स्वाभाविकै बन्छ तर पछि पनि खेमानन्दले किन आफ्नै घरमा सुभद्राको घृणा र अपमानबोध बेहोरेको हो, यसको कारण खुल्न सकेको छैन । यसै क्रममा शंकर नगरको राजिनामा पत्र लिई म्यानेजर नआएपछि सुभद्रा आपैm त्यहाँ पुग्छिन् । असहायहरूको नासो रूपी जमिन बाजेलाई बुझाएर आत्मसन्तोष प्राप्त गर्ने सोचाइ बज्यैमा देखा पर्छ । त्यहाँ भने म्यानेजरले राजिनामा लिने आँट गर्दैन भने बज्यैप्रति घोर अन्याय गरेको पीडामा मर्माहत भएका बाजेले बज्यैको सुख सुविधाका निम्ति भनेर सो जमिन खेमानन्दकै नाममा दर्ता गर्ने निर्देशन दिन्छन् । बाजेको सो आत्मिक स्नेह आपूmप्रति अझ प्रगाढ रहेको खबरले बज्यैको करुण भावना उर्लेर प्रकट हुन्छ र उनी मूच्र्छित हुन पुग्छिन् । त्याग र उदारताको यस्तो भाव सागरको प्रत्यक्ष भोगी म्यानेजर आफ्ना कर्मको अपमान र ग्लानिबोधको पीडामा व्यथित बन्छ । आपूm पनि बाजेबज्यैको वियोगको कारण बन्न गएको ग्लानिले उसलाई हुँडल्छ । यही अवस्थामा बाजे आएर ‘‘बज्यै घर फर्क नत्र भने बाँच्ने जुक्ति छैन’’ भनी रोइ कराइ गर्न थाल्छन् । यहाँनेर म्यानेजर आत्मग्लानिमा छटपटिएर,, सुभद्रा बाजेको दुर्दशा र आपूmप्रतिको प्रगाढ स्नेह पाएर तथा बाजे चाहिँ बज्यैबिनाको एक्लोपनामा निस्सासिएर धुरुधुरु रोएका छन् र यस्ता प्रसङ्गहरू सबै स्वाभाविक र यथार्थ बन्न भने सकेका छै्रनन् । पोइला गएकी श्रीमतीलाई घर फर्कन भनेर बाजेको रुवाइ तथा रोइ रहेका पूर्वपतिको कपाल मुसारेर बज्यैले दिएको सान्त्वनाले पनि यथार्थताको अतिक्रमण गरेका छन् ।
उपन्यासका सुरुमा म्यानेजर, विधवा बहिनी आदिका खराब चिन्तन र सुभद्राको गम्भीर व्यक्तित्वका बिच द्वन्द्व प्रकट भएको छ । उच्च विचार लिएर पनि आवेशमा आएर गरिएका निर्णयले सुभद्रा तथा म्यानेजरका मनमा उत्पन्न आन्तरिक द्वन्द्व पनि केही हदसम्म प्रकट छ । जेहोस् उपन्यासका उक्त प्रसङ्गहरूले सुभद्रा बज्यैको महत्ता, भव्य चरित्र र अभिभावकीय भूमिकाको उद्घाटन गरेका छन् । अन्त्यमा बज्यैले बाजेका वंशका प्रतिष्ठा र मर्यादाका खातिर पनि आपूm त्यस घरमा फर्कन नहुने तथा खेमानन्दका घरमा नजाने भन्दै बनारस विश्वनाथ बाबाका शरणमा गई पाप पखाल्ने भनी हिँडेपछि उपन्यास टुङ्गिएको छ । कथालाई केही बढाउँदा बढाउँदै लघु उपन्यासको रूप लिन पुगेको जस्तो लाग्ने प्रस्तुत कृति नेपाली उपन्यास साहित्यमा एक विशिष्ट उपलब्धि हो (भट्टराई, २०४० ः ३२३) । मूलतः सुभद्राको महनीय व्यक्तित्व तथा करुणाकरको उदार व्यक्तित्वको चित्रणमा प्रस्तुत उपन्यासको कथानक केन्द्रित रहेको देखिन्छ ।
२.२ चरित्र चित्रण
‘सुभद्रा बज्यै’ सानो आकार तथा थोरै चरित्र भएको लघु उपन्यास हो । यसमा सुभद्राको भूमिका सर्वप्रमुख छ भने पुरुष चरित्रमा करुणाकर बाजेको भूमिका मुख्य छ । खेमानन्द खल चरित्रका रूपमा प्रमुख छ । म्यानेजर, करुणाकर बाजेकी विधवा बहिनी लगायत अन्य चरित्रहरूको पनि यथास्थान केही भूमिका रहेको छ । उपन्यासका प्रमुख केही चरित्रको चित्रण क्रमशः गरिएको छ ।
२.२.१ सुभद्रा बज्यै
सुभद्रा बज्यै प्रस्तुत उपन्यासकी केन्द्रीय चरित्र हुन् । उपन्यासको नामकरणले पनि यसै कुरालाई झल्काउँछ । मध्यम वर्गीय निष्ठावान् ब्राह्मण परिवारमा जन्मेकी तथा विवाह गरी ठुलाबडाको परिवारमा भित्रिएकी सुभद्राले तदनुकूलको रहनसहन, बोलीचाली र व्यावहारिक आचरणको शिक्षा प्राप्त गरेकी छन् । १५ वर्षको कलिलो उमेरमा ३९ वर्षका अर्थात् २४ वर्ष जेठा व्यक्ति करुणाकर बाजेसँग विवाहित भएर भित्रिएकी सुभद्राले दोस्रंो र अनमेल विवाहको सामाजिक संस्कारलाई पनि भोगेकी छन् । सुरुमा उमेर र व्यवहारले अपरिपक्व मानिएकी सुभद्राका सामुन्ने पारिवारिक चुनौतीहरू निकै थिए । करुणाकरकी पहिली श्रीमती रुखी र ठाडो मिजासकी भए पनि गृहस्थी र जमिनदारीको काममा दक्ष थिइन् । त्यस्ती पत्नीका व्यवहारमा अभ्यस्त करुणाकरको मन जितेर गृहस्थी र जमिनदारीको गरुङ्गो बोझ चलाउनु निसन्देह चुनौतीपूर्ण कुरा थियो । सुभद्राले भने निकै छिटो करुणाकरको मन जित्न सफल भइन् र घरको काम पनि सफलतापूर्वक सम्हाल्न थालिन् ।
सुभद्रामा सेवा र कल्याणकारी भावना भरिएको छ । उनले करुणाकर बाजेका घरमा रहँदा पनि सो भावना देखाएकी थिइन् भने खेमानन्दका घर भित्रिएपछि पनि उनले गरिब, अनाथ र असहायहरूलाई सेवा र सहयोग पु¥याउने कार्य छोडिनन् । करुणाकर बाजेको असीमित धन भएपनि आश्रयहीनहरूको निम्ति प्रयोग गर्ने परिमाण सुभद्राका कारण बढेको थियो । असमर्थहरूलाई बज्यैको दया दक्षिणाको काखमा सहज आश्रय मिल्दथ्यो (भिक्षु, २०३८ ः १२१) । त्यसै प्रयोजनका निम्ति शंकर नगर गाउँ बज्यैका नाममा नामसारी गरिएको थियो । शंकर नगर गाउँ राजिनामा दिएपछि पनि बज्यैले असहायहरूले पाइ आएको सेवा र सहयोग नटुटोस् भन्ने कामना म्यानेजर समक्ष पनि गरेकी छन् । खेमानन्दले सो गाउँ आफ्नो बनाउन कसरत गर्दा पनि बज्यैले मानिनन् र पछि करुणाकरले खेमानन्दकै नाममा गरि दिने भन्दा पनि सुभद्रालाई उक्त कुरा सह्य भएन । यस्ता प्रसङ्गले कमजोरहरूको सेवा र मानव कल्याणको भावना रहेकी सुभद्राकै चरित्रलाई प्रदर्शित गर्दछन् ।
सुभद्रा उच्च विचार भएकी चरित्रवान् नारी हुन् । उनको चरित्रमा समाजमा पाइने यथार्थ गुणभन्दा आदर्श गुण बढी छन् । उनीमाथि खेमानन्दसित अनैतिक सम्बन्ध भएको भन्ने निराधार लाञ्छना लगाइन्छ । बाजेका घरैको पैसा खेमानन्दले किनेको जमिनमा बज्यै मार्फत परेको हल्ला मच्चाइन्छ । यस्ता कुरा केवल ईष्र्या र शत्रुताका कपोलकल्पित रचना थिए । म्यानेजर पनि त्यस्ता आरोप लगाउनेमा पर्दथ्यो, तर बज्यैले उसप्रति कुनै पूर्वाग्रही व्यवहार देखाइनन् । मनभित्र गम्भीर अपमानको पीडा भोगेपनि बाहिर सौम्य एवं भद्र व्यक्तित्वको उद्घाटन गर्ने काम उनले गरि रहिन् । खेमानन्द बज्यैको शालीन व्यक्तित्वका अगाडि नतमस्तक नै हुन्छ भने म्यानेजर पनि आत्मग्लानिले छटपटिन बाध्य हुन्छ । उसमा आवेशमा आएर निर्णय गर्ने कमजोरी देखा पर्छ । निराधार आरोपका पछि लागेका खेमानन्दसित पोइला जानु हुँदैनथ्यो भन्ने अनुभूति उनले पछि आपैm गरेकी छन् । अन्त्यमा बाजेले दिन खोजेको सुख र परिवारमा पुनः प्रवेशको प्रस्तावलाई समेत पारिवारिक मर्यादाका निम्ति अस्वीकार गरेर विश्वनाथ बाबाकी भक्तिनी बन्न भनी बनारस निस्केकी छन् । उनका मनमा रहेको बाजेप्रतिको माया, खेमानन्दप्रतिको घृणाको सूक्ष्म विश्लेषण पनि उपन्यासमा भएको छ । यसरी करुणाकर बाजेकी श्रीमतीका नाताले सुभद्रा बज्यै बनेकी सुभद्राको चरित्र मर्यादित, उच्च र महिमामयी नारीका रूपमा सफलतापूर्वक चित्रित गरिएको छ ।
२.२.२ करुणाकर बाजे
‘सुभद्रा बज्यै’ उपन्यासमा प्रमुख पुरुष पात्रका रूपमा करुणाकर बाजेलाई प्रस्तुत गरिएको छ । आर्थिक रूपले सम्पन्न बाजेको तराईको बदला पुरमा विशाल मौजा र पक्की घर छ । थुप्रै नोकरचाकर,, सुब्बा, म्यानेजरहरू उनका कारिन्दा छन् र बाजेमा आर्थिक लोभलालच पनि छैन । जेठी श्रीमतीको मृत्यु पश्चात् बाजेले आपूmभन्दा २४ वर्ष कान्छी सुभद्रासँग विवाह गरेका छन् र दुबैै पत्नीबाट सन्तान भएका छैनन् । आफन्त र समाजका जोडबलमा दोस्रो विवाह गर्ने करुणाकरमा जमिनदारी सञ्चालनप्रतिको सक्रियताभन्दा उदारता र आदर्श भावना प्रकट भएको छ ।
करुणाकर दयावान्, उदार एवं आर्थिक रूपले निश्चिन्त चरित्रका रूपमा चित्रित छन् । उनले अनाथ, असहायहरूलाई खान, बस्न, पढ्न आदि सुविधा प्रदान गरेका छन् र शंकर नगर सुभद्राका नाममा दर्ता गराउनु पनि त्यसै कर्मका निम्ति हो । बाजेको दान–दातव्यबाट म्यानेजर, सुब्बाहरू डराउँछन्, तर बाजेको उदारता रित्तिन्न । सामान्यतया जमिनदारहरू क्रूर, कठोर र शोषक प्रवृत्तिका हुन्छन् तर बाजेमा त्यस्ता कुनै दुर्गुणहरू छैनन् । उनमा उदार एवं परोपकारी भावना भरि भराउ छ । आफ्नो जमिनदारीको सक्रिय सञ्चालन र थप आर्थिक समृद्धिप्रति उनको चासो र चिन्ता छैन । उनमा रिसराग, द्वेष आदि प्रवृत्ति पनि छैनन् । पोइला गएकी सुभद्राप्रति आत्मीय माया गरि रहने र उसको भावी जीवन सुखी होओस् भनेर शंकर नगर गाउँ नै जार खेमानन्दका नाममा दर्ता गराउन आदेश दिने उनको स्वभाव अचम्मको छ । यस्ता प्रसङ्गले करुणाकरको चरित्रलाई अत्याधिक आदर्शीकृत गरेका छन् । सुभद्राको चरित्रबारे उठेका निराधार हल्लामा विश्वास गर्ने कमजोरी रहेकाले उनको पछिल्लो जीवन कारुणिक र पीडामय बन्दछ । बाजे सुभद्रालाई अत्यन्त गहिरो माया गर्ने सहृदयी एवं भावुक प्रवृत्तिका व्यक्ति हुन् । उनले सुभद्रामा पत्नीत्व मात्र होइन आश्रयत्व पनि अनुभव गरेका छन् र समाज र परिवारको मर्यादाको पनि वास्तै नगरी खेमानन्दलाई छोडी पुनः आफ्नै घर फर्कन आग्रह गरेका छन् । समाज र आफन्तका करबलले सुभद्रासँग दोस्रो विवाह गर्न राजी भएका बाजे सदाचारी पनि हुन् । उपन्यासमा उनको सहृदयता, भावुकता, आत्मीय प्रेम र उदारताको सूक्ष्म विवेचना भएको छ । उनबाट सम्पन्न वर्गका मानिसमा बिरलै पाइने हृदयको विशालता, उदारता र कल्याणकारी भावना प्रकट भएको छ ।
२.२.३ खेमानन्द
अड्डामा खरदार भई काम गर्दा घुस खाए बापत जागिर खोसिएको खेमानन्द यस उपन्यासको दुष्ट चरित्र हो । घुसकै कमाइबाट उसले करुणाकर बाजेकै मौजा बदला पुरका साँधमा दुई आना जमिनदारीको हिस्सा किन्यो । श्रीमतीको निसन्तान मृत्यु भएकाले ऊ विधुर भएको थियो । जग्गाकै सिलसिलामा बाजेको परिवारसँग झगडा भए पनि उसले बाजेबाट फाइदा लिन मेलमिलाप गर्ने जुक्ति अपनायो । विशाल मौजा भएका र प्रबन्ध कुशल कारिन्दा भएका बाजेसँग झगडा गरेर उसले केही पाउने पनि थिएन । त्यसैले आफ्नो धुत्र्याइँ र लुच्याइँका भरमा सुभद्रासँगको नाता जोडी बाजेको परिवारमा भित्रियो र चाकडी आदि क्रिया मार्पmत परिवारको निकटस्थ बन्न सफल भयो । बाजेको उदारता र बज्यैको कृपापात्रताको भरपुर लाभ उठाउँदै उसले परिस्थिति आफ्ना अनुकूल बनायो र परिवारमा दखल पनि बढायो । प्रत्येक कुरामा बाजेको र विशेष गरी बज्यैको आड पाउने हुनाले पहिल्यैदेखि काम गरि आएका म्यानेजर, सुब्बा आदिको भाउ परिवारमा घट्यो र तिनमा खेमानन्दप्रति ईष्र्या र शत्रुता उब्जियो । त्यसैको परिणाम थियो जमिन खरिद प्रकरणमा खेमानन्द र बज्यैका बिचको अनैतिक सम्बन्ध छ भन्ने दुस्प्रचार । उक्त दुस्प्रचारले बज्यैका जीवनमा खल्बली ल्यायो तर धूर्त खेमानन्दले त्यसबाट उल्टै फाइदा भएको ठान्यो । उसको आँखा सुभद्रा आफूसँग आउँदा उनकै नाममा रहेको शंकर नगर गाउँको स्वामित्व पनि आउने भन्ने कुरामा परेको थियो । शंकर नगर आफ्नो नाममा दर्ता भएपनि त्यो अनाथ, असहायहरूको नासो भएको र त्यसमा दखल गर्न नहुने कुरो सुभद्राले बारम्बार भन्दा पनि खेमानन्द राजी हुँदैन । ऊ अटेरी गर्दै सो गाउँ हत्याउने दाउमा लागि रहन्छ र त्यसबाट उसको कुटिल र घृणित मनस्थिति प्रकट भएको छ । त्यसै गाउँका निम्ति उसले सुभद्राको घृणापूर्ण व्यवहार र हेपाहा दृष्टिलाई पनि धैर्यताका साथ सहेको छ । उपन्यासको प्रमुख खल चरित्रका रूपमा प्रस्तुत खेमानन्द पैसाका निम्ति निर्लज्ज काम गर्ने अटेरी चरित्र हो । सुभद्राको गरिमामय व्यक्तित्वको आदर्शीकरणका निम्ति उपन्यासकारले खेमानन्दको चरित्रलाई सहज रूपमा विकसित हुन नदिई न्यूनीकृत गरेको पाइन्छ ।
२.२.४ अन्य
यस उपन्यासमा म्यानेजर र करुणाकरकी विधवा बहिनीको भूमिका पनि उल्लेख्य छ । म्यानेजर बाजेको प्रबन्ध कुशल कर्मचारी हो । उसैबाट सञ्चालित जमिनदारीको व्यवस्थापनले बाजे निस्फिक्री बस्न पाएका छन् । सुभद्राको स्वच्छ चरित्रमा दाग लागेको र बाजेबज्यैको जीवन दुर्घटित भएको प्रसङ्गमा उसले आपूmलाई पनि दोषी पाएको छ । त्यसप्रति आत्मग्लानिको अनुभव पनि गरेको छ । बाजेकी विधवा बहिनीले मुख्यतः खेमानन्द र सुभद्राको अनैतिक सम्बन्ध रहेको हल्ला मच्चाउनमा भूमिका खेलेकी छ । यसको आड नपाएका भए म्यानेजर सुब्बामा पनि त्यस्तो आँट आउने थिएन । यो आफ्नै वैधव्यको कुण्ठा र भाउजू सुभद्राप्रतिको ईष्र्यामा जलि रहेकी चरित्र हो र यसको पछिल्लो स्थितिबारे उपन्यास मौन रहेको छ । यस बाहेक अमञ्च्य चरित्रमा करुणाकरकी जेठी श्रीमती पनि देखा परेकी छ ।
उपन्यासका चरित्रको चित्रणमा मुख्यतः अप्रत्यक्ष विधिको उपयोग गरिएको छ । प्रमुख पात्रको चरित्र चित्रणमा संवादको प्रयोग भएको छ । कतिपय सन्दर्भमा स्वयं उपन्यासकारले प्रत्यक्ष वर्णनबाट पनि चरित्र चित्रण गरेका छन् । जस्तो ः पात्रको संवादबाट ‘‘उनले भनिन् थोरै पढ्ने लेख्ने सुविस्ता पाए पनि साँच्चिकैको बाहुन बाबुको घरमा धर्मशास्त्र, र पुराणहरूका कथाका कुरा भने धेरै सुनेकी र सिकाएकी पनि हुँ । फेरि ठुलाबडाका घरमा बिहा भई आएर ठूलाहरूका चालचलन, रहन सहन, बुभ्mने, सम्झने बानी व्यहोराले पनि कम्ती थाहा पाएको छैन (भिक्षु, २०३८ ः १२८) उपन्यासकारको टिप्पणीबाट पनि चरित्रको चित्रण यसरी गरिएको छ –“बाजे कदाचित् बज्यैका कुरा सुनि रहेकै थिएनन् । केवल उनको बोलीको गुञ्जन मात्रै उनको कानमा परि रहेको थियो र बज्यैले कुरा टुङ्ग्याई चुप लाग्दा नलाग्दै उनी त्यही खाटमा घोप्टिएर निस्वर बच्चो जस्तै रुन थाले (भिक्षु, २०३८ ः१३८) ।” यसरी ‘सुभद्रा बज्यै’ उपन्यासका चरित्रहरूको चित्रण विभिन्न तरिकाले गरिएको देखिन्छ ।
२.३ परिवेश
यस उपन्यासको कार्यस्थल तराईको बदला पुर भन्ने ठाउँ हो । यस उपन्यासमा प्रशस्त जमिनका मालिक करुणाकर बाजेको विशाल जमिनदारीलाई प्रस्तुत गर्न तराईको कार्यस्थल छनोट गर्नु स्वाभाविक देखिन्छ । उपन्यासमा बाजे, खेमानन्द तथा म्यानेजरका घरका दृश्यहरू प्रस्तुत भएका छन् । बाह्य परिवेशको विस्तृत विवरण र सूक्ष्म अङ्कन छैन । केही प्रसङ्गमा गरिएको परिवेश चित्रण यस्तो छ ।
एउटै कोठामा ओछ्यान लगाएका दुई वटा खाटमध्ये एउटामा तमाखु खाँदै लडि रहेको खेमानन्दले नली अलि पर सारेर भन्यो ‘‘शंकर नगर मौजाको मालपोत कति छ हँ ?” भित्तामा नजर गडाएरै बज्यैले भनिन्– ‘‘म्यानेजरलाई थाहा होला (भिक्षु, २०३८ ः १२४) ।”
यस प्रकारको चित्रण पनि सीमित मात्र रहेकाले उपन्यासको भौगोलिक परिवेश सीमित छ । उपन्यासले प्रस्तुत गरेको समयगत परिधिको स्पष्ट सङ्केत प्रकट भएको छैन, तर करुणाकरको विस्तृत परिमाणको जमिनदारी र चरित्रको मनस्थितिले करीब ४÷५ दशकपूर्वको नेपालका तराईको समयगत परिवेशलाई प्रस्तुत गरेको देखिन्छ । उपन्यासकारको अभिरुचि चरित्रगत मनस्थितिको सूक्ष्म विश्लेषणतिर केन्द्रित रहेकाले बाह्य परिवेश सीमित छ । यसमा बाजेको सहृदयी, भावुक एवं कोमल मानसिकता, बज्यैको बाजेप्रतिको अन्तस्तलमा निगूढ आत्मिक श्रद्धा र अपार भक्ति सूक्ष्म रूपमा प्रकट भएको छ । बज्यैका हृदयतलमा सञ्चित पीडाबोध एवं उसको खेमानन्दप्रतिको सघन घृणा पनि व्यापक मानसिकता सहित चित्रित छ । उपन्यासले महीयशी नारी चरित्रको दया, ममता, करुणा र सहिष्णुताको चित्रण तथा अभिजात वर्गका व्यक्तिको उदारता, दयामयता र कल्याणकारी मनस्थितिको अङ्कनमा विशेष आग्रह प्रस्तुत गरेको छ । त्यहीँ खेमानन्दको तुच्छता पनि चित्रित छ । यस प्रकारको पर्यावरण निर्माणमा भिक्षुको मनोवैज्ञानिक कथा लेखनको परिपक्व शैलीको झल्को मिलेको छ । यसरी यस उपन्यासमा सीमित रूपमा बाह्य परिवेश चित्रण हुनुका साथै आन्तरिक मनस्थितिगत परिवेशको चित्रण गहनतापूर्वक भएको देखिन्छ ।
२.४ उद्देश्य
‘सुभद्रा बज्यै’ उपन्यासले प्रेम र सेवाका निम्ति कुनै पनि परिस्थिति बाधक हुँदैन भन्ने सन्देश दिएको छ । नायिका सुभद्रा तथा नायक करुणाकरका बिच वैवाहिक सम्बन्ध सूत्र जोडिँदा र विच्छिन्न हुँदा पनि उनीहरूको आत्मीय प्रेममा बाधा उत्पन्न भएको छैन । उनीहरूले गर्ने सहयोग अनाथहरूको सेवा र सहयोगमा पनि कुनै असर परेको छैन । चरित्र सम्बन्धी निराधार हल्ला पैmलिएपछि सुभद्रा खेमानन्दसित जान्छिन् र करुणाकरसँगको पतिपत्नीको औपचारिक सम्बन्ध टुट्छ, तर तिनीहरूको पारस्परिक आत्मीय प्रेम अझ गहन र प्रगाढ बनेर प्रकट हुन्छ । यस सन्दर्भमा समालोचक गोपीकृष्ण शर्माले यथार्थमा सुभद्राको चरित्र महनीय छ र पोइला जानु नजानुसँग चरित्रको सरोकार छैन भन्ने धारणा व्यक्त गरेका छन् (अधिकारी, २०४९ ः १६६–१६९) । हार्दिक प्रेममा त्याग र समर्पण हुन्छ भन्ने उदाहरण उपन्यासमा प्रस्तुत गरिएको छ । पोइला गएपछि खेमानन्दसित सुभद्राको सम्बन्ध केवल देखावटी मात्र छ, हार्दिक हुन सकेको छैन । खेमानन्दको तुच्छ एवं स्वार्थी दिमागले सुभद्रालाई पश्चात्ताप र आत्मग्लानिको भुमरीमा पारेको छ । करुणाकरसँग बाहिरी सम्बन्ध टुटे पनि भावनात्मक आत्मीय सम्बन्धमा सूक्ष्मता प्रकट भएको छ । विधवा बहिनीको ईष्र्या र म्यानेजर लगायतका व्यक्तिको शत्रुतामा उत्पन्न हल्लाका कारण आवेशमा आएर करुणाकरलाई छोडेकोमा सुभद्रालाई पश्चात्तापबोध भएको छ । त्यही हल्लाका कारण निस्कलङ्क सुभद्रालाई आपूmले अन्याय गरेकोमा करुणाकर पश्चात्तापमा परेका छन् । सुभद्रा करुणाकरले दुख नपाऊन् र तिनको रेखदेख राम्रोसँग होओस् भन्ने भाव राख्दै म्यानेजरलाई भन्छिन्– ‘‘बाजेको ध्यान राख्नु, नोकरीलाई नोकरी नसम्झनू (भिक्षु, २०३८ ः१३७) ।” बाजेको उदारताको त कुरै छोडाँै । उनले सुभद्रा आफूलाई छोडेर खेमानन्द जस्तो गरिबकहाँ पोइला गएकीले दुख पाउली भनेर आफ्नो शंकर नगर गाउँ खेमानन्दकै नाममा दर्ता गरि दिन म्यानेजरलाई अराउँछन् । बज्यैले सो कुरामा विमति जनाएपछि पुनः आफ्नै घर फर्कन आग्रह गर्दै ‘‘बज्यै घरमा फर्क, फर्क नत्र भने बाँच्ने जुक्ति छैन (भिक्षु, २०३८ ः १३८) भनी रोइ कराइ गर्छन् । सामाजिक प्रचलन र वंशगत मर्यादालाई चुनौती दिँदै सुभद्रालाई घर फर्कन आग्रह गर्नुमा उनको बज्यैप्रतिको आत्मिक श्रद्धा प्रकटित भएको छ । यसका साथै असहाय, अनाथ र आश्रयहीनहरूको सेवामा बाजेबज्यै दुबै समर्पित छन् । पति पत्नी रहँदा पनि र नरहँदा पनि तिनीहरूले दान दातव्यको पुण्य अभियान नै चलाएका छन् । आश्रयहीनहरूलाई भनी छुट्टयाइएको शंकर नगर गाउँमा खेमानन्दको गिद्धे दृष्टि परेकोले सुभद्रा त्यसलाई बाजेकै नाममा सुम्पन आतुर छन् । उनले म्यानेजरसँग यसो भनेकी छन् – ‘‘शंकर नगर बाजेको सम्पत्ति भए पनि हक भने अनेकन गरिब, गुरुवा, निसहाय छात्र विद्यार्थीहरूकै भनी सत्कार गरी गाउँको आम्दानीले प्रतिपालितहरूको वृत्ति नछुटोस् (भिक्षु, २०३८ ः ।’’ यस भनाइले सुभद्राको सेवामुखी कल्याणकारी भावना मुखरित भएको छ । उपन्यासकारले ‘आवर्त’ कथा संग्रहको भूमिकामा नारीको महीयशी पदको चित्रणका निम्ति ‘सुभद्रा बज्यै’ उपन्यासको सिर्जना गरेको कुरा उल्लेख गरेका छन् । उपन्यासकारको यही आग्रहले सुभद्राको गरिमामय व्यक्तित्व त चित्रित भएको छ तर कताकता उनको चरित्रमा कृत्रिमता पनि प्रकट भएको छ किनभने उनको जस्तो गरिमामय भूमिका निर्वाह गर्ने व्यक्ति व्यावहारिक जीवनमा पाइन सम्भव छैन । सधैँ कुविचार बोक्ने खेमानन्दको दुर्दशा तथा म्यानेजरको पटक पटकको क्षमा याचनाले तिनीहरूकै कर्मको परिणामलाई प्रस्तुत गरेका छन् । आवेशमा आएर गरिएका गलत निर्णयले कालान्तरमा ठूलो पश्चात्ताप भोग्नु पर्छ भन्ने भाव सुभद्रा र करुणाकरले भोग्नु परेको पश्चात्तापबाट प्रकट भएको छ । समष्टिमा उपन्यासमा आत्मीय प्रेम, मानवता र कल्याणकारी कार्य गर्नका निम्ति मानिसलाई कुनै वर्ग र सामाजिक सम्बन्धले छेक्दैन भन्ने सन्देश आदर्शवादी कोणबाट प्रस्तुत गरिएको छ ।
२.५ भाषाशैली
‘सुभद्रा बज्यै’ संस्कृतनिष्ठ विशिष्ट भाषाशैलीको प्रयोग गरिएको उपन्यास हो । यसमा प्रयुक्त वाक्यहरू प्रायः लामालामा छन् र शब्दहरूको प्रयोगमा तत्सम बहुलता पाइन्छ । सामान्य जीवनका व्यावहारिक सन्दर्भमा प्रयुक्त हुने सरल वाक्य र प्रचलित शब्दहरूभन्दा तत्सम शब्द र विशिष्ट वाक्य गठनको प्रयोग यसमा गरिएको छ । अवधी मातृभाषा भएका भिक्षुको यस उपन्यासको नेपाली भाषामा सरलता र सहजता पाइन्न । पात्रका मनभित्र खातैखात परेर गुत्थिएका भावहरूलाई बिस्तारै बिस्तारै उघार्दै लैजाने र रहस्यको समष्टि बिम्ब छर्लङ्ग पार्न खोज्ने भिक्षुमा सूक्ष्म विश्लेषणको प्रवृत्ति पाइन्छ । अभिव्यक्ति शैलीमा घुमाउरोपन, विश्लेषणात्मकता र सूक्ष्मता भिक्षुका उपन्यासको भाषाशैलीगत विशेषता हो । यही घुमाउरोपनले साधारण पाठकका निम्ति भिक्षुका उपन्यासका वाक्य दुर्बोध्य लाग्छन् । भिक्षुका उपन्यासको अभिव्यक्तिगत जटिलता निम्न उद्धृतांशले पनि प्रकट गर्छ ।
हुन त यो जम्मै झुठा हो, तर आज तिमीले एउटा जार जस्तोको हकपर्यन्त ममाथि लगाएर मलाई पाउनुको सट्टा जो मेरो अथवा मेरो आधारले पनि तिम्रो होइन, त्यस शंकर नगर गाउँमा आफ्नो जुन हक तिमीले जोर्न लगाउन थाल्यौ, त्यस लाभले त्यो झुठ र मिथ्यालाई पनि व्यर्थ पारिदियौ (भिक्षु, २०३८ ः १२९)
आपैmमा भावको अस्पष्टता, क्लिष्टता र भद्दापन प्रकट गरि रहेको यस्तो वाक्यले भिक्षुको औपन्यासिक शैलीलाई जटिल बनाएको छ । साथै उपन्यासमा प्रशस्त संवादको प्रयोग गरिएको छ र त्यस्ता संवादले मनभित्रका गहन तहहरूलाई यसरी केलाएका छन् ।
म्यानेजर बाबु, सुभद्रालाई सजाय दिन सकिन्छ, तर अपमानित गर्न सकिदैन । सम्झेकी थिएँ (त्यतिसम्म त मेरो लोग्नेले थाहा पाउनु भएको होला, तर लाग्छ तिम्रो मालिकले थाहा पाइसक्नु भएन र आज जमिनदारी राजीनामा गर्न आए पनि थाहा नपाएकै झै कुरा गर्नु भयो (भिक्षु, २०३८ ः १३६)
नेपाली आख्यान क्षेत्रमा संस्कृतनिष्ठ भावपूर्ण र क्लिष्ट भाषाशैलीको प्रयोग गर्ने भवानी भिक्षुको प्रस्तुत उपन्यास बौद्धिक र धैर्यवान् पाठकका निम्ति सघन र मार्मिक छ ।
उपन्यासको प्रस्तुति तृतीय पुरुष दृष्टि विन्दुमा गरिएको छ । थालनीमै निष्कर्ष सङ्केत गरी पूर्वदीप्ति विधि मार्पmत प्रस्तुत गरिएको यस उपन्यासको ढाँचा नवीन खालको छ र निम्नानुसार अघि बढाइएको छ ।
कथाक्रमको एउटा संक्षिप्तमा नै भन्नु पर्ने आरम्भिक इतिहास छ ।
करुणाकर बाजेकी पहिली गृहिणी अलि चर्कै स्वभावकी, रुखी, कञ्जुस प्रवृत्तिकी भएर घरमा सा¥है कडा, साथै खस्रो प्रशासनले घरको श्रीलाई पर्यन्त आफ्नो स्वाभाविक रस र माधुर्य (सुरुचि सृजित गर्न असमर्थ हुनु परेको थियो ... । यसै तरिकाले बिचमा पनि उपन्यासकार स्वयं समाख्याता बनी उपन्यासको विषयलाई अघि बढाएर टुङ्गयाएका छन् । उपन्यासकारले विभिन्न चरित्रका संवाद, घटना र दृश्यको प्रस्तुति पनि गरेर बढी मात्रामा सुभद्राको सौम्य, हृदय, करुणाकरको भावुक मनस्थिति तथा खेमानन्दको तुच्छतालाई प्रस्तुत गरेका छन् ।
३. निष्कर्ष ः
‘सुभद्रा बज्यै’ नेपालको तराई समाजको सम्पन्न वर्गीय परिवेशमा आधारित सामाजिक लघु उपन्यास हो । आकारमा संक्षिप्त र चरित्रमा सीमित रहेकाले यसलाई लघु उपन्यास भनिएको छ । यसले प्रचलित सामाजिक परिपाटीभन्दा भिन्न सन्देश व्यक्त गरेको छ । मुख्य रूपमा नारीभित्रको कोमलता, करुणा, दया र उदारताको चित्रण गर्दै पोइला गएपछि पतित ठानिने सामाजिक प्रचलनभन्दा भिन्न नारीको महिमामयी स्वभावलाई यसले प्रस्तुत गरेको छ । जमिनदार वर्गले निम्न वर्गीय मानिसमाथि गर्ने शोषण र थिचोमिचोका प्रचलित प्रवृत्तिभन्दा भिन्न सेवा, सहयोग र कल्याणकारी मनस्थितिको चित्रण पनि यस उपन्यासमा भएको छ । आमधारणामा प्रचलित अभिजात वर्गीय व्यक्तिको शासकीय त्रूmर मनोवृत्तिलाई प्रस्तुत नगरी उदारमना चरित्रलाई प्रस्तुत गर्ने प्रवृत्ति भिक्षुको ‘आगत’ उपन्यास र कथा रचनामा पनि पाइन्छ । यस उपन्यासमा त्यही प्रवृतिको प्रयोग गरिएको छ । सम्भ्रान्त वर्गका कतिपय मानिस उदार पनि हुन्छन् भन्ने तात्पर्यमा यस कृतिलाई बुभ्mन सकिन्छ । उपन्यासकारले खराब काम गर्ने कुमति भएका खेमानन्द र म्यानेजरको पीडा र पश्चात्तापलाई मात्र होइन आवेशमा आएर हतारमा निर्णय गर्ने सुभद्रा र करुणाकरले भोग्नु परेको दुर्घटनालाई पनि प्रस्तुत गरेका छन् । उपन्यासमा सुभद्रा र करुणाकरको भावुक मनस्थिति, तिनीहरूका हृदयतलमा खाँदिएर बसेको आत्मिक प्रेम र परस्परको श्रद्धाभाव अनि तिनीहरूका मर्ममयी पीडाको गहिराइलाई सूक्ष्मता र गहनताका साथ केलाइएको छ । घटना र चरित्र प्रस्तुतिमा, कतिपय अस्वाभाविकता, बाह्य परिवेश निर्माणमा सीमितता र अभिव्यक्तिमा केही जटिलता रहेपनि प्रस्तुत उपन्यासले अन्तर्वस्तुको निर्माण र प्रस्तुतिगत नवीनता प्रदान गरी निजत्व कायम गरेको छ ।
सन्दर्भ ग्रन्थ सूची
अधिकारी, अच्युत रमण (प्रधान सम्पा.), २०४९), उन्नयन (भवानी भिक्षु विशेषाङ्क), अङ्क १०, उन्नयन प्रकाशन ।
प्रधान, कृष्णचन्द्र सिंह (२०४३), नेपाली उपन्यास र उपन्यासकार, दोस्रो संस्करण, काठमाडौं ःसाझा प्रकाशन ।
बराल, कृष्णहरि र नेत्र एटम (२०५६), उपन्यास सिद्धान्त र नेपाली उपन्यास, काठमाडौं ः साझा प्रकाशन ।
भट्टराई, घटराज (२०४०), प्रतिभै प्रतिभा र नेपाली साहित्य, काठमाडौं ः नेसनल रिसर्च एसोसियट्स ।
भिक्षु, भवानी (२०३८), सुभद्रा बज्यै, तृतीय संस्करण, काठमाडौं ः साझा प्रकाशन ।
सहप्राध्यापक, पृथ्वी नारायण क्याम्पस, पोखरा ।