17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दिवाकर भट्टराई September 1, 2013, 8:49 pm
दिवाकर भट्टराई
दिवाकर भट्टराई

हरघडी समिपमा झुलाउन,कामको कुरा गर्ने !!

अतिगोप्य ढंगले बोलाउदै, दामको कुरा गर्ने !!

अनकण्टार डर लाग्दो, ठाउँमा लुकाई राखी

जुनसंग पौठेजोरी खेल्दै, घामको कुरा गर्ने !!

राम्रोसंग चिनेको म, सम्बन्ध पनि जानेको

अन्जान अपरिचित ढंगले, नामको कुरा गर्ने !!

जिबन धान्न मुस्किल, भएको देशमा आज

रोजीरोटीको लागि सहज, मामको कुरा गर्ने !!

सति सावित्री ठान्दै, सीताको उपमा पहिरदै

रावणको पन्जामा उसको, रामको कुरा गर्ने !!

पैसाको आडमा बाच्ने, कस्तो भाग्य लेखिन्

देखाएर लिन गार्हो हुन्छ, खामको कुरा गर्ने !!

अक्सर मान्छे प्रेममा, तड्पिएर बाचेका छन्

पुण्यको आशामा मन्दिर, धामको कुरा गर्ने !!

दमौली, तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।