परिचय
बि.सं. २०११ भदौ २० गते दाङसिङ, दहथुम गा. वि. स. श्याङ्जामा जन्मनु भएकी श्रीमती गंगा पौडेलको ‘दशैको दक्षिणा’ बाल उपन्यास लक्ष्मीस्मृति साहित्य समाज नवलपरासीलाई उपहार स्वरूप प्रंदान गर्नु भएकोमा यस पंक्तिकार तथा लक्ष्मीस्मृति साहित्य समाजको तर्फबाट धन्यवाद दिन्छु । श्रीमती गंगा पौडेलको ओजु र डाँफे काव्य पढ्न र केही शब्द कोर्ने अवसर प्राप्त भएको थियो । त्यो काव्यको अध्ययनले मलाई गङ्गाजीको बाल साहित्यप्रतिको लेखनशैलीमा निकै आकर्षित पारेको थियो । आज मेरो हातमा ‘दशैको दक्षिणा ’ (बाल उपन्यास) छ र यसलाई मैले रमाइ रमाइ पढीरहेको छु । यो बाल उपन्यास ३० पृष्ठको छ । शब्दार्थ प्रकाशन काठमाण्डौले प्रकाशन गरेको यो कृतिको मूल्य रु ४० ÷–राखिएको छ । आज एक पटक ओजु र डाँफे बालकाव्यलाई सम्झन मन लाग्यो र त्यसमा साहित्यकार दैवज्ञराज नौपानेज्यूले –श्याबास कवियित्री गंगा पौडयालज्यू भन्दै लेख्नु हुन्छ –‘बाल साहित्य त्यसै लेखेर मात्र्रै हुँदैन, बाल मनोविज्ञान, बालभाव पनि जान्नु आवश्यक छ । अझ आँफू पनि पूर्णरूपले बालक बनेर उनीहरूसँग रमाउन सक्नु पर्दछ ’ । बास्त्वमा गङ्गाजीले यस उपन्यासमा आँपूmलाई बालककै रूप धारण गरेर उपन्यासको सिर्जना गर्नु भएको छ । उपन्यास सानो छ तर सामाजिक संस्कृतिको रूपमा, घरघरमा खसी काट्नै पर्ने दशैम पुगोस नपुगोस टिका थाप्न आउनेलाई दक्षिणा दिनै पर्नेजस्ता अवधारणालाई केलायर, सोहीचाडपर्बमा घटनामा आधारित भएर लेखिएको यो उपन्यास यथार्थ परक र मिठासपूर्णा छ । यस उपन्यासमा कुनै साहित्यकारको भूमिका लेखाइएको छैन । लेखकले आफ्नो बारेमा र आपूmले यो उपन्यास लेखनको खास उदेश्य के हो ? आदिको बारेमा पनि केही दर्शाएकी छैनन् । शुद्ध उपन्यासलाई यसमा समावेश गरिएको छ र हिंसारहीत दशैं मनाउन सकिने धाराणा राखिएको छ ।
उपन्यासको सारसङ्क्षेप
खिलुङगाउँको अमर शर्मा, जेठाबाजे र जेठी बज्यैको छोरा अमर, देशमा चलिरहेको द्वन्द्वबाट बच्च काठमाण्डौ जान्छन् र त्यहीं विवाह गरेर छोरा जन्मन्छ । छोरा रितेश आठबर्ष पुगे पछि दशैको चाड, आफ्नै खिलुङ गाउँमा, मनाउन घर आउँछन् । शहरको परिवेशमा जन्मेको र एउटा साँघुरो घरभित्र हुर्केको छोरा गाउँको खुला वातावरणमा, सुन्दर प्राकृतिक सौन्दर्यमा रमाउँछ साथै अमरकी श्रीमति पनि खुबै रमाउँछिन् । रितेश हजुरबाबा र हजुरआमाको मायामा बाँधिन्छ । कहिले ऊ बाख्रा हेर्न जान्छ, कहिले हिमाल र झर्ना हेर्छ । दशैको पूmलपातेको रमाइलो हेर्छ अष्ठमीको दिन खसी काट्ने बेलामा हजुरबाले जब खसीको पूजा गरेर काटन थालिन्छ त्यतिवेला उसले हजुरबालाई पूजा गर्नुको उद्देश्य सोधनी गर्दा काटेर उसलाई मासु खुवाउने भनिए पछि मास’ खाए पनि यसरी खसीकाटेर मासु खाइन्छ भन्ने उसलाई थाहाथिएन र थाहा पाए पछि खसीप्रति माया जागेर आउँछ काट्न दिंदैन । वीरेलाई पनि खसी काट्न दिंदैन । वीरेले खसी काट्न जोड गर्दा रितेशले वीरेलाई यदि ‘त्यै खुकुरीले तपाइँलाई काटे कस्तो हुन्छ नि ? यो प्रशनले खसी काट्दै हिड्ने पेशामा सम्लग्न वीरे झस्कियो र खसीकाट्ने पेशालाई नै छाडिदियो । गाउँभरी नै दशैमा मासु खानु पर्छ भन्ने परमपरा तोडियो । यसरी नै अमरले यस पटकको दशै फरक किसिमले मनाउने, नगद दक्षिणा नदिने बरु किताब दिने भनिएको थियो । सोही बमोजिम किताब बाँडियो । थरी थरीका मिठाईहरू र खनाहरूलाई निर्मला( अमरकी पत्नी)ले स्वइच्क्षाले लिने गरि सजाइन् । सबै जातिकाले समान व्यवहारमा टिका लगाउने र खाना खान पाए । जातिय भेदभाव र छुवाछुतमुक्त समाजको निर्माणमा यो घरका परिवार एकजुटसँग लाग्दछन् । यसै बखतमा त्रिभुवन विश्व विदालयका स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू चाड पर्वको बारेमा सोधपत्र तयार गर्ने एक दलित र एक क्षेत्रीय विद्यार्थी आएर अध्यनको थालनी गर्न थाल्दछन् । अमर उनकी पत्नी निर्मला काठमाण्डौतिर लाग्दा रितेशले हजुरबा र गाउँ छाडेर जान मान्दैन । रितेशलाई गाउँमा हजुरबासँग छाडेर दुबै जना काठमाण्डौ लाग्छन् । गाउँमा निर्मलालाई राम्रो लागे पछि गाउँ फर्केर निर्मलाले पाठशालामा र अमरले सहकारीको माध्यमबाट गाउँका युवकलाई विदेश जानबाट रोकेर कृषि विकासको काममा लगाउने अठोट गर्दछन् । दशै विदाको दोस्रो दिन अमरले अफिसमा पत्रिकामा ‘दशैंको दक्षिणा र खिलुङगाउँ’ भन्ने लेख पढन पाउँछन् र उनीमा खुसी आउँछ र निर्मलालाई फोन गर्दछन् । उपन्यास पनि यहीं समाप्त हुन्छ । उपन्यासको सारांस यत्ति भए पनियसभित्र धेरै घटनाहरुलाई समेटिएको छ ।
उपन्यासले ओगटेको क्षेत्र
‘दशैको दक्षिणा’ एउटा समाजिक उपन्यास हो । यो सानो छ तर यसमा हामीले सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, देशले भोगेको द्वन्द्व, आदि विविध व्यवहारिक पक्षलाई समातेर उभिएको पाइन्छ । दशैजस्तो हिन्दुहरूको महान चाड, अति खर्चिलो, गरिबहरूले थाम्नै नसक्ने, चाडलाई खर्चरहित सहजरूपमा मनाउनको लागि यसले उदहरण सहितको शिक्षा प्रस्तुत गरेको छ ।
उमेरले आठ बर्षको, सहरमा जन्मेको र सहरीया वातावरणमा पढेको एउटा रितेस नामक बालकले, काट्न लागेको खसीलाई काटन नदिएर एउटा सग्लो गाउँलाई नै खसी काट्ने परम्परालाई तोड्नमात्र सफल छैन कि उसले अबदेखि मासु नखाने प्रण गर्दछ । मासु काट्ने पेशाबाटै दशैको खर्च जुटाउने वीरेलाई त्यस दिनदेखि खसी काट्ने कर्म त्यागि दिने अठोटमा पु¥याउँछ ।
यस उपन्यासले आजका युवायुवतीको खेतीप्रतिको घट्दो आकर्षणलाई दर्विलो रूपमा समाएको छ । खेतबारी बाँझिनु, गाउँबाट बजारमा अनाज जानुभन्दा बजारबाट अनाज गाउँमा ल्याइनु, जेठाबाजेले आजकल पलाष्टिकका चामल बन्छन् अरे नि भन्ने प्रश्न राख्दा अमरले मानिस पनि पलाष्टिकका बन्ने हुन् कि भन्ने व्यङ्ग कस्नु, अमर गाउँमा फर्केर सहकारीको माध्यमबाट कृषि पेशालाई मर्यादित पार्दै विदेशिएका युवाहरूलाई कृषि विकासमा आकर्षित गर्ने धारणा देखिनु र निर्मलालाई शिक्षा क्षेत्रमा सेवारत रहने कुराहरूले यस उपन्यासमा कृषि र शिक्षाको विकासमा जोड दिएको देखिन्छ । कृषि पेशालाई उपेक्षित भएको बेला बालजगतबाटै कृषि विकाशमा आवध्धता गराउन खोज्नु उपन्यासको उच्चाइ थपेको छ र एउटा गरिमामय भूमि खेलेको मेरो ठम्याई छ ।
यस उपन्यासले द्वन्द्वको यथार्थतालाई पनि उठाएको छ । युवाहरूलाई जवर्जस्ति जङ्गलतिर लाने बाध्यता बाट जोगाउनको लागि काठमाण्डौ तथा विदेश पठाइएको, बलिको नाममा १२ बर्ष पहिला सुराकीको आरोपमा देवीथानमा लगेर खुकुरीले काटेको, द्वन्द्वको छाप आजसम्म पनि नमटिएको, गोलीले प्याल पारेका भित्ता जस्ताको त्यस्तै भएको आदिले द्वन्द्वप्रतिको यथार्थता पनि हामी यहाँ पढ्न पाउँछौं । आज पनि देश, कुनै न कुनै प्रकारको द्वन्द्वको मारमा, पिल्सिएको छ । यो उपन्यासले द्वन्द्वलाई समावेश गरेर देशले र जनताले भोगेका घटनालाई प’नताजकी गराएको छ ।
हाम्रो समाजमा आजको यो युगमा पनि जात–भात तथा छुवाछुतको खाडल अति गहिरो छ यस उपन्यासमा छुवाछुतमुक्त समाजको सिर्जना गर्नको लागि कटिबध्ध देखिन्छ । दशैंको टिका र आशीर्वाद थाप्ने कर्ममा उपल्लोजात ठानिनेहरूले तल्लोजात (दलित) मानिनेहरूलाई टिका नलगाइदिने र सँगसँगै बसेर खाना नखाने प्रचलन आज पनि जिउँदो छ । यहाँ भने जेठाबाजेले सबैलाई भेदभावरहित टिका लगाइ दिन्छन् र टिका पछि सबैलाई खाना खाने तथा मुखचलाउनै पर्छ भन्ने चलनमा निर्मलाले खानाहरूलाई राखेर स्वरोजाई र स्वइच्छ्यामा खानाखाने आग्रहले समतामूलक समाजको सिर्जना गर्न उपन्यासले पहलीकदम चालेको छ, जो सह्रानीय छ ।
यस उपन्यासको अर्को सकरात्मक पक्ष भनेको समाजका गतिविधिलाई जनसमक्ष ल्याएको देखिन्छ । यहाँ चाडपर्वका सकरात्मक र नकरात्मक पक्षमा सोधपत्र तयारी पनि गराइएको छ र सो को प्रचारप्रसारको लागि पत्रिकामा पनि प्रकाशन गरिएको छ ।
यस उपन्यासमा प्रयोग गरिएको भाषाशैली पनि सरल, सुवोध, शिष्टरूपमा प्रस्तुत गरिएको छ । साहित्य समाजको दर्पण हो । साहित्यले समाजलाई नकरात्मक पक्षबाट सकरातमक पक्षमा परिवर्तन गराउन सक्नु पर्दछ । यस उपन्यासले परिवर्तनको संवाद लिएर आएको छ । ‘युवा भनेका देशका खम्बाहुन् , अभिभावकका बाँच्ने सहारा हुन् , ‘यसपालिको दशैं हिंसामुक्त भयो’, ‘आयो दशैं ढोल बजाई गयो दशैं ऋण बोकाई’, ‘हामीलाई त खसीको सट्टा फर्सी भए पनि हुन्छ’ ‘भो भो अबदेखि चिचि खान्न, पोलेको कान पनि खान्न खसी नकाट्ने’ आदि बाल बोली सहितका मीठा शब्दहरूले सजिएको छ उपन्यास । यस उपन्यासमा उपदेशमूलक र दार्शनिक अभिव्यक्ति पनि कहींं कहीं प्रयोग भएको पाइन्छ ।
पात्रहरूको चयन पनि रितेश, रितेशका बाबुआमा (अमर र निर्मला) ,रितेशका हजुरबा र हजुर आमा र वीरे यस उपन्यासका मुख्य पात्रहरू हुन् । धेरै भूमिका रितेशको छ । पात्रहरुको अभिव्यक्ति पनि सुन्दर र यथार्थपरक छ ।
अत उपन्यास छोटो छ, शन्देस मूलक छ ,बालबालिका हरुलाई मनपर्ने र सहजै स्वीकार्ने पनि छ । गङ्गाजीलाई गहन कृतिको लागि धन्यवाद दिन चाहान्छु ।
धन्यवाद
शान्तिचोक, कावासोती, नवलपरासी