14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

असत्य छ सबै

कविता भोला अधिकारी September 14, 2013, 3:47 am

जग शुन्य छ यो सबले बुझिदे

जव अन्तिममा सब नष्ट हुने।

जनका मनमा किन शान्ति हुनु

दिन एक सबै छ मसान हुनु।।

सब मानव यी कति दुष्ट भका

जति सभ्यवने उति दुष्ट भका।

जव नाश हुने त शरीर छ यो

तव व्यर्थ अहो! दिल रुन्छ किन।।

म हिजो अति शैशव बालक थे

म त्यही अव हूँ तर बृद्द भए।

म त लाग्दछ यो जग जादु न हो

प्रलय सबको जब मृत्यु त हो।।

कति वर्ष बिते सब भूत भयो

जगमा सबको इतिहास वन्यो।

न त यो सब सत्य न हो सपना

छ असत्य सबै जगको महिमा।।

उ गरीब छ छैन लता कपड़ा

उ धनी बनि लुट्छ यहाँ पसिना।

उ छ मूर्ख सदा सबका अधिमा

उ छ पण्डित हा! सबमा तगड़ा।।

सब हन् तर यी नट नाटकका

सब नाटक हो जग नाट्य गृह।

रमिता छ यहाँ कति रम्झम छ

दिन एक पुनः सब जानु त छ।।

सब आज मिलेर गरौं रमिता

कति बाँच्नु अहो! बनि दुष्ट सदा।

दिलको सब त्यो पुछि दाग अब

सब बाँच यहाँ बनि मानवता।।

अबुझाबुझमै जगमा जनले

रमिता भइ जीवन व्यर्थ सके।

न त धर्म बुझे न त कर्म बिझे

बनि दानव झैं कति हेर मरे।।

अब यो जगमा भइ काग सरी

अझ बाँच्नु यहाँ कति पेट भरी।

सकियो कतिको जुनि यै गतिमा

नर हुन्न अझै यसरी जिउँन।।

कति देख्दछ ईश्वर पाषणमा

कति खोज्दछ ईश्वर मन्दिरमा।

कति भज्दछ ईश्वर शुन्य भनि

कति जप्दछ ईश्वर सत्य गनि।।

तर छन् सब यी मनका भ्रममा

न त देख्दछ ईश्वर पाषणमा।

सब तोड़ अहो! मनको भ्रम त्यो

पुछि द्यौं मनको अति तुच्छ कुरो।।

गर कर्म ठुलो बुझि हेर अहो

फल दिन्छ उहीँ न त ईश्वर हो।

न त हुन्छ पुनः नर जन्म यहाँ

जति बाँच यहाँ गरि कर्म ठुलो।।

(छन्द त्रोटक)

राभङला दक्षिण सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।