पिता कलाधर रिजाल र माता नन्दकली रिजालको जेष्ठ पुत्ररत्नका रूपमा २००३ साल श्रावण १ गते शंकरपोखरी, पर्वतमा जन्मनु भएका सदानन्द जैसी नेपाली साहित्य आकाशका एक नक्षत्रका रूपमा स्थापित छन् । २०२० सालमा ‘आमा’ शीर्षक कविता(आमा) छपाएर औपचारिक साहित्य यात्रा आरम्भ गरेका अभागी वार्तमानिक कालखण्डसम्म नै अनवरत साहित्य आराधनामा क्रियाशील रहेका छन् । वर्तमानसम्ममा उनका विभिन्न विधाका दुई दर्जन जति कृतिहरू प्रकाशित भइसकेका छन् । तीमध्ये उनका ५ गजल सङ्ग्रह रहेका छन् । समभोग समाधि (२०६४), गजल गुटिका (२०६५), बुढौतीका रहरहरू (२०६५), अभागीका गजलहरू (२०६६) र गजल परिकार २०६८) रहेका छन् । अर्को उनको गजलसङ्ग्रह ‘गजल षष्ठामृत’ यसै विशिष्ट सम्पादित ग्रन्थकै षष्ठांशभागका रूपमा रहेको छ ।
यस प्रकार यस सम्पादित कृतिमा गजलकार अभागीका विभिन्न कालखण्डमा प्रकाशित गोजी आकृतिका ५ गजलसङ्ग्रहहरू र अन्य अप्रकाशित गजलहरू सङ्कलित रहेका छन् । पूर्वप्रकाशित तथा अप्रकाशित दुबैलाई आकलन गर्दा यसमा जम्मा ५५२ गजलहरू रहेका छन् । रसगत एवम्् भावगत विविधता यस सङ्ग्रहको मुख्य विशेषता रहेको छ ।
समसामयिक गजलमय परिवेशबाट प्रेरित र प्रभावित अन्तर आत्माका सुमधुर गुञ्जनलाई अभिव्यक्ति दिने सन्दर्भमा गजल सिर्जना गर्न आरम्भ गरेका अभागीका रचनाले उत्तरोत्तर परिष्कृति प्राप्त गर्दै गएको देखिन्छ । यिनमा रस–भावगत विविधता पाइन्छ । उनी बहरका यान्त्रिक कसी–कसाइमा भन्दा स्वच्छन्द प्रवृत्तिलाई वरण गरेका छन् । २०६५मा प्रकाशित गजल गुटिका उनको दोस्रो गजल सङ्ग्रह हो । यसको प्रकाशन विमला र सन्ध्या रिजालले गरेका छन् । यो पूर्ववर्ती रचनाभन्दा ईषद् मात्रामा भए पनि परिष्कृत देखा पर्दछन् ।
समसामयिक गजलमय परिवेशबाट प्रेरित र प्रभावित अन्तर आत्माका सुमधुर गुञ्जनलाई अभिव्यक्ति दिने सन्दर्भमा गजल सिर्जना गर्न आरम्भ गरेका अभागी प्रयत्नरत देखा पर्दछन् । उनको पहिलो गजल सङ्ग्रहको भूमिका (शुभ सम्मति) कवि गोविन्दराज विनोदीको रहेको छ । यसको प्रकाशन लक्ष्मी स्मृति साहित्य समाज र नयाँ मौसम राष्ट्रिय पाक्षिकले संयुक्त रूपमा गरेका भए पनि यसको प्रकाशकीय कथन राष्ट्रिय पाक्षिकका कार्यकारी सम्पादक रामकुमार श्रेष्ठको रहको छ । यसमा संस्कृतका छन्द वा अरवी–फारसी गजलका कठोर सीमाङ्कनहरूभन्दा पृथक् भाव र लयमा गजल सृजना गर्ने प्रयत्न गरिएको छ तर यी ज्यादा आभ्यासिक चरणकै प्रतीत हुन्छन् । जम्मा यसमा ८८ गजलहरू रहेका छन् । ६ देखि १९ वर्णसम्म फैलिएका मिसरायुक्त शेरहरूमा रदिफको प्रयोग न्यून रहनुका साथै काफिया प्रयोगमा पनि न्यून वैविध्य रहेको छ तर ती प्रचलितभन्दा ज्यादा स्वनिर्मित प्रकृतिका प्रतीत हुन्छन् । विनोदीले भने झै यसमा संरचनागत शिथिलता छ तर सँगसँगै विषयगत एवम् भावगत विविधता पनि छ । यस खण्डमा प्रस्तुत गजलहरूमध्ये ४१ गजल सम्भोग शृङ्गार र ६ विप्रलम्भ शृङ्गार सन्निकट रहेका छन् । राष्ट्रियता, मातृभूमिप्रति अपार स्नेह तथा राजनीतिक विकृति र समग्रतालाई दृष्टिगत गर्दा चाहिं यसमा शृङ्गारिकचेत बोकेका रचना कम्ती नै देखा पर्दछन् ।
विसङ्गतिलाई उजागर गरिएका तथा जनअपेक्षालाई उच्च स्थान प्रकट गरिएका १४, समसामयिक सामाजिक, आर्थिक तथा राजनैतिक विकृति र विसङ्गतिलाई उजागर गरिएका १३, जीवनदर्शन तथा आदर्शवादी–मानवतावादी चिन्तन प्रकट गरिएका ९, धार्मिक चेतको अभिव्यञ्जना प्रस्तुत गरिएका २ र कृषि तथा जनजीविकासँग जोडिएका विषयिक सन्दर्भ भएका रचना २ ओटा रहेको पाइन्छ । यसबाट आभ्यासिक कालखण्डका रचनामा मूलतः कविमा शृङ्गारिक चेतना तीब्रमात्रामा रहेको र राष्ट्रियता, जीवनदर्शन, आदि विषय र सन्दर्भहरू चाहिं गौण रूपमा रहेको स्पष्ट हुन्छ तर तिनमा भावमाधुर्य छर्नमा का रचनाले उत्तरोत्तर परिष्कृति प्राप्त गर्दै गएको देखिन्छ । यिनमा रस–भावगत विविधता पाइन्छ । उनी बहरका यान्त्रिक कसी–कसाइमा भन्दा स्वच्छन्द प्रवृत्तिलाई वरण २०६५मा प्रकाशित गजल गुटिका उनको दोस्रो गजल सङ्ग्रह हो । यसको प्रकाशन विमला र सन्ध्या रिजालले गरेका छन् । यो पूर्ववर्ती रचनाभन्दा ईषद् मात्रामा भए पनि परिष्कृत देखा
प्रयत्नरत देखा पर्दछन् । उनको पहिलो गजल सङ्ग्रहको भूमिका (शुभ सम्मति) कवि गोविन्दराज विनोदीको रहेको छ । यसको प्रकाशन लक्ष्मी स्मृति साहित्य समाज र नयाँ मौसम राष्ट्रिय पाक्षिकले संयुक्त रूपमा गरेका भए पनि यसको प्रकाशकीय कथन राष्ट्रिय पाक्षिकका कार्यकारी सम्पादक रामकुमार श्रेष्ठको रहको छ । यसमा संस्कृतका छन्द वा अरवी–फारसी गजलका कठोर सीमाङ्कनहरूभन्दा पृथक् भाव र लयमा गजल सृजना गर्ने प्रयत्न गरिएको छ तर यी ज्यादा आभ्यासिक चरणकै प्रतीत हुन्छन् । जम्मा यसमा ८८ गजलहरू रहेका छन् । ६ देखि १९ वर्णसम्म फैलिएका मिसरायुक्त शेरहरूमा रदिफको प्रयोग न्यून रहनुका साथै काफिया प्रयोगमा पनि न्यून वैविध्य रहेको छ तर ती प्रचलितभन्दा ज्यादा स्वनिर्मित प्रकृतिका प्रतीत हुन्छन् । विनोदीले भने झै यसमा संरचनागत शिथिलता छ तर सँगसँगै विषयगत एवम् भावगत विविधता पनि छ । यस खण्डमा प्रस्तुत गजलहरूमध्ये ४१ गजल सम्भोग शृङ्गार र ६ विप्रलम्भ शृङ्गार सन्निकट रहेका छन् । राष्ट्रियता, मातृभूमिप्रति अपार स्नेह तथा राजनीतिक विकृति र समग्रतालाई दृष्टिगत गर्दा चाहिं यसमा शृङ्गारिकचेत बोकेका रचना कम्ती नै देखा पर्दछन् ।
विसङ्गतिलाई उजागर गरिएका तथा जनअपेक्षालाई उच्च स्थान प्रकट गरिएका १४, समसामयिक सामाजिक, आर्थिक तथा राजनैतिक विकृति र विसङ्गतिलाई उजागर गरिएका १३, जीवनदर्शन तथा आदर्शवादी–मानवतावादी चिन्तन प्रकट गरिएका ९, धार्मिक चेतको अभिव्यञ्जना प्रस्तुत गरिएका २ र कृषि तथा जनजीविकासँग जोडिएका विषयिक सन्दर्भ भएका रचना २ ओटा रहेको पाइन्छ । यसबाट आभ्यासिक कालखण्डका रचनामा मूलतः कविमा शृङ्गारिक चेतना तीब्रमात्रामा रहेको र राष्ट्रियता, जीवनदर्शन, आदि विषय र सन्दर्भहरू चाहिं गौण रूपमा रहेको स्पष्ट हुन्छ तर तिनमा भावमाधुर्य छर्नमा पर्दछ । यसमा शृङ्गारिक चेत् गौण, समसामयिक युगबोध र जीवनदर्शनचेत् ज्यादा मुखरित हुन पुगेको छ । यसमा पनि काफियाप्रतिको उनको दृष्टि पूर्ववत् देखा पर्दछ । वर्णमात्रिक वा अरवी–फारसी बहरका कठोर बन्धनबाट मुक्त रही मुक्त भावमा गजल लेख्ने प्रवृत्तिले यसमा पनि निरन्तरता पाएको देखिन्छ । यसमा चौध सम्भोग शृङ्गार र ८ विप्रलम्भ शृङ्गार गरी जम्मा २२ शृङ्गारिक भावधाराका रचना प्रस्तुत छन् । यसमा समसामयिक युगचेत् बोकेका २६, जीवन दर्शनका अभिव्यञ्जना दिने २४, राष्ट्रप्रेमको भावाभिव्यक्ति प्रकट गर्ने १२, आध्यात्मिक चेतनाको प्रस्तुति प्रदान गर्ने २, कवि र उनका कृत्यप्रति लक्षित २ र साहित्यप्रति असीम अनुराग प्रकट गरिएको एउटा गरी जम्मा ८९ गजल सङ्कलित छन् । यसरी गजलकारको बैचारिक चिन्तन व्यापक, सघन एवम् युगचेतना प्रवल बन्दै गएको छ । यसमा उनले हरेक गजलको शीर्षकीकरण गरेका छन् । कतिपय सन्दर्भमा गजललाई शीर्षकीकरणबाट अलङ्कृत तुल्याउने प्रवृत्तिलाई निरन्तरता दिएका छन् । गजललाई परम्परागत शृङ्गारिककताको सीमित घेराबाट मुक्त तुल्याई बृहद परिवेश प्रदान गर्ने अभिलााषा अभागीमा पनि सशक्त बनेर आएको देखिन्छ । उनको तेस्रो कृति हो बुढौतीका रहरहरू (२०६५) यो पनि गोजिकाकै आकृतिमा जन्मिएको छ । यसमा भूशभ गण्डर्षिले भूमिका, कृष्णादेवी शर्मा श्रेष्ठले शुभसम्मति तथा विनोद रिजाल र विदुर रिजालले प्रकाशकीय अभिव्यक्ति दिएका छन् । यसमा ८८ गजलहरू समावेश गरिएका छन् । यसमा सम्भोग शृङ्गारका २८ र विप्रलम्भ शृङ्गारका ८ गरी जम्मा शृङ्गारिक भावधारका मात्रै ३६ गजल रहेका छन् । यस अतिरिक्त समसामयिक विषय र सन्दर्भमा आधारित २१, जीवन चेतनाको अभिव्यक्ति दिने १३, राष्ट्रभक्तिपरक १०, धर्मसंस्कार र संस्कृति विषयक ३, कृषिजन्य ३, यात्रावर्णनमा आधारित १, वातावरणीय विषयसँग सम्बन्धित १ तथा स्मृति विषयक १ गजल रहेका छन् । दोस्रो खण्डमा शृङ्गारिक धारका गौणअभिव्यक्तिहरू भावात्मक उचाइतर्फ उन्मुख हुँदा हुँदै पनि परिमाणात्मक रूपमा ईषद् मात्रामा कम्ती देखिएका छन् तर दुवैलाई संयोजित गरेर हेर्दा शृङ्गाररिक चेतनाका रचनाहरू भन्दा ८ अङ्कले बढी नै छ । राष्ट्रप्रेममा पूर्ववर्ती रचनाका सापेक्षमा यसमा केही कमी आएको छ र थप यात्रा, वातावरणीय र स्मृतिजन्य सन्दर्भ थपिन पुगेका छन् । यसमा ७ वर्णदेखि २१ वर्ण सङ्ख्यासम्मका गजलहरू रहेका छन् । गैररदिफ र रदिफ दुवै प्रकृतिका गजलहरू प्रस्तुत छन् । यसमा पनि शास्त्रीय बहरहरूको सङ्कीर्ण बन्धनबाट मुक्त हुँदै गजलहरू लेखिएका छन् । यसका सङ्कलित रचनाहरू भने क्रमिक परिष्कृतितर्फ उन्मुख हुँदैै गएका छन् । शृङ्गारिक भावधारातर्फ उन्मुख हुँदा हुँदै पनि यसमा प्रस्तुत अन्य विषय र सन्दर्भहरूको अभिव्यक्तिले गजल सर्बविषयिक व्याप्ति प्राप्त गदै अधि बढेको छ ।
यसको चौथो खण्डमा सङ्कलित ‘अभागीका गजलहरू’(२०६६) गजल सङ्ग्रहका रूपमा प्रकाशित कृति हो । यसको प्रथम प्रकाशन लक्ष्मी स्मृति साहित्य समाजले गरेको देखिन्छ । रमेश शुभेच्छुकले ‘त्रिषष्ठीमा तेइसको जोश बोकेका गजलकार सदानन्द’ शीर्षकको भूमिका लेखेका छन् । कवितात्मक मुक्त लयमा दीपक सोतीको लामो समीक्षा पनि यसमा प्रस्तुत छ । यो अन्य सङ्ग्रहका सापेक्षमा अधिक सङ्ख्या रहेको सङ्ग्रहात्मक कृति हो । यसमा १०२ गजलहरू सङ्कलित छन् । यो गोजिकाकै आकृतिमा संरचित छ । यसमा सम्भोग शृङ्गारका ३१, विप्रलम्भ शृङ्गारका १५ गरी जम्मा ४६ शृङ्गारिक भावधाराका रचनाहरू प्रस्तुत छन् । समसामयिक सन्दर्भसँग जोडिएका ३१, जीवनदर्शनपरक २१, राष्ट्रप्रेम परक ३, बाल रचनासँग सम्बन्धित १ र पर्यावरणपरक १ रहेका छन् । यसप्रकार प्रस्तुत सङ्ग्रहमा पनि शृङ्गारिकताको बाहुल्य रहेको छ तर समसामयिक युगबोध र जीवनदर्शनलाई संयोजन गरेर हेर्दा भने शृङ्गारिक चेतना गौण नै बनेको देखा पर्दछ । यसमा राष्ट्रप्रेमप्रतिको स्वर भने मधुरो बनेको छ । यसमा एउटा बाल गजल पनि प्रस्तुत गरिएको छ । यसमा पनि गैररदिफ गजलहरूकै प्राचुर्य रहेको छ ।
यसको पाँचौँ खण्डमा समाविष्ट गजलहरू २०६८ सालमा ‘गजल परिकार’ शीर्षकीय सङ्ग्रहका रूपमा प्रकाशित भएको छ । यसको प्रकाशन लक्ष्मी स्मृति साहित्य समाजले गरेको छ । यसको प्रकाशकीय भूपेन्द्र शर्मा भट्टराइले लेखेका छन् । यसमा ८६ गजलहरू समावेश गरिएका छन् । यी मध्ये १० विप्रलम्भ शृङ्गार र १० सम्भोग शृङ्गारका छन् । समसामयिक विषय र सन्दर्भका ३४ छन् । जीवनदर्शनका २४ छन् । राष्ट्रभक्ति भावनाले परिपुष्ट रचना ४ स्थलगत चित्रणमा आधारित १, स्वैरकल्पना केन्द्रित १, प्रकृति चित्रणको १ र साहित्यसम्बन्धी १ रहेका छन् । यस खण्डमा आइपुग्दा गजलकारमा शृङ्गारिक चेतना न्यून बनेको छ अनि समसामयिक चेतना सबल र समृद्ध बन्न पुगेको छ । यस्तै जीवनदर्शनसम्बन्धी दृष्टिमा पनि पर्याप्त विस्तृतता र व्यापकता बढ्न गएको देखिन्छ तर राष्ट्रप्रेमको ऊर्जाशील लेखनले भने उति प्राथमिकता पाउन सकेको देखिंदैन बरु स्वैरकल्पनाको यात्रा आरम्भ भएको छ । गजलकारमा पश्चिमी पहाडी इलाकाहरूको भ्रमण गर्ने क्रममा देखा परेका सुन्दर प्रकृतिका दृश्यमय नगरीहरूको वर्णन गर्ने अभिरुचि पैदा भएको छ । यसै सन्दर्भमा प्रकृतिका दिव्यसौन्दर्यहरूको वर्णन गर्ने मोह उनमा पलाएको पनि छ । साहित्य र यसले पारेका प्रभावहरूको वर्णन गर्नमा पनि उनी उत्तिकै अग्रसर रहेका छन् । सबै विषय र सन्दर्भहरूको अभिव्यक्तिमा गजललाई प्रस्तुत गर्ने प्रवृत्तिले यसमा पनि निरन्तरता पाएको छ । शृङ्गारिकताभन्दा समसामयिकता, जीवनदर्शन र राष्ट्रप्रेम सबल र सशक्त बनेर देखा पर्नु यस खण्डका रचनाहरूको मुख्य विशेषता बनेको देखिन्छ ।
छैटौं खण्डमा समाविष्ट रहेका गजलहरू यस अघि अप्रकाशित रहेका छन् । यसको नाम गजलषष्ठामृत रहेको छ । यसमा ९९ गजलहरू छन् । यसमध्ये ३ शेरका ४ गजल र ५ शेरका ८६ र ४ शेरका ९ गजलहरू छन् । १३ सम्भोग शृङ्गारका र ७ विप्रलम्भका गरी शृङ्गारिक भावधाराका जम्मा २० गजलहरू छन् । समसामयिक सन्दर्भका ४८, जीवन दर्शनका २३, राष्ट्रप्रेमका ३, मातृभक्तिको १, प्रकृति प्रेमको १, कानुन र नीतिसम्बन्धी १ र एउटा खाद्यन्नहरूसँग सम्बन्धी रहेका छन् । यसमा शृङ्गारिक चेतना न्यून रहेको छ । समसामयिक युगबोध उच्च छ । जीवनदर्शन पनि उक्तिकै सशक्त बन्दै गएको छ । यसमा ६ देखि १९वर्ण सम्मका शेरहरू प्रयोग भएका छन् । गैर रदिफ र रदिफ दुबै प्रकृतिका गजल लेखनले यसमा निरन्तरता पाएको छ ।
यस प्रकार संयुक्त रूपमा सम्पादित यस गजल सङ्ग्रहका ६ खण्डहरूमा शृङ्गारिक भावधारा अन्तरगत सम्भोग शृङ््गारका १३७ र विप्रलम्भ शृङ्गारका ५४ गरी जम्मा १९१ गजलहरू प्रस्तुत छन् । समसामयिक सन्दर्भमा जम्मा १७२ गजलहरू छन् । जीवनदर्शनका विविधपक्षमाथि गम्भीर अवगहन गरिएका ११४ छन् । अपार राष्ट्रप्रेम मुखरित गजलहरू ४५ छन् । धार्मिक संस्कार–संस्कृति र दर्शनमाथि दृष्टिपात गरिएका ७ गजलहरू छन् । कृषि उत्पादन ३, उत्पादकत्व र उपभोग्य वस्तुका सन्दर्भमा ६ गजलहरू प्रस्तुत छन् । प्राकृतिक पर्यावरणको जीवन्त चित्रण उतारिएका ५ गजलहरू छन् । यात्राका क्रममा देखा परेका नेपाली धर्तीमा अवस्थित सुन्दरनगरीहरूको वर्णनमा आधारित ३ साहित्यिक चर्चा परिचर्चाका २, स्वैरकल्पनाका १, बालरचना १, मातृभक्ति परक १, नीति र कानुन विषयक १ गरी जम्मा ५५२ गजलहरू यसमा सङ्कलित छन् । यी गजलहरूमा प्राय उनले तखल्लुसको सुन्दर विनियोजन पनि गरेका छन् । यसका ४ खण्डका गजलहरूमा शीर्षकीकरण गरिएको छ । दुईओटा खण्डमात्र शीर्षकीकरण नगरी संख्यामात्र दिइएको छ ।
यी मध्ये परिमाणका दृष्टिले हेर्दा सर्वाधिक मात्रामा शृङ्गारिक चेतना बोकेका गजलहरूकै प्राचुर्य छ । समसामयिक युग सन्दर्भका गजलहरू दोस्रो श्रेणीमा छन् । जीवनदर्शनका विविध पक्ष अभिव्यञ्जित हुन पुगेका गजलहरू तेस्रो श्रेणीमा देखा पर्दछन् । यस्तै अपार राष्ट्रप्रेम मुखरित गजलहरू चौथो श्रेणीमा छन् । यसपछि क्रमशः धर्म–संस्कार, संस्कृति र परम्पराको अभिव्यक्ति बोकेका, कृषिजन्य, प्राकृतिक पर्यावरण यात्रा संस्मरण जन्य वा स्थलगत वर्णन, साहित्यिक विषय, स्वैरकल्पना, बालसंसार, मेलापर्व विषयक, स्वजननी प्रतिको अपार ममता र नीति कानुनसम्बद्ध विषयहरू मुखरित हुन पुुगेका छन् । समसामयिक सन्दर्भअन्तर्गत धेरै पक्षहरू समाहित छन् । खासगरी सामाजिक, सांस्कृतिक, राजनैतिक, शैक्षिक, प्रशासनिक, एवम् पर्यावरणीय पक्षहरूमा देखा परेका विकृति र विसङ्गतिहरूको जीवन्त चित्र उतारी तिनमा सुधार–परिष्कार गरिनुपर्ने धारणा राखिएको छ । गजलकार समुन्नत समाजनको परिकल्पना गर्दछन् । उनमा तीब्र मानवीय संवेदना व्याप्त छ । उनको दर्शन जीवनमुखी देखा पर्दछ । उनी नारी–पुरुष, जात–जाति, बर्ग सम्प्रदाय धर्म, पेसा व्यवसाय आदिजन्य भेदभावहरूको सङ्कीर्ण घेराबाट माथि उठेर मानवलाई मानवकै रूपमा हेर्न र सबैमा समान अधिकार कायम गर्न आग्रह गर्दछन् । उनी राष्ट्रप्रेमलाई मुटुसँग जोडेर शिरमा राख्दछन् । यसमा कतैबाट आँच नआओस् भन्ने चाहन्छन् । यसको समृद्धि र समुन्नति होस् भन्ने कामना गर्दछन् ।
राष्ट्रियताप्रति स्वाभिमानका साथ गौरवबोध गर्दछन् । यस प्रकार समसामयिक युगबोध, जीवनदर्शन र राष्ट्रिय प्रेमका सन्दर्भहरू, यस गजलका प्राप्ति बन्न गएका छन् । झट्ट हेर्दा शृङ्गारिक चेतनामा उनको अतिशय मोह देखा परेको प्रतीत हुन्छ तर गैरशृङ्गारिक गजलहरूका सापेक्षमा हेर्दा शृङ्गारिक चेतनाका भन्दा गैरशृङ्गारिक गजलहरू करिब एक तिहाइ मात्र छन् । अर्को कुरा यसमा शृङ्गारिक चेतनाकै बाहुल्य रहेको गजलकारको स्वीकारोक्ति छ तर समग्र गजलहरूका सापेक्षमा हेर्दा शृङ्गारिक गजलहरूकै प्राचुर्य रहेको छ । यसर्थ गजल शृङ्गाररस प्रधान विधामात्र नभएर यो सर्वविषयक विधा पनि हो भन्ने मान्यतालाई स्थापित गर्न यस संयुक्त सङ्ग्रहका गजलकार सफल भएका छन् । यो यस सङ्ग्रहको अर्को प्राप्ति हो । यस भित्रका ६ ओटै गजल खण्डका शृङ्गारिक अवधारणालाई हेर्दा भने यसमा निकै आरोह–अवरोह देखा पर्दछन् ।
पहिलोमा शृङ्गारिक चेतनाको ग्राफ ह्वात्तै माथि चढेको र दोस्रोमा चाँहि ह्वात्तै घटेको छ । पुनः तेस्रो र चौथोमा क्रमिक रूपमा बढ्दै गई निकै माथि (करिव आधा सङ्ख्यामा) पुगेको छ र फेरि पाँचौ र छैटामौं घटी युगीन सँदर्भ र जीवनदर्शन तर्फ केन्द्रित बनेको छ । दोस्रोमा ह्वात्तै घट्नुका कारणहरूमा राष्ट्रिय राजनीति र अन्य समसामयिक परिवेशहरू हुन सक्छन् तापनि धारागत प्रवृत्ति अनुसार गजलकारका बर्तमानसम्म प्रकाशित रचनालाई निम्न दुई चरणमा बाँडेर अध्ययन गर्न सकिन्छ (क) प्रथम चरण (आरम्भबाट २०६६ सम्म प्रकाशित गजलसङ्ग्रहहरू) (ख) द्वितीय चरण (अभागीका गजलहरू प्रकाशन भए पछिका गजलहरू) लेखन र प्रकाशनको दु्रततर गतिशीलताका आधारमा पनि उनका गजल लेखनको परम्परालाई निम्न चरणहरूमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ((क) प्रथम चरण ÷ आभ्यासिक काल ( समभोग समाधि २०६४), (आरम्भबाट २०६४सम्म) (ख) द्वितीय चरण (२०६५–२०६६ सम्म) उर्वर काल (गजल गुटिका(२०६५), बुढौतीका रहरहरू(२०६५) र अभागीका गजलहरू((२०६६) सम्म) (ग) तृतीय चरण (अभागीका गजलहरू प्रकाशनपछि बर्तमान सम्म) परिष्कृति काल जलका सैद्धान्तिक पक्षहरूमाथि त्यति रुचि र चासो नदिई आफ्नै शैलीे र शिल्पको प्रयोग गर्न खोज्ने प्रवृत्तिका कारण यसमा त्यति शिल्पगत विविधता शृजना हुन सकेको देखिदैन । बरु यसमा अरबी–फारसी(उर्दू वाहिन्दीका शब्दहरू प्रयोग नगरी आफ्नै नेपाली भाषिक शब्द शब्दावलीहरूबाट काफिया र रदिफ सृजना गर्ने प्रयत्न गरिएको छ । यी विभिन्न कालखण्डमा प्रकाशित भइसकेका सङ्ग्रहहरूले आफैमा विशेष महत्त्व राख्छन् । माटो विशेषज्ञ व्यक्तित्व भईकन पनि साहित्यप्रतिको यति धेरै रुचि चासो र निरन्तर साधना आफैमा गरिमामय छ । यसको सविस्तार बर्णन सम्भवतः दुःसाहय नै छ । यसलाई आगामी दिनहरूमा अझै केलाउँला ।
अभागीले गोजिका आकृतिमा प्रकाशन गरेका कृतिहरूलाई एउटा वृहद आकृति दिएर निकाल्नु पर्छ भन्ने अनुभव गरें । केही अप्रकाशित नै रहेका थिए । तिनलाई समेत एउटै ठूलो मालामा गाँस्ने रहर पलाएर आयो र यसलाई सूत्रमा गाँस्ने प्रयत्न गरें । विद्वद्जनहरूबाट रचनात्मक सुझाव प्राप्त भएमा गल्तीप्रति क्षमा माग्दै आगामी संस्करणहरूमा सुधार गर्दै लैजाने प्रतिबद्धता प्रकट गर्दछु । अन्त्यमा मलाई विश्वास गरेर यो कृति सम्पादन गर्ने कार्य सुम्पनुभएकोमा गजलकार अभागीप्रति साधुवाद टक्र्याउँछु र साथमा अझ निरन्तर लेखनको लागि शुभकामना व्यक्त गर्दछु ।