15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दिवाकर भट्टराई October 5, 2013, 2:23 pm
दिवाकर भट्टराई
दिवाकर भट्टराई

नयाँ उत्साह उमङ्गमा, रमाईएको दसैँ !!

तडकभडक मिश्रति हुदै, मनाईएको दसैँ !!

हरपल हरक्षण ममता छावोस् परिवारमा

एक्लोपन महसुस नहुन, बनाईएको दसैँ !!

देखासिकी प्रवृत्तिले लोभ पलाउँछ सबैमा

वाह हिनताबोध तुल्याउन, लगाईएको दसैँ !!

चङ्गा र चन्द्रमाको लोभलाग्दो जुहारी

स्मृतिका हर पानाहरुमा, रंगाईएको दसैँ !!

खुशीको लहर बोकेर आओस घरघरमा

नबनोस् कोहि कसैलाई, हराईएको दसैँ !!

दमौली, तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।