18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत भावेश भुमरी March 30, 2008, 4:31 pm

मेरो मनमा यति डुल्छ्यौ तिमी थाक्यौ कि
कि त तिम्ले मन्दिर धाई मलाई माग्यौ कि ।

जति डुल्यो सम्झनामा उति गैरो हुने
फर्की आयो किनारमा फेरि तिम्ले छुने,
बास दिई मेरो रातलाई लुकाई राख्यौ कि
कि त तिम्ले मन्दिर धाई मलाई माग्यौ कि ।

लुकाऊँ भन्दा यो छट्पटी एकान्तले माग्ने
कस्तो माया जता दुख्छ त्यतै मीठो लाग्ने,
यस्तो लाग्छ दुइटा बाटो जोड्न लाग्यौ कि
कि त तिम्ले मन्दिर धाई मलाई माग्यौ कि !

-प्यूठान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।