ती बादलका टुक्राहरू
मलाई भ्रमित पारि रछन्छन्
हात्ती बनेर आउँछन् कहिले
आउँछन् कहिले सुनौलो हाँस बनेर
हेरि रहेको छु म
देखि रहेको छु म
हात्ती हाँस बन्छ
हाँस हात्ती बन्छ
कहिले दुबै सिंह बनेर तर्साउँछन्
मात्र एक झिमिक्कमा
ती मलाई भ्रमित पारि रहन्छन्
साँच्चै मैले हात्ती देखेको थिएँ
कि हाँस देखेको थिएँ
वा थियो त्यहाँ डरलाग्दो सिंह
त्यो आकाश र ती बादलका टुक्राहरू
अनन्तदेखि अनन्तमा
मलाई यसरी नै भ्रमित पारि रहेछन् ।