19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कवि र गाउ

कविता राजेन्द्र पहाडी October 5, 2013, 7:00 am
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

झिस्मिसेमै

एक झुण्ड कविहरु

लर्को लाएर

कविता खोज्न गाउ“ पसे,

गाउ“का कविता

ठाउ“का कविता

बनका कविता

तनका कविता

कवितामा देश देख्नेहरु

कवितामा भेष लेख्नेहरु

हिजोआज आलीका कविता

खलिआन र बालीका कविता

लेक–बे“सी धाउ“दै

रोधी–रोइला गाउ“दै

खै के देख्छन् कवितामा

खै के खोज्छन् कवितामा

एक हुल कविहरु

झिस्मिसेमै

कविता खोज्न गाउ“ पसे ।

गाउ“ खुराफात जान्दैन

गाउ“ले कपट जान्दैनन्

गाउ“ बाङ्गो हुन सक्छ

तर नाङ्गो हुन सक्दैन

गाउ“ राजी हुन सक्छ

तर पाजी हुन सक्दैन ।

काठमाण्डौंमा संविधान नबनेर के भो र

गाउ“मा मार्सी, गुडुरा र एक्ले धान

लहलह कार्तिक–मंसिर भित्राइरहेछन्,

सत्य..धरोधर्म..

काठमाण्डौं जस्तो बेइमान छैन गाउ“

कथित ठालूजस्तो अभिमान छैन गाउ“

गाउ“ दिशानिर्देश गर्न सक्छ शहरलाई

गाउ“ सहर्ष सम्बोधन गर्न सक्छ रहरलाई ।

आडम्बर जन्माएन कहिल्यै गाउ“ले

स्वतत्व अन्माएन कहिल्यै गाउ“ले

गाउ“मा अर्म–पर्म

गाउ“मा रोधी–भैलो

गाउ“मा मर्दा–पर्दा

गाउ“ जुरुक्क उठ्छ र

जन्माउ“छ झमक घिमिरेहरु

गाउ“ तनक्क तन्किन्छ र

जन्माउ“छ महावीर पुनहरु

जानेर जन्माउ“दैन गाउ“ले

फटाहाहरु÷बेइमानहरु

छुच्चाहरु÷लुच्चाहरु

असतीहरु÷पातकीहरु ।

फगत,

गाउ“ सत्यवादी छ

गाउ“ मानवतावादी छ

मनको धनी गाउ“

भावनाको धनी गाउ“

धपक्क बलेको छ गाउ“

निरन्तर चलेको छ गाउ“

त्यसैले,

गाउ“को खबर लेख्न

झिस्मिसेमै

एक झुण्ड कविहरु

लर्को लाएर कविता खोज्न

गाउ“ पसे ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।