झिस्मिसेमै
एक झुण्ड कविहरु
लर्को लाएर
कविता खोज्न गाउ“ पसे,
गाउ“का कविता
ठाउ“का कविता
बनका कविता
तनका कविता
कवितामा देश देख्नेहरु
कवितामा भेष लेख्नेहरु
हिजोआज आलीका कविता
खलिआन र बालीका कविता
लेक–बे“सी धाउ“दै
रोधी–रोइला गाउ“दै
खै के देख्छन् कवितामा
खै के खोज्छन् कवितामा
एक हुल कविहरु
झिस्मिसेमै
कविता खोज्न गाउ“ पसे ।
गाउ“ खुराफात जान्दैन
गाउ“ले कपट जान्दैनन्
गाउ“ बाङ्गो हुन सक्छ
तर नाङ्गो हुन सक्दैन
गाउ“ राजी हुन सक्छ
तर पाजी हुन सक्दैन ।
काठमाण्डौंमा संविधान नबनेर के भो र
गाउ“मा मार्सी, गुडुरा र एक्ले धान
लहलह कार्तिक–मंसिर भित्राइरहेछन्,
सत्य..धरोधर्म..
काठमाण्डौं जस्तो बेइमान छैन गाउ“
कथित ठालूजस्तो अभिमान छैन गाउ“
गाउ“ दिशानिर्देश गर्न सक्छ शहरलाई
गाउ“ सहर्ष सम्बोधन गर्न सक्छ रहरलाई ।
आडम्बर जन्माएन कहिल्यै गाउ“ले
स्वतत्व अन्माएन कहिल्यै गाउ“ले
गाउ“मा अर्म–पर्म
गाउ“मा रोधी–भैलो
गाउ“मा मर्दा–पर्दा
गाउ“ जुरुक्क उठ्छ र
जन्माउ“छ झमक घिमिरेहरु
गाउ“ तनक्क तन्किन्छ र
जन्माउ“छ महावीर पुनहरु
जानेर जन्माउ“दैन गाउ“ले
फटाहाहरु÷बेइमानहरु
छुच्चाहरु÷लुच्चाहरु
असतीहरु÷पातकीहरु ।
फगत,
गाउ“ सत्यवादी छ
गाउ“ मानवतावादी छ
मनको धनी गाउ“
भावनाको धनी गाउ“
धपक्क बलेको छ गाउ“
निरन्तर चलेको छ गाउ“
त्यसैले,
गाउ“को खबर लेख्न
झिस्मिसेमै
एक झुण्ड कविहरु
लर्को लाएर कविता खोज्न
गाउ“ पसे ।।