अलिकति हाँसे आज रुँदारुँदै थाके पनि
दिइरहें आफूलाई उनी मेरै, आफ्नै भनी
नपिएरै मात लाग्दा, बिनाकारण वात लाग्दा
झूठो हल्ला साँचो ठानी पापी मान्छे भने हुन्छ
तिमी चोखो हुन्छौ भने अछुतोमा गने हुन्छ
निष्ठुरीले बाटो रोजी मन अन्तै मोडे पनि
दिइरहें आफूलाई उनी मेरै, आफ्नै भनी
चर्किएर घाम लाग्दा, बेहोसी मन साथ लाग्दा
मेरो बाटो मार्तल, झम्पल उद्धयाएर खने हुन्छ
रूप फर्ेर्दै कहिले घाम कहिले छायाँ बने हुन्छ
बस्ने डाली चरीले लत्याएर उडे पनि
दिइरहें आफूलाई उनी मेरै, आफ्नै भनी
अलिकति हाँसे आज रुँदारुँदै थाके पनि
दिइरहें आफूलाई उनी मेरै, आफ्नै भनी ।
ताप्लेजुङ