19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हो कि हो कि लाग्छ !

कविता भूमिराज बस्ताकोटी October 11, 2013, 8:42 pm

अग्लो पहाडको टाकुरामा

हो कि हो कि उज्यालाको एक बिन्दु

देखि रहेको म यात्री

ओ हो ! यी गह्रौँ भारीहरू

राम्रोसँग नजर पु¥याउनै सकिनँ ।

× × ×

साँझको समय थियो

उज्यालो रातो भएको थियो

आहा ! त्यो मन्द हावाले

तिम्रा रङ्गीन केशहरू

फुरफुर उडाइ रहँदा

म त मोहित पो हुन पुगे छु

नजरहरू हट्नै नमान्ने

एउटा चुम्बकीय आकर्षण

म त रङ्गीन सपना देख्न पुगे छु

× × ×

सपना सपनै हो ब्युँझनै पर्छ

फेरि सपना देख्न सुते पनि

चेतना चेतनै हो उठाउँछ

जब सुनेँ तिम्रा उपेक्षात्मक खित्काहरू

जब देखेँ तिम्रा उपेक्षात्मक नजरहरू

म बल्ल जीवन छाम्न पुगे छु

यो कालो जीवन

यो कालो जीवन

केवल सुत्नका लागि हो

यो कालो जीवन

केवल सपनाका लागि हो

म छाती समाउँदै थुचुक्क बस्न पुगे छु

× × ×

उज्योलो फेरि रातो भएर आयो

म फेरि सपना देख्न पुगे छु

तर यो सपना मैले नसुतेरै देखेको छु

तिम्रा उपेक्षात्मक हाँसो पनि सँगै लिएर

तिम्रा उपेक्षात्मक नजर पनि सँगै लिएर

फेरि यात्रा थालेको म यात्री

अग्लो पहाडको टाकुरामा

हो कि हो कि उज्यालाको एक बिन्दु

देखि रहेको म यात्री

भारी बिसाउने चेष्टा जागेको छ

भारी बिसाउने चेष्टा जागेको छ

फेरि अर्काे भयङ्कर सपना देख्नु अघि

मलाई उज्यालाको नजिकै पुग्नु परेको छ

फेरि जीवनलाई कालो बुभ्mनु अघि

मलाई उज्यालाको आभाष छाम्नु परेको छ

मलाई उज्यालाको आभाष छाम्नु परेको छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।