अचानक उनीसित भेटघाटको चर्चा चल्यो
फेरि रात सँगै बित्यो त्यो रातको चर्चा चल्यो ।
हिउँद र बसन्तले प्यासै प्यास जगाई गयो
बर्षा लाग्नु अगाडि नै बर्सातको चर्चा चल्यो ।
अँगालोमा कति भरेँ भन्दिन भो के के गरेँ
साथ दिन्छु भन्दा आज औकातको चर्चा चल्यो ।
सौन्दर्यको बजारमा जवान देह बिक्दै थियो
किन्ने बिक्नेबीच त्यहाँ वाहियातको चर्चा चल्यो ।
सुनेँ त्यहाँ रातैभरि उन्मादको चर्चा चल्यो ।
मन्दिरा र मदिराको उत्पातको चर्चा चल्यो ।