14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

तेस्रो प्रहर

कविता मोहन राणा October 13, 2013, 11:54 am

धेरै टाढा मैले ताराहरुलाई देखेँ

जति टाढा म

तीनले देखे यस पलमा

टिमटिमाउँदो अतितको पल

अध्यारोको असीमतामा

विहानलाई पच्छ्याउँदै रातमा

यो तेस्रो प्रहर

म निर्णय गर्न सकिरहेको छैन

के म बाँचिरहेको छु जीवन पहिलोपटक

अथवा यसलाई बिर्सेर बाँचेको कुरा दोहर्याउँदै जाँदैछु

सासको पहिलो पललाई नै सधैँ ।

के माछाले पनि पानी पिउँदछ होला

वा सूर्यलाई पनि लाग्दछ गर्मी

के उज्यालोले पनि कहिले काहीँ देख्दछ होला अंधकार

के वर्षा पनि सँधै भिजिरहन्छ होला

के म जस्तै सपनाले पनि प्रश्न सोध्दछ होला निद्राको बारेमा

टाढा टाढा धेरै टाढा पुगेको छु म

जब मैले ताराहरुलाई देखेँ धेरै नजिक

आज पानी परिरह्यो दिनभर

अनि शब्दहरु पखालिए तिम्रो अनुहारबाट ।

बेलायत

अनुवादः कृष्ण बजगाईं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।