18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सिंगारु गीत

गीत नदीरा के.सी. March 30, 2008, 4:45 pm

हातमाथि मिर्दामली गनौँ कि नगनौँ ।
भनौँ भने सरम लाग्छ भनौँ कि नभनौँ ।।

मसिना बनाइदे मैना जुवालीका सैला ।
हिमचुली झुल्किने गाउँ किन भया मैला ।।

झन खान्छु झन् मीठो हुन्छ भोटानैको आलु
मनदर्द नजान्नेलाई मान्ने छैन ठालु ।।

हिमचुलीको हिउँ जस्तै मन पग्लिराछ ।
सञ्च चल्यै वमालिय काखी जलिराछ ।।

बैनाले टिकुली लाउने भाइले पठाइदेला ।
यो मनका विलरी कुरा कले कटाइदेला ।।

सीप छैन कि छुरा छैन दारी फाल्दैनौ क्या ।
मांगी मांगी मइ खानेले भैंसी पाल्दैनौ क्या ।।

कुलो ल्याउने ठाउँ हेरी पानी डोलाउनु है ।
दर्द र दुःख भया पनि हाँसी बोलाउनु है ।।

गाईभैंसी भोकले मर्‍या लैजाऊ माथि गोठ ।
क्या भन्यौ जुनकिरी साइले कसलाई लामौ चोट ।।

कया राम्रो सुहाउने डोरी काला कपालैको ।
म पनि साइ जस्तै होइजाऊ एउटै बगालैको ।।

कैले भैंसी लेक वनमा कैले भैंसी थामा ।
के जमाना आयो हजुर जीउ जोगाउनु थामा ।।

खेतका आलीमा बसी वादी माग्छ वमा ।
न्याउली बास्ने काग ओइलाउने उनी दिन गया ।।

-रुकुमामा प्रचलित सिंगार गीत र नृत्यमा आधारित 
 

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।